उदयपुरका तीन नगरमा एमाले अधिवेशन लम्बियो
११ कार्तिक २०७८
•
३ मिनेट पाठ
उदयपुरका तीन नगरमा एमाले अधिवेशन लम्बियो
रौतामाईगाउँपालिका अध्यक्ष केशव चामलिङलाई बधाई दिदै नेता खड्ग परियार। तस्बिर: महेश्वर/ नागरिक
वरिष्ट नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीबाट बाहिरिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय समितिमा अध्यक्ष केपी ओलीलाई एकलौटी निर्णय गर्न सहज भए पनि जिल्ला र नगर/गाउँमा त्यस्तो सहज नहुने संकेत देखिएको छ। गएको ९ गते सुरु भएको स्थानीयतह पार्टी अधिवेशनमा त्रियुगा, चौदण्डीगढी र बेलका नगर कमिटीहरु ३ दिनसम्म निर्माण हुन नसकेको घट्नाले त्यो कुरा पुष्टि गर्छ।  




जिल्लाको सबभन्दा ठूलो र सदरमुकाम रहेको त्रियुगा नगर कमिटी अध्यक्षका लागि ४ जनाले दावी नछाडेपछि बिहीबार मध्यान्हसम्म कमिटी बन्न सकेको छैन। एक महिला र ३ पुरुषले दावी गरेको अध्यक्ष पदका लागि कोही एक कदम पछि नहटेका कारण कमिटी निर्माण हुन नसकेको हो। पार्टीले जनाए अनुसार अध्यक्षमा सृजना दनुवार, दुर्गानन्द चौधरी, केशव घिमिरे र कुलबहादुर राउतको दाबी छ। चारैमध्ये कोही पछि हट्नेपक्षमा नरहेकाले ३ दिनसम्म कमिटी निर्माण थप पेचिलो बन्दै गएको नेता कार्यकर्ता बताउँछन्।

‘महिला भएकाले दनुवारलाई सर्वसम्मत अध्यक्ष दिने बजार हल्ला थियो तर, अकस्मात थप ३ जनाले दावी हालेपछि अधिवेशन लम्बिएको हो’ एक अगुवा कार्यकर्ताले भने ‘त्यसपछि सर्वसम्मत नेतृत्व चयन गर्न छलफल गर्दै जाँदा अधिवेशन सुरु भएको तेस्रो दिन पनि कमिटी बन्नसकेको छैन।’ मंगलबार सुरु भएको अधिवेशन आकांक्षी धेरै देखिएपछि सहमति खोज्न भन्दै बुधबारसम्म लम्ब्याइएको थियो। तर, बुधबार साँझसम्म पनि सहमति जुट्न नसकेपछि बिहीबार पन विहानैदेखि छलफल भईरहेको छ।  

मध्यान्हसम्म आकांक्षीहरु कोही नछाड्ने देखिएपछि सबैलाई कुरा राख्न दिइएको अध्यक्ष मण्डलले जनाएको छ। उम्मेदवारहरुलाई कुरा राख्न दिएपछि अध्यक्ष मण्डलबीच छलफल चलिरहेको र निश्कर्ष निकाल्ने प्रयास भईरहेको पार्टी अध्यक्ष इश्वरमणि राउतले बताए। सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयासस्वरुप घनिभूत छलफल भईरहेको उनले बताए। सर्वसम्मत नेतृत्व चयनकै लागि समय लम्ब्याइएको र सहमति खोज्ने प्रयास जारी रहेको राउतको भनाई छ। बिहीबारसम्म पनि सहमति नजुटे चुनावी प्रक्रियामा जाने अवस्था आउनसक्ने पनि पार्टीले जनाएको छ।  

त्रियुगासँगै बेलका र चौदण्डीमा पनि कमिटी निर्माण हुन सकेकौ छैन। ३ वटै नगरपालिकामा तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पहिलो पटक संसद बिघटन गरेपछि गठित कमिटीका अध्यक्षहरुले दावी कायम राखेका छन्। उनीहरुसँगै अघिल्लो अधिवेशनबाट निर्वाचित र माओबादीसँग एकतापछि बनेको कमिटी अध्यक्षअरुले दावी नछाडेपछि नेतृत्व चयनमा सहमति जुट्न नसकेको कार्यकर्ताहरु बताउँछन्।

बेलकामा गणेश बस्नेत र चौदण्डीगढीमा श्याम राईले अध्यक्षमा प्रमुख दावी गरिरहेका छन् भने त्रियुगामा दनुवारले। उनीहरु तीनैजना ओलीको संसद बिघटनको कदमपछि गठित कमिटीका अध्यक्ष हुन्। बेलकामा सुरेन्द्र चामलिङ, बसन्त मगर र कृष्ण काप्mलेले पनि दावी गरिरहेका छन् भने चौदण्डीगढीमा श्याम राईलाई सर्वसम्मत हुन नदिन भोलाचन्द्र राई, जयकुमार राई र प्रकाश र।उतले दावी गरिरहेका छन्।  

कटारी नगपालिकामा भने सञ्जिव कार्कीको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन भईसकेको छ। लिमचुङब्ुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकामा पनि सर्वसम्मत कमिटी गठन भईसकेको छ। लिमचुङब्ुङमा भलराज राई, ताप्लीमा तोपबहादुर ज्युठकुरी, उदयपुरगढीमा यम्बरबहादुर खत्री र रौतामाईमा केशव चामलिङ अध्यक्ष बनेका छन्। एमालेले नगर र गाउँमा ७५ सदस्यीय कमिटी निर्माण गर्ने केन्द्रीय सर्कुलर रहेको छ। 
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस