प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग!
२५ असोज २०७८
•
२ मिनेट पाठ
प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग!
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्। ‘उहाँले मन्त्रीमात्र होइन, राजदूतमा पनि भाग खोजिरहनुभएको छ। डा. तिलक रावललाई राजदूत बनाउनुपर्ने उहाँको प्रस्ताव छ’, बालुवाटार निकट स्रोतले भन्यो। पूर्वगभर्नर रावल मधेसवादी दलका तर्फबाट संविधानसभा सदस्य बनेका थिए।




केपी ओली नेतृत्वको सरकारका पालामा संवैधानिक निकायमा आफ्ना मान्छे राख्न दबाब दिएका प्रधानन्यायाधीश राणाले अहिले पनि त्यही शैलीमा दबाब बढाएका हुन्। उनी जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन सफल पनि भए। तर चर्को आलोचना भएपछि हमालले मन्त्री बनेको तेस्रो दिन राजीनामा दिइसकेका छन्।  

‘उहाँ (राणा) ले केही नाम सरकारी नियुक्तिका लागि भन्दै दिनुभएको छ, जसमा डा. रावलको नाम भारतका लागि नेपालको राजदूत भन्दै उल्लेख गरिएको छ’, बालुवाटार स्रोतले भन्यो। प्रधानन्यायाधीश राणा र रावलबीच सम्धी साइनो रहेको छ। राणाकी छोरी रावलका छोराले बिहे गरेका हुन्। सरकारले भारतलगायतका देशबाट राजदूत फिर्ता गर्ने निर्णय गरेसँगै नयाँ राजदूत नियुक्तिको तयारी भएको छ। 

बहाराइनमा राजदूत रहेकी शर्मिला पराजुली ढकाल, कतारका नारद भारद्वाज, भारतका नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा. वंशीधर मिश्र, मलेसियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, अमेरिकाका युवराज खतिवडा, इजरायलकी अञ्जान शाक्य र बेलायतका लोकदर्शन रेग्मी फिर्ता हुँदैछन्। श्रीलंकालगायतका केही मुलुकमा पनि राजदूत पद खाली छ।  

‘प्रधानन्यायाधीश राणाले जेठानलाई मन्त्री र सम्धीलाई राजदूत एकैपटक मागेका हुन्। सरकारले राजदूत नियुक्तिको प्रक्रिया सुरु गरेपछि रावल पनि राजदूतका लागि सिफारिस हुने सम्भावना छ,’ बालुवाटार निकट स्रोतले भन्यो। यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि रावललाई भारतका लागि राजदूत बनाउन प्रयास गरिएको थियो। त्यति बेला राजदूत हुन नसकेका रावललाई अहिले प्रधानन्यायाधीशको कोटामा राजदूत बनाउने प्रयास थालिएको छ।  

संवैधानिक आयोगमा पनि प्रधानन्यायाधीश राणाले आफ्नो कोटाबाट नियुक्ति दिलाएका थिए। उनले सरकारसँग यसरी कोटा लिएको भन्दै केही दिनअघि कानुनविद्ले प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाएका थिए। कानुनविद् वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, बार एसोसिएसनका कोषाध्यक्ष रुद्र  

पोखरेल, कानुनविद् ओमप्रकास अर्याललगायतले प्रधानन्यायाधीश राणाले सरकारसँग यसरी कोटा माग्दा न्यायपालिकामाथि अपूरणीय क्षति पुग्ने बताएका थिए।  

उनीहरूले कार्यपालिकासँग साँठगाँठ भएपछि न्यायपालिकाका कामकारबाहीमा अवरोध हुने दाबी गरेका थिए। प्रधान्यायाधीश राणाले आसेपासेलाई संवैधानिक निकायमा नियुक्ति गराएबाट संविधानको खिल्ली उडाउने काम भएको भन्दै उनीहरूले प्रधानन्यायाधीशको यस्तो कदमले लोकतन्त्रमाथि नै खतरा उत्पन्न हुने टिप्पणी गरेका थिए।
अर्को समाचार
विशेष अदालतविरुद्ध अख्तियार
२३ कार्तिक २०७९
•
४ मिनेट पाठ
विशेष अदालतविरुद्ध अख्तियार
राज्यका संस्थाहरूमा विचलन अहिलेको सबै भन्दा ठूलो समस्या हो। संस्थाहरूले काम गर्न नसकेको परिणाम आमनागरिकले दुःख पाएका छन्। अन्ततः राज्यकै संयन्त्रभित्र पनि एकले अर्कोका विरुद्धमा आवाज उठाउनुपर्ने अवस्था सिर्जना भएको छ। यो स्थिति त्यतिबेला आउँछ, जतिबेला संस्थाहरूले जनअपेक्षाअनुरूप काम गर्न सक्दैनन्। यसरी काम गर्न नसक्दाको परिणामले सबैलाई प्रभावित गर्छ। जनअपेक्षा अनुरूप काम नगरेका संस्थाहरूको विश्वसनीयता कमजोर हुन्छ। विश्वसनीयता कमजोर हुँदै गएपछि अन्तिममा तिनीहरूले तोकिएका काम गर्न सक्दैनन्। संसद्, अदालत, संवैधानिक निकायलगायत सबैले अपेक्षाअनुरूप काम गर्न नसकेकै परिणामस्वरूप यी संस्था कमजोर हुँदै गएका हुन्।




भ्रष्टाचारविरुद्ध क्रियाशील मुलुकको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा न्याय निरूपण गर्न सिर्जना गरिएको विशेष अदालतविरुद्ध मंगलबार पत्रकार सम्मेलन आयोजन गर्नुपरेको छ। राज्यको एउटा निकायविरुद्ध अर्को निकायले गुनासो गर्नुपर्ने अवस्था आउनु आफैँमा असहज परिस्थिति हो। अख्तियारले विशेष अदालतमा लगेका मुद्दामा धमाधम हराइदिन थालेपछि पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जानकारीसमेत दिएको छ। अख्तियारले विशेषबाट भएका मुद्दाको फैसलामा देखिएका प्राविधिक पक्षलाई उजागर गरेको हो। विशेष अदालत काठमाडौँमा दर्ता गरिएका मुद्दामा आएको फैसलाप्रति अख्तियारले चित्त बुझाउन सकेको छैन। यसरी आएका फैसलामध्ये गत आर्थिक वर्षमा सर्वाधिक कम आदेश अख्तियारको पक्षमा रहेका थिए।

अख्तियारले प्रमाण भएका मुद्दामा समेत आफूलाई विशेष अदालतले हराएको गुनासो गरेको छ। यस्ता मुद्दामा पटक-पटक घूस मागेको श्रव्य सामग्री र त्यसको प्रतिलिपि लेखन र दुवै प्रमाण हुँदाहुँदै पनि अभियोगबाट मुक्ति दिएकोप्रति अख्तियारको आपत्ति छ। घूस रिसवत, राजस्व चुहावट, गलत प्रतिवेदन तथा झुट्टा बिल भरपाइ, सार्वजनिक सम्पत्ति हानि/नोक्सानी, गैरकानुनी लाभ तथा हानि गरी १ सय १२ वटा मुद्दामा विशेष अदालतले विभिन्न मितिमा दिएका आदेशप्रति अख्तियारले आपत्ति प्रकट गरेको छ। यी मुद्दालाई अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन समेत गरिसकेको बताएको छ। आफूले अघि सारेका महत्त्वपूर्ण प्रमाणलाई अदालतले मान्यता नदिएको भन्ने अख्तियारको गुनासो यथार्थ हो भने यो विचारणीय छ। अख्तियारले प्रमाण पेश गरे पनि प्रतिवादीले इन्कारी बयान दिएपछि मुद्दामा पराजित हुनुपरेको बुझाइ यसबाट देखिएको छ।

अख्तियारले विधि पुर्‍याएर मुद्दा दायर गर्दा पनि सफलता हासिल नभएको पक्ष हो भने छानविन नै आकर्षित हुन सक्छ। यसमा विशेष अदालतबाट भएका फैसलामा प्रवृत्तिगत त्रुटि देखिएको हो वा प्रमाण नै नभएको हो भन्ने पक्षको खोजी हुनुपर्छ। अख्तियारले अघि सारेका मुद्दा कमजोर हुनुमा अहिले दायर गरिएका मुद्दामाथिको छानबिन मात्र जिम्मेवार छैन। यसले अघि सारेका मुद्दालाई विशेष अदालतले अस्वीकार गर्नुपछाडिका तथ्यगत कारण पनि हुन सक्छ। तर सबै मुद्दामा अख्तियारले कमजोरी गर्छ भन्ने पनि होइन। अख्तियारले अघि सारेका मुद्दामा असफलता दर बढी हुन्छ भने त्यसलाई सफल बनाउन संरचनागत सुधारको आवश्यकता पनि उत्तिकै हुन्छ।

एकातिर,अख्तियारलाई विगतमा जहिल्यै कमजोर पार्ने गतिविधि भएका छन्। अर्कोतिर, यसमा हुने राजनीतिक नियुक्तिले नियुक्तिकर्ताप्रति विश्वासिलो बन्दा पनि काम हुन सकेको छैन। यसका कैयन् पदाधिकारी कुनै न कुनै रूपमा राजनीतिक दलका नेताप्रति अनुगृहित छन्। तिनलाई विश्वासमा लिएर मात्र अख्तियारले काम गरेको आरोप पनि लाग्दै आएको छ। लोकमानसिंह कार्की जस्ता पात्रलाई अख्तियार प्रमुख बनाउँदा यो संस्थाको चीरहरण भएको छ। अख्तियारमै बसेर भ्रष्टाचारलाई बढावा दिने विगतका गतिविधिले पनि यो संस्थाको साख कमजोर भएको हो। त्यसैकारण पनि यसले अघि सारेका मुद्दाप्रति गम्भीरता कम हुने अवस्था आएको हो।

अख्तियारको अहिलेको नेतृत्वले यो विषयलाई गम्भीरतापूर्वक उठाएको छ। भ्रष्टाचारविरुद्धका मुद्दाको छानबिन गर्न यसले तत्परता देखाएको पनि देखिएको छ। आफूले दायर गरेका मुद्दा असफल भएपछि विशेष अदालतका मुद्दा त्रुटिपूर्ण भएको सार्वजनिक रूपमा अभिव्यक्ति दिएबाट पनि यसले इमानदारीपूर्वक प्रयास गरेको देखाउँछ। त्यस्तो हो भने अख्तियारले सुरुमा मुद्दा दायर गर्न खडा गरिएको विशेष अदालतको संरचनामा सुधार आवश्यक पर्ने हो कि? यसका आदेशहरूमा त्रुटि छ वा छैन भन्ने विषयमा छानविन गरी सत्यतथ्य सार्वजनिक गर्नु पर्छ। अहिले यसै पनि न्यायालयप्रति गुनासो हुने गरेको छ। त्यो गुनासो जायज हुन पनि सक्छ। त्यसैले यो अवस्था रहिरहन दिनु हुँदैन।

त्यसैगरी अख्तियारले गर्ने अनुसन्धानलाई अझ परिपक्व बनाउनु आवश्यक छ। यसले अनुसन्धान गरी मुद्दा दायर गरेपछि गुणस्तरीय काम भएको छ भन्ने विश्वास दिलाउनुपर्छ। अख्तियारलाई कामकाजी बनाउन यसको नियुक्ति प्रक्रियामै सुधार आवश्यक छ। यसमा अहिले पनि नियुक्त भएर जानेमा पूर्वकर्मचारी, न्यायाधीश, प्रहरी आदि हुन्छन्। यस्ता पदाधिकारीमा जाने व्यक्ति उच्च नैतिक चरित्रका हुनु आवश्यक छ। अख्तियारमा बेलाबेलामा असल व्यक्ति पदाधिकारी भएर गए पनि तिनले काम गर्न नसक्ने परिस्थिति बन्छ। त्यसैले तिनलाई प्रभावकारी बनाउने, कुनै नेताप्रति अनुग्रहित हुन नपर्ने र ढुक्कसँग अनुसन्धान गरी भ्रष्टाचारविरुद्ध अभियान चलाउन सक्ने बनाउन सकिन्छ। सबै संवैधानिक निकाय र लोकतन्त्रका संस्थाहरू कमजोर रहेको अहिलेको अवस्थामा अख्तियारले गरेको यो प्रयास आँखा खोल्ने किसिमको छ। आफूभित्रको सुधारमा पनि ध्यान दिँदै अख्तियारलाई भ्रष्टाचारविरुद्ध सक्रिय हुन सक्ने संस्थाका रूपमा विकास गर्न आइपर्ने सबै पक्षमा विचार गर्नु उचित हुन्छ। 
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस