नेकपा (एमाले) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) दुवै संगठनको अध्यक्षमा ‘मणि’ हावी भएका छन्। एमाले अध्यक्षमा इश्वर ‘मणि’ राउत पुनः फर्केका छन् भने एकीकृत समाजवादी अध्यक्षमा राम‘मणि’ पोखरेल छानिएका छन्। अर्थात एमाले र नेकपा (एस) दुवै पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दुई ‘मणि‘लाई प्राप्त भएको छ।
दुवै मणि पार्टी सञ्चालनमा दुईदशकबढीको अनुभव प्राप्त भुक्तभोगी हुन् । लामो समयदेखि माधव नेपाल पक्षमा रहदै आएका राउत एमालेको जिल्ला सचिव हुदै पछिल्लो अधिवेशनबाट अध्यक्ष भएका थिए । पछिल्लो जिल्ला अधिवेशनमा ओलीपक्षधर उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती)लाई प्यानलै पराजित गरेर उनी अध्यक्ष छानिएका हुन् ।
जिल्ला सदस्य हुँदै ०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सदस्य भएका उनी अधिवेशनबाट अध्यक्ष चुनिएको केही समयपछि भएको ०७४ को स्थानीयतह निर्वाचनमा त्रियुगा नगरपालिकाबाट मेयरको प्रमुख दावेदारमध्ये एक थिए। मेयर नहँदा प्रदेश १ (ख) बाट सांसद उठ्ने लगभग पक्का रहेकोमा स्थानीयतहको उम्मेदवार छनौट र टिकट वितरणमा उनी चुक्न पुगे। टिकटको तालाचावी हातमा लिएर बसेका उनी ४ नगरपालिकामा मेयर, उपमेयर र ४ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षदेखि ७५ वटा वडाध्यक्ष, सदस्य, जिल्ला समन्वय प्रमुख, उपप्रमुख, सदस्य र स्थानीयतहमा मनोनित र कार्यपालिका सदस्य छनौटसम्मको जिम्मेवारीमा सन्तुलन मिलाउन नसक्दा आफ्नै टिकट पाउने चावी कता खुस्क्यो उनैलाई पत्तो भएन।
टिकट वितरण गर्दा पार्टीले बस्तुवादी निर्णय नगरेको, आफन्त र नातागोता, जाति समुदायको पक्ष लिएको, प्रलोभन, प्रभाव र दबाबमा परेकोजस्ता आरोप उनले बेहोर्नु पर्यो। जसले प्रदेशसभा चुनावमा टिकट नपाउने अवस्था सिर्जना भयो। स्थानीयतह चुनावमा सन्तुलन कायम गर्न नसकेकै कारण प्रदेश सांसद हुनबाट वञ्चित हुनुपरेको उनी निकट कार्यकर्ता बताउँछन्। नेकपा गठबन्धन चुनावमा प्रदेश १ (ख) का माओवादी केन्द्रका रामबहादुर थापा मगरबाहेक जिल्लामा बाँकी ३ जनाले जिते। त्यहाँको हारको कारण उनी पनि एक भएको ठहर पार्टीको समीक्षा बेठकले गरेको थियो।
उता नेकपा (एकीकृत समाजवादी) जिल्ला संगठनको कमाण्ड सम्हाल्ने अवसर पाएका अर्का 'मणि' राममणि पोखरेल २६ वर्षअघि ०५२ सालमै तत्कालीन एमाले जिल्ला कमिटी सचिव भएर अनुभव बटुलिसकेका नेता हुन्। त्यसबेला पार्टी गाउँदेखि इलाका, जिल्ला र अञ्चल कमिटीसम्म सचिव कमाण्डमा चल्थ्यो भने केन्द्रीय कमिटी महासचिव कमाण्डमा। अर्थात अहिले जिल्ला अध्यक्षको जिम्मेवारी सचिवले पाउने उ बेला नै पोखरेल सचिव भएर जिल्लाको नेतृत्व गरिसकेका हुन्। ०४७ मा माले र मार्क्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले) संगठन विस्तार गर्ने अभियानको नेतृत्व पोखरेलले सचिव भएर गरेका थिए।
उदयपुरमा कम्युनिष्टको संगठन बनाउने सुरुवाती कठिन परिस्थितिको सामना गरेका पोखरेल पछिल्लो दुई दशकयता आफ्नै चेलाचपेटाबाट छेउ लगाइएका थिए। उमेरले ७५ वर्षको वृद्ध भए पनि उनी अहिले पनि उत्तिकै युवा जोस निकाल्दै अप्ठेरोमा परेका बेला पार्टी संगठन निर्माणको जिम्मा आफूलाई इतिहासले पुनः सुम्पेको प्रतिक्रिया दिन्छन्। ७५ वर्षे उमेरमा ७५ वटै वडामा एकीकृत समाजवादीको संगठन ३ महिनाभित्र निर्माण गरिसकेर एमालेभन्दा मजबुत पार्टी बनाउने कसम उनले खाएका छन्। वृद्धावस्थामा पाएको आफ्नो ’कमब्याक‘ को अवसरलाई पोखरेलले ऐतिहासिक र महत्वपूर्ण सावित गर्ने दृढता व्यक्त गरेका छन्।
कम्युनिष्ट पार्टी, त्यसमा पनि विेशष गरी एमालेका लागि उदयपुर उर्वर भूमि सावित हुँदै आएको छ। सुरुवातदेखि कम्युनिष्टले उदयपुरमा राम्ररी फुल्नेफल्ने मौका पाउँदै आएको छ। जसको उदाहरण बहुदल प्राप्तिपछिका आधा दर्जन संसदीय चुनाव तथा ३ वटा स्थानीय चुनावहरु एमाले र माओवादीले जित्दै आएका छन्। ०४८ देखि ०७४ सम्ममा सम्पन्न ६ वटा संसदीय चुनाव र ०४९, ०५४ र ०७४ मा भएका ३ वटै चुनावमा कम्युनिष्ट दलले उत्साहजनक जित हासिल गर्दै आएका छन्। बहुदलपछि पहिलो पटक भएको ०४८ को आम चुनावमा १ र २ नं. निर्वाचन क्षेत्रबाट क्रमशः लक्ष्मीनारायण चौधरी र विष्णुबहादुर राउतले एमालेबाट चुनाव जिते।
नेपाली कांग्रेसभित्र ७२ र ३६ गुट मौलाएसँगै तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले संसद विघटन गरी ०५१ मा गराएको मध्यावधि निर्वाचनमा पनि चौधरी र राउतले नै टिकट लिएर कार्यकाल दोहोर्याउने मौका पाए। एमाले फुटेर बामदेव गौतम नेतृत्वमा नेकपा (माले) बनेपछिको ०५६ को चुनावमा पनि एमालेकै तर्फबाट १ नं. मा सुरेशकुमार कार्की र २ मा जगन्नाथ खतिवडाले बाजी मारे।
०५२ फागुन १ देखि सुरु भएको नेकपा (माओवादी) जनयुद्धका कारण ५–५ वर्षमा हुनुपर्ने ३ वटा आवधिक स्थानीय चुनाव अवरुद्ध भयो। ०६३ मा विस्तृत शान्ति सम्झौतापछि माओवादी शान्तिपूर्ण मुलधारमा आएसँगै ०६४ मा भएको पहिलो संविधानसभा चुनावमा उदयपुरलाई ३ निर्वाचन क्षेत्रमा बिभाजन गरिएकोमध्ये २ र ३ मा क्रमशः माओवादीका मणि खम्बु राई र मोहन खत्रीले जिते। १ मा भने नारायण खड्काले काँग्रेसको बिउ रोपे। ०७० को दोस्रो संविधानसभा चुनावमा एमाले र माओवादीबीच कडा टकराव हुँदा २ नं. मा एमालेकी मञ्जुकुमारी चौधरीले जितेर कम्युनिष्टको साख बचाईन् भने १ र ३ मा कांग्रेसका खड्का र नारायण कार्कीले जिते।
०७४ मा पुनः २ वटा निर्वाचन क्षेत्र बनाइएको उदयपुरमा एमाले र माओवादी गठबन्धनको नेकपाबाट २ नं. मा माओवादीका सुरेशकुमार राई (हिमाल) र १ मा खड्काले ह्याट्रिक गरे। प्रदेशसभा चुनावमा ४ सीटमध्ये कांग्रेस १ (क) बाहेक बाँकी ३ सीट नेकपाले जित्यो। त्यो पनि गठबन्धनको टिकट वितरणमा असन्तुलन भएकाले माओवादीका रामबहादुर थापामगर हार्न पुगेको निश्कर्ष समीक्षाले निकालेको थियो।
यसरी इतिहासले बारम्बार कम्युनिष्टलाई चुनाव जिताएर जनताको सेवा गर्ने मौका दिँदै आयो। अहिले पनि विद्यार्थी, युवा, महिला, मजदुर, शिक्षक, कर्मचारीको अवस्था हेर्दा समग्रमा ७० प्रतिशतभन्दा माथिको जनहिस्सा कम्युनिष्ट झुकाव राख्नेमा पर्छ। गाउँमा शिक्षकले कम्युनिष्टहरुको उत्पादन, रक्षा र विकास गर्दै आएका छन् भने सहरबजारमा कर्मचारीको ‘प्लान र एक्सन’ मा पार्टी टिकेको छ। एमाले, माओवादीको चुनावी रणनीति, योजना बनाउनेदेखि कार्यान्वयन गर्नेतहसम्म कर्मचारी र शिक्षकको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
यस्तो भईकन पनि बारम्बार फुट्ने र टुट्ने गरेका कम्युनिष्टहरु अहिले फेरि एमाले र एसमा बिभक्त भएका छन्। विद्यमान अवस्थामा नेकपा (माओवादी केन्द्र) पनि निर्णायक शक्ति बन्ने लक्ष्यका साथ संगठन विस्तारमा केन्द्रित भएको छ। ३ वर्षे प्रतिबन्ध फुकुवापछि विप्लव नेतृत्वको नेकपा पनि संगठन विस्तार अभियानमा जुटिरहेको छ।
मोहन बैद्य नेतृत्वको एकीकृत नेकपा र नेकपा मार्क्सवादी पनि अस्तित्वमा रहेका छन्। कम्युनिष्टहरुको यस्तो प्रभावका बीच फुटेका एमाले र एसलाई दुई मणिले पार्टी सञ्चालनको जिम्मा पाएका छन्। यी दुई मणिले आफ्नो मणि कत्ति देखाउन सक्छन्, त्यो भने समयले देखाउने छ।