उदयपुरमा दुई प्रमुखसहित ११ जनाले रोजे नेकपा (एस)
२१ भदौ २०७८
•
४ मिनेट पाठ
उदयपुरमा दुई प्रमुखसहित ११ जनाले रोजे नेकपा (एस)
सनाखतपछि केन्द्रीय सदस्य चौधरीसँग सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः महेश्वर
उदयपुरका दुई स्थानीय तह प्रमुखलागयत ११ जनाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका छन्। पार्टी विभाजनपछि निर्वाचन आयोगले दिएको समयसीमा सकिन दुई दिन बाँकी छँदै त्रियुगा नगरप्रमुख बलदेव चौधरी र उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरलगायत जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा (एस) को पक्षमा सनाखत गरेका हुन्।  




त्रियुगा नगरप्रमुख चौधरीले अघिल्लो दिन नै सनाखत गरेका हुन् भने उदयपुरगढीका अध्यक्ष मगरले सोमबार सनाखत गरेका हुन्। नेकपा (एस) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका साथ निर्वाचन कार्यालय पुगेर अध्यक्ष मगरसँगै ७ नं. वडाअध्यक्ष कर्णमाया घले तथा गाउँ कार्यपालिका सदस्य एवं गाउँपालिका प्रवक्ता थमान विकले सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ।  

उदयपुरगढीमा अध्यक्ष मगर, उपाध्यक्ष सानुकुमारी राउत र ८ वडामध्ये १, २ र ७ नं. वडामा सदस्यसहित सेटै एमालेले जितेको छ। सो बाहेक ६ नं. मा एकजना सदस्य पनि एमालेबाट निर्वाचित छन्। १ का वडाध्यक्ष खेतबहादुर आलेमगर र २ नं. वडाध्यक्ष ईन्द्र राउतसहित सेटै नेकपा (एस)को पक्षमा सनाखत गर्ने तयारीमा रहेको खतिवडाले बताए। उनले धेरै जनप्रतिनिधिहरु एसको पक्षमा खुलिसकेको भए पनि बिभिन्न प्रलोभन र धाकधम्की दिएर एमालमै बस्न बाध्य बनाइएकाले सनाखत गर्न आईनपुगेको बताए।  

‘हाम्रो पक्षमा धेरै जनप्रनिनिधि छन्, तर, पछिल्लो समय ओलीपक्षबाट धाकधम्की र प्रलोभन दिएर यता आउनबाट रोक्ने काम भएको छ’ नेता खतिवडाले भने ‘तर, पनि विचारले प्रष्ट भएकाहरु, प्रतिगमनको विपक्षमा रहेका कमरेडहरु सनाखत गर्न आईरहेका छन्। भोलिसम्म धेरैजना आईपुग्नुहुन्छ।’ मेयर चौधरीसहित ६ जना वडामा अध्यक्षसहित जिनेको एमालेका हालसम्म ३ नं. वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ की वडाध्यक्ष पशुपति चौधरी, ११ की दलित महिला सदस्य सकुन्तला विक, ६ नं. वडा सदस्य जयराम पञ्जियारलागयत ६ जनाले आईतबार एसमा सनाखत गरेका छन्। नेपाल समूहकै २ नं. वडाध्यक्ष घमानसिंह खत्री, ११ नं. वडाध्यक्ष विश्वराज भट्टराई, १२ नं. वडाध्यक्ष जयविक्रम राईले सोमबारसम्म सनाखत गरेका छैनन्।  

नेकपा (एस) मा केन्द्रीय सदस्य चौधरी एमाले हुँदा र माओवादी केन्द्रसँग एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन्। उदयपुरगढी गाउँपालिका अध्यक्ष मगर ०५४ सालकै साविक तावाश्री गाउँ विकास समितिका अध्यक्ष हुन्। उनी पहिलेदेखि नै माधव नेपाल समूहका हुन्।  

जिल्ला अधिवेशनबाट निर्वाचन अध्यक्ष इश्वरमणि राउत, सचिव प्रमेश घिमिरेलगायत जिल्ला कमिटीका बहुमत सदस्य माधव नेपाल समूहमै रहेकोमा अहिले राउतले समूह छाडेर एमालेमै बस्ने मनस्थिति बनाएपछि नेकपा (एस)मा जानेको संख्यामा कमी आएको हो। एमाले अध्यक्ष केपी ओलीले पहिलो पटक संसद विघटन गरेको बिरोधमा आयोजित आन्दोलनको नेतृत्व गरेका सचिव घिमिरे केही दिनपछि नै ओलीपक्षमा गएर जिल्ला अध्यक्ष बनेका थिए। उनीसँगै केही सचिवालय सदस्य र जिल्ला सदस्यहरु पनि ओली खेमामा गएका थिए भने राउत अन्तिम समयसम्म माधव समूहमै थिए।  

पार्टी फुटेसँगै नेपाल समूहका एमाले पदाधिकारी र स्थायी समिति सदस्यसहितको १० जनाको तेस्रो धार ओली खेमामै फर्केपछि अध्यक्ष राउत पनि एमालेमै बस्ने निश्कर्षमा पुगेको बताइएको छ। तर, ०७५ जेठ २ गतेको अवस्थामा पार्टी फर्काउने भनिएजस्तो व्यवहारमा नदेखिएपछि राउत दोधारमा पुगेको एसनिकट नेताहरु बताउँछन्। उनी हच्किएपछि एसमा जाने जनप्रतिनिधि रोकिएका छन् भने अधिकांश जिल्ला सदस्यहरु कतै नखुली मौन बसेका छन्। जनप्रतिनिधिहरुलाई भने २२ गतेभित्र सनाखत गरिसक्नु पर्ने भएकाले मंगलबारभित्र को कता भन्ने कुरा छिनोफानो भईसक्ने भएको छ। ३६ घण्टा समय अझै बाँकी रहेकाले अहिलेको संख्यामा कम्तीमा दोब्बर जनप्रतिनिधिले एस रोज्ने केन्द्रीय सदस्यसमेत रहेका त्रियुगाका मेयर बलदेव चौधरीको दावी छ।  

राउतको खेमा परिवर्तन गरेसँगै ५० प्रतिशत जिल्ला सदस्यहरु र त्यत्तिकै हाराहारी जनप्रतिनिधि पुरानो घरमै रहने दावी एमाले नेताहरुको दावी छ। तर, एसका नेताहरु भने राउतलाई ०७५ जेठ २ गतेमा फर्केजसरी अध्यक्ष मान्न एमाले नेताहरु तयार नहुने दावी गर्छन्। घिमिरेलाई अध्यक्षमा यथावत राखेर इन्चार्जको भूमिकामा ओली खेमाकै एमाले नेतालाई राख्ने र राउतलाई सहइन्चार्ज दिएर भूमिका नदिने पक्षमा रहेको दावी एस नेताहरुको छ।  

उदयपुरमा ४ नगरपालिका र ४ गाउँपालिकामध्ये चौदण्डीगढी नगरमा नेपाली कांग्रेस र लिमचुङबुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाहेक अन्य सबै स्थानीयतहमा एमालेले जितेको छ। त्रियुगा उपमेयर र लिमचुङबुङ उपाध्यक्षमा चाही कांग्रेसले जितेको छ। ७५ वडामध्ये झण्डै दुईतिहाईमा पनि एमालेकै वर्चश्व छ। संघतर्फ १ नं. मा कांगेसका डा. नारायण खड्का र २ मा माओवादीका सुरेशकुमार राई (हिमाल) जितेका छन् भने प्रदेशतर्फ १ (क) मा कांग्रेसबाहेक ३ जनामध्ये एमालेबाट २ र माओवादीबाट १ सांसद जितेका छन्। समानुपातिकतर्फ कांगे्रसका दुईजना संघीय सांसद छन् भने प्रदेशतर्फ २ जना एमालेका रहेकोमा सुनिता चौधरीले सातादिनअघि नै नेकपा (एस)मा सनाखत गरिसकेकी छिन्।
अर्को समाचार
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
५ मिनेट अघि
•
१ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।




डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उनको भनाइ छ।

पाल्पाको दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले आगामी दिनमा सांसदहरू सदनमा कति बजे प्रवेश गरे र कति बजे बाहिरिए भन्ने विवरणसमेत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

यसबाट जनप्रतिनिधिलाई थप जवाफदेही बनाउनुका साथै संसदीय गतिविधिमा नागरिकको पहुँच र निगरानी बढ्ने विश्वास उनले व्यक्त गरे।

कानुन निर्माण गर्ने, कार्यान्वयन गर्ने र न्याय सम्पादन गर्ने निकाय इमानदार र जिम्मेवार भए मुलुकलाई समृद्ध बनाउन लामो समय नलाग्ने सभामुख अर्यालको भनाइ छ।

कानुन निर्माण र कार्यान्वयन गर्ने निकाय इमानदार भए नेपालजस्तो मुलुकलाई समृद्ध बनाउन १० वर्ष पर्याप्त हुने उनले उल्लेख गरे।

सभामुख अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिए। सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

सरकारका कामकारबाहीका विषयमा विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुने गरेको अर्यालले बताए।

कानुन निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पुराना कानुनलाई समय र आवश्यकताअनुसार संशोधन गर्ने तथा संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउने जिम्मेवारी आफूहरूको रहेको सुनाए।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
यो पनि पढौँ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस