लुम्बिनी प्रदेश: ‘हेभिवेट’ जति एमालेमै
१४ भदौ २०७८
•
७ मिनेट पाठ
लुम्बिनी प्रदेश: ‘हेभिवेट’ जति एमालेमै
सर्वोच्चले नेकपा खारेजी गरिदिएपछि दुई कित्तामा बिभाजित एमालेको माधव कुमार नेपाल समुहमा उपाध्यक्ष युवराज ज्ञवाली ‘दोस्रो शक्ति’ का रुपमा उभिए । केपी ओली बिरुद्ध ‘राजनीतिक अपराध’ को आरोप सम्म लगाउन भ्याएका उनि यो समुहको लुम्बिनी ‘कमाण्डर’ चुनिए ।  




नेपाल समुहले एमाले ओली समुहका प्रदेश संयोजक शंकर पोख्रेललाई ‘काउण्टर’ दिने गरि ज्ञवालीलाई आफ्नो समुहको लुम्बिनी संयोजक तोकेको थियो । केन्द्रीय राजनीतिमा बलिया सारथी बन्ने अपेक्षा सहित नेपालले ज्ञवालीलाई लुम्बिनी प्रदेशमा आफ्नो समुहको ‘बिरासत’ हाँक्ने एक अब्बल शक्तिका रुपमा पक्कै देखेका थिए ।  

लामो समय देखि एमाले ‘नेपाल धार’ को राजनीतिमा सकृय ज्ञवाली उनै नेपाल एमालेबाट अलग्गीन खोजेपछि भने नेपालबाट पञ्छिन खोजे । बिभाजनको संघारमा रहेको एमालेको एकताका लागि ‘मध्यमार्गी धार’ जन्माएको दोस्रो तहका नेताहरुको समुहमा उनि पनि सामेल भए । यता नेपाल नेकपा एकिकृत समाजबादी दल दर्ताको प्रकृयामा लागिसकेका थिए ।  

एमाले एकताका लागि बनेको कार्यदलले बनाएको १० बुँदे सहमतीको प्रस्ताव अनुसारनै अघि बढ्नु पर्छ भन्ने मनसायमा रहेको मध्यमार्गी धारको मुद्धामा ओली सहमत भए । अनि ज्ञवाली सहित दोस्रो तहका १० नेताको मध्यमार्गी धार ओली अर्थात एमाले तिरै सेपियो ।  

अन्ततः ज्ञवालीको यो निर्णयले उनिबाटै लुम्बिनी प्रदेशको बिरासत धान्ने ‘नेपाल अभिलाषा’ चकनाचुर बनिदियो । यति मात्रै हैन, आफ्नो समुहका ‘हेभिवेट’ नेताको साथ गुम्नु नेपालको समाजबादी दलका लागि उत्तिकै नोक्सानी पुगेको छ नै । ‘पार्टीको केन्द्रीय उपाध्यक्ष जस्तो हेभिवेट नेताको साथ नेपालले गुमाउनु भयो,’ एमालेका एक नेताले भने ‘यो उहाँका लागि सानो घाटा हैन ।’

ज्ञवालीसंगै आफ्नो समुहका कट्टर उपमहासचिव लुम्बिनीकै घनश्याम भुषाल नेपालका अर्का भरोसाका केन्द्र थिए । एमाले बिभाजन पूर्व अध्यक्ष ओली बिरुद्ध खरो रुपमा प्रस्तुत भएका भुषाल प्रतिको नेपालको बिश्वास पनि पार्टी बिभाजनको घडी सम्म टिक्न सकेन । नेपाललाई छोडेर मध्यमार्गी समुहमा पसेका उनि पनि ‘बालकोट समर्थक’ बनेर नेपाललाई छोडिदए ।  

लुम्बिनी प्रदेशबाट पुरानो पार्टीका उपाध्यक्ष, उपमहासचिव गुमाएको नेपाल नेतृत्वको समाजबादी पार्टीले आँफू पक्षकै केन्द्रीय सचिवलाई पनि आफ्नो समुहमा राख्न सकेन । सचिव गोकर्ण बिष्टले पनि अन्ततः नेपाललाई छोडेर ओलीलाई नै साथ दिए र एमालेमा सामेल भए । मध्यमार्गी धारमा रहेका दोस्रो तहका १० नेता मध्य यि तीन केन्द्रीय पदाधिकारीहरुलाई रोक्न सकेको भए मात्रै नेपाल नेतृत्वको समाजबादी पार्टीको उपस्थिती यो प्रदेशमा निकै बलियो हुने थियो । ‘उहाँहरु (ज्ञवाली,भुषाल र बिष्ट) जस्ता नेताहरुले साथ नछोडेको भए लुम्बिनी प्रदेशमा समाजबादी पार्टीको भुमिका अँझै सशक्त बन्ने थियो,’ समाजबादीकै एक नेताले भने ‘तर उहाँहरु नहुँदा पनि हामीहरु कमजोर भने छैनौँ ।’ छुट्टिनै खोजेका यि तीन पदाधिकारीको पार्टी पुनरागमनले भने ओली नेतृत्वको एमालेलाई यो प्रदेशमा थप शशक्त बनाईदिएको छ । यि तीन नेताको उपस्थितीले यो प्रदेशमा एमालेभित्र पदाधिकारीहरुको पल्लाभारी भएको छ । यसै प्रदेशका केन्द्रीय महासचिव बिष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली , शंकर पोख्रेल , छबीलाल बिश्वकर्मा जस्ता हेभिवेट नेताहरु एमालेमै छन् ।  

आश बामदेबकै ‘देवत्व’

नेपालको प्रमुख राजनीतिक एमाले शक्ति दुई भागमा बिभाजित भई केन्द्रीय नेताहरुले आआफ्नो ‘पार्टी लाईन’ तय गरिसकेको भएपनि एमालेका उपाध्यक्ष,लुम्बिनी प्रदेशका बामदेव गौतम भने अहिले पनि ‘मझधार’ मै छन् । एमालेबाट राजीनामा दिने उनको केहि दिन अघिको अभिब्यक्तिले उनि नेपाल नेतृत्वको समाजबादी पार्टीमा सामेल हुने लख काटिएको छ । त्यसोत, समाजबादीका नेताहरुले पनि गौतम आफ्नै पार्टीमा सहभागी हुने दाबी गर्छन् । ‘उहाँ समाजबादीमै रहनुहुन्छ,’ समाजबादीका नेता मेटमणी चौधरीले भने ‘उहाँले औपचारिक निर्णय गर्न मात्रै बाँकी हो, उहाँ यता आउने निश्चित भैसकेको छ ।’

यो प्रदेशबाट एमालेमा प्रतिनिधित्व गर्ने अन्य सबै केन्द्रीय पदाधिकारीहरु एमालेमै सेपिएपछि नेपालका लागि गौतमको आगमन प्रदेशमा आँफूलाई बलियो बनाउने ठूलो अस्त्र बन्ने छ । फलतः समाजबादीले बामदेवकै ‘देवत्व’ को आश गरेर बसेको छ । त्यसोत, गौतमकी श्रीमती तुलसा थापाले एमाले त्यागेर समाजबादी नै रोजिसकेका कारण गौतम अर्को दल एमालेमा रहन सक्ने सम्भावना निकै कम देखिन्छ । ‘बामदेव कामरेडकी पत्नी हाम्रो पार्टीमै हुनुहुन्छ,’ मेटमणी भन्छन् ‘यसर्थ पनि बामदेव कमरेड हाम्रो पार्टीमै आउनुहुन्छ ।’  

गौतम समाजबादी पार्टीमा सामेल भए प्रदेशमै आफ्नो पार्टीको स्तर माथि उठ्ने र अँझ बिशेषतः बर्दिया र प्यूठानमा बढि प्रभाव पर्न जाने समाजबादीको अपेक्षा छ । यि दुई जिल्ला बामदेवका चुनावी जिल्ला भएकाले एमाले बिभाजन पश्चात जिल्ला तहका नेताहरुले पनि बामदेवको निर्णय पर्खेर बसेको समाजबादी बताउँछ । ‘बामदेब कमरेड यता आए समग्र प्रदेशमै हाम्रो पार्टी थप अब्बल बन्नेछ,’मेटमणी भन्छन् ‘त्यसमा पनि उहाँका चुनावी दुई जिल्ला प्यूठान र बर्दियाको नेतृत्व सहजै हाम्रो हातमा आउने छ,अहिले यि दुई जिल्लाका नेताहरु बामदेव कमरेडको निर्णय कुरेर बसिरहनु भएको छ ।’

बामदेब एमालेमै रोकिए लुम्बिनी प्रदेशमा समाजबादीको नेतृत्व हेभिवेट बिहिनताको अवस्थामा रहने छ । यो अवस्थामा रामकुमारी झाँक्री,मेटमणी चौधरी लुम्बिनीका हर्ताकर्ता बन्ने छन् ।  

प्रतिनिधिसभामा समाजबादीका ६ , केन्द्रीय सदस्य ४  

एमाले बिभाजन पश्चात एमालेका पदाधिकारी गुमाएको समाजबादी पार्टीले लुम्बिनीमा चार जना केन्द्रीय सदस्य मात्रै पाएको छ । मेटमणी चौधरी, रामकुमारी झाँक्री,सोम पाण्डे र भागवत बिश्वासी मात्रै समाजबादीमा आएका हुन् । एमालेमा भने उपाध्यक्ष युवराज ज्ञवाली,महासचिव बिष्णु पौडेल, उपमहासचिव घनश्याम भुषाल,सचिव गोकर्ण बिष्ट,केन्द्रीय सदस्य शंकर पोख्रेल,छबीलाल बिश्वकर्मा, ठाकुर गैरे लगाएतका केन्द्रीय समितिमा रहेका नेताहरु छन् ।  

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादी पार्टीले लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्य ६ जना रहेको दाबी गरेको छ । समाजबादीका नेता मेटमणी चौधरीका अनुसार मेटमणी सहित रामकुमारी झाँक्री, सोम पाण्डे, तुलसा थापा, हिरा चन्द्र केसी, मायाँ देबी न्यौपाने समाजबादीमा छन् । यि मध्य सोम पाण्डे र मायाँदेबी न्यौपानेको भने सनाखत भएको छैन । नेपाल समुहले बुझाएको सांसद सुचीमा सुरुमा उनिहरुको नाम थिएन । तर पछि उनिहरुले सनाखतका लागि ब्यक्तिगत रुपमा निवेदन दिएको भएपनि उनिहरुको सनाखत भने हुन सकेन ।  

एमाले समुहमा भने यो प्रदेशबाट बिष्णु पौडेल,प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुषाल,दलबहादुर राना,छबीलाल बिश्वकर्मा,शान्ता चौधरी,गंगा चौधरी, मैना भण्डारी, सुजिता शाक्य लगाएत दर्जन सांसदहरु छन् ।  

प्रदेशसभामा झन् कमजोर समाजबादी

३८ सांसद रहेको लुम्बिनी प्रदेशमा माधव कुमार नेपाल नेतृत्वको समाजबादीको प्रतिनिधित्व निकै कमजोर रहेको छ । समाजबादी पार्टीमा बिष्णु प्रसाद पन्थी र रमा घर्ती खुलेका छन् । बाँकी ३६ जना सांसद एमालेमै छन् । तर एमालेले भने प्रदेशसभामा समाजबादीको प्रतिनिधित्व शून्य रहने दाबी गरेको छ । एमाले लुम्बिनी प्रदेशसका प्रमुख सचेतक भुमिश्वर ढकालले भने ‘समाजबादी पार्टीमा एमालेका कोहि सांसद पनि हुने छैनन्, समाजबादी पार्टीको प्रतिनिधित्व यो प्रदेशमा शून्य नै हुन्छ ।’ उनले पन्थी र घर्ती दुबै अहिले पनि एमालेमै रहेको दाबी समेत गरे ।  

जिल्लामा अब्बल दाबी गर्दै समाजबादी  

केन्द्रीय प्रतिनिधित्व र सांसद संख्यामा कमजोर मानिएको समाजबादी पार्टीले लुम्बिनी प्रदेशका जिल्लाहरुमा भने आँफूलाई अब्बल दाबी गरेको छ । उसले प्रदेशका आधा जिल्लाहरुमा आफ्नो समुह बलियो रहेको दाबी गरेको छ । समाजबादी नेता मेटमणीका अनुसार दाङ, बाँके,रोल्पा, रुकुम पूर्वमा आफ्नो एकल बोलबाला छ । यसैरि प्यूठान र बर्दियामा एमालेसंग बराबर शक्तिका रुपमा रहेको भएपनि यि दुई जिल्ला पनि बामदेब गौतमको आगमन पछि आफ्नो पकडमा आउने समाजबादीका नेता चौधरीले बताए । यसैगरि रुपन्देहीमा एमाले र आँफूहरु बराबर शक्तिका रुपमा रहेको समाजबादीको दाबी छ । यस्तै कपिलवस्तु, पाल्पा,अर्घाखाँची, नवलपरासीमा एमाले समुह बलियो रहेको चौधरीको भनाई छ । गुल्मी नेतृत्वले भने अहिले सम्म निर्णय गरिनसकेको भन्दै यो जिल्ला अहिले सम्म मझधारमै रहेको उनको भनाई छ ।  

प्रदेशका १२ जिल्ला मध्य आँफूलाई ठूलो शक्तिको रुपमा समाजबादीले प्रस्तुत गरेको भएपनि एमालेले भने प्रदेशभरमै आफ्नो एकल बर्चश्व रहेको दाबी गरेको छ । उसले माधव कुमार नेपाल समुहको कुनै पनि जिल्लामा बर्चश्व नरहेको दाबी गरेको छ ।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
८ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस