ठाकुर पक्षीय सांसद धमाधम कित्ता फेर्दै
१५ साउन २०७८
•
२ मिनेट पाठ
ठाकुर पक्षीय सांसद धमाधम कित्ता फेर्दै
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि महन्थ ठाकुर र राजेन्द्र महतोलाई साथ दिएका कार्यकारिणी समितिका सदस्य तथा प्रतिनिधिसभाका सांसदहरूले धमाधम कित्ता फेर्न थालेका छन्। कित्ता फेरेकाहरू आफू जसपामै रहेको प्रतिक्रिया दिएका छन्।




केपी ओली नेतृत्व सरकारमा ठाकुर–महतो पक्ष सहभागी हुँदा ठाकुरको पक्षमा २० जना र यादवको पक्षमा १२ जना मात्र सांसद थिए । ओली सरकारमा ठाकुर पक्षका १९ मन्त्री १९ दिन पछि १ मन्त्री १३ दिन पछि बाहिरिए। त्यसपछि परिस्थिति फेरिन थाल्यो। ठाकुर पक्ष सरकारबाट बाहिरिनेबित्तिकै उपेन्द्र यादव पक्ष आकर्षक हुन थाल्यो। त्यसमा पनि आयोगले यादवलाई आधिकारिकता दिएपछि ठाकुर पक्षका नेताहरू यादवतिर जान शृंखला नै सुरु भएको छ।  

ठाकुर पक्षमा ८ जना सांसदहरू खुलेर यादव पक्षमा पुगेका छन्। अन्तिम समयमा ठाकुर पक्षका राजकिशोर यादव र मनिष सुमनले समेत ठाकुरलाई धोका दिए। ठाकुरले आशा गरेका रेशम चौधरीले ठाकुरलाई साथ दिएनन्। आयोगमा हेडकाउन्ट हुँदा उनी तटस्थ बसे। पछि आफू जसपामै रहेको चौधरीले प्रतिक्रिया दिएका छन्। राजकिशोर पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य पनि हुन।  

ठाकुर पक्षका ८ जना सांसदहरू राजकिशोर यादव, प्रमोद साह, अमृत अग्रहरि, रानी मण्डल, रुही नाथ, नरमाया ढकाल, रेणुका गुरुङ र चन्द्रकान्त चौधरीले उपेन्द्रलाई साथ दिएका छन्। आफूहरू जसपामै रहेको उनीहरूको भनाइ छ। ठाकुर पक्षबाट ओली सरकारमा मन्त्री भएका चन्द्रकान्त चौधरीले अहिले आफूले उपेन्द्र यादवलाई साथ दिएको बताए। ‘म सुरुदेखि नै जसपामै छु । अहिले पनि म जसपामै छु,’ चौधरीले भने। विगतमा आफू राजपामा भए पनि अहिले यादवको लाइनमा पुगेको उनको भनाइ छ।  

स्रोतका अनुसार निर्वाचन आयोगले यादवलाई जसपाको आधिकारिता दिएपछि ठाकुरको पक्षमा लागेका प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरूको पद जोखिममा पर्ने भएकोले पनि ठाकुरतीर लागेका सांसदहरू उपेन्द्र यादवतीर गएको हुनसक्ने ठाकुर पक्षको बुझाइ छ। ठाकुर पक्षकै एक नेताले भने, ‘प्रत्यक्ष्य निर्वाचित भएका सांसदहरूको पद जोखिममा रहन्न। यो सर्वोच्चले नजिर स्थापना गरेको छ। समानुपातिक सांसदहरूको पद भने जोखिममा रहन सक्छ।’

ठाकुर पक्षमा लागेका समानुपातिक सांसदहरूको पद जोखिममा पर्ने हुँदाहुँदै पनि ठाकुर पक्षका दुई समानुपातिक सांसद निर्जला राउत र चन्दा चौधरी भने कित्ता परिवर्तन गर्ने सम्भावना रहेको ठाकुर पक्षका अर्का एक नेताले बताए। उनका अनुसार ठाकुर पक्षका कम्तीमा ९ जना सांसद सांसद पद नरहने जोखिम हुँदा हुँदै पनि कित्ता परिवर्तन गर्ने सम्भावना छैन। ती नेताका अनुसार महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्णं, निर्जला राउत, चन्दा चौधरी, एकवाल मियाँ, वीमल श्रीवास्तवले कित्ता फेर्ने सम्भावना छैन। 

ठाकुर पक्षका सांसद बिमल श्रीवास्तबले आफूले कित्ता फेर्ने सम्भावना रहेको बताए। ‘उहाँहरू के गर्नु हुन्छ, त्यो उहाँहरूको कुरा हो। तर मैले कित्ता फेर्दिन’उनले भने।  यादव पक्षका एक कार्यकारिणी सदस्यका अनुसार ठाकुर पक्षका केही सांसदहरूले अध्यक्ष यादवसँग आफू जसपामै रहेको जनाएका छन्। खुल्नुपर्‍यो भने आफू खुल्न तयार रहेको आश्वासन पनि उनीहरूले दिएको ती नेताले बताए।  
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३३ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस