अहंकार र कुण्ठाले बिथोलिएको एमाले
०४ साउन २०७८
•
३ मिनेट पाठ
अहंकार र कुण्ठाले बिथोलिएको एमाले
क्याप्शन
‘ओलीले अंहकार र नेपालले कुण्ठा त्याग गर्नुपर्छ’ एमालेविरुद्ध ग्रान्ड डिजाइन सुरु भयो भन्दै योगेश भट्टराईले सोमबार बिहानै पत्रकारसमक्ष चिन्ता व्यक्त गरे, ‘अब नयाँ अध्यायबाट सुरु गर्नुपर्छ ।’  




अहंकार र कुण्ठाबाट  यतिबेला  एमाले नराम्ररी  बिथोलिएको छ। आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाएर विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने यो खेल कति लोकतन्त्रवादी र कति अन्तर्घाती हो त्यो समयले मूल्याकंन गर्ने छ।  तर जनमतबाट सत्तामा पुगेको पार्टी संसद्को अंकगणितले आइतबार राति कसरी भुईंमा बजारियो यसले सबैलाई सोच्न बाध्य बनाएको छ। एमाले पार्टीलाई माया गर्नेहरूका लागि पक्कै पनि त्यो कालो रात थियो। जहाँ विभिन्न बहानामा उनीहरूकै  ‘सपनाहरू’ एकएक गर्दै हत्या हुँदै थियो।  

निराशाको लहर अहिले सिंगो एमाले पंक्तिमा छ तर नेतृत्व तहमा अझै अहंकार र कुण्ठामा कमी आएको आभास हुन्न।
केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि माधव नेपालको कुण्ठा कति शान्त भयो न त्यो मापन गर्न सकिएको छ न त प्रधानमत्री पद  गुमेपछि ओलीको अहंकारमा कति कमी आयो त्यो नै आंकलन गरिएको छ।  

त्यसो त आइतबार अबेर संसद् भवनमा आइपुगेका ओलीले देउवालाई हसिलो मुद्रामै बधाइ दिए। दिनभर संसद्मा बसेका  माधव नेपालले पनि देउवालाई उस्तै मुद्रामा बधाइ दिए। बधाइ हेर्दा उस्तै देखिए पनि पनि सारमा यो निकै फरक थियो।  

सम्भवत  यसै विषयलाई लिएर सोमबार नेकपा एमाले पक्षीय केन्द्रीय कमिटीको बैठक ललितपुरमा सुरु भयो । यसमा  माधव नेपाल पक्षीयको सहभागिता रहेन। सोमबारको केन्द्रीय कमिटी बैठकमा ओलीले २२ संसद्ले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु । 

पार्टीका लागि सर्मनाक भएको बताउँदै वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताए।  

पार्टीमा आउन चाहने साथीहरू आउनुस्, स्वागत छ तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन’ भन्न समेत भ्याए।  

केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि माधव नेपालको कुण्ठा कति शान्त भयो न त्यो मापन गर्न सकिएको छ न त प्रधानमत्री पद  गुमेपछि ओलीको अहंकारमा कति कमी आयो त्यो नै आंकलन गरिएको छ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिँदै आफू झुक्न तयार नभएको संकेत दिए। देउवालाई विश्वासको मत दिएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा नेपालले सञ्चारकर्मीसँग संसद्को निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए।

यस्तोमा एमाले एक हुने सम्भावना निकै कम देखिन्छ।  विपक्षीलाई बल दिएर पोस्ट खाली गरिदिने भनेर भन्ने गरिएका आफ्नै पार्टीका खेलाडीबाट गोल खाएपछि ओली पक्कै पनि उत्सव मनाउन सक्ने छैनन्। न त लोकतन्त्रको लागि भनेर गरिएको आत्मघाती गोलबाट नेपाल मन फुकाएर रमाउन सक्छन्। पार्टीका शीर्ष नेता तहमा देखिएको यही अन्योलताले अहिले सिंगो पार्टी बिलखबन्दमा परेको  देखिन्छ।  

जब नेतृत्वमा अहं घट्दैन तब तल्लो तहका कार्यकर्ताको मेहेनत खेर जान्छ। माधव नेपाललाई भेटेपछि ३ महिनाको मेहेनत खेर गयो भन्दै शंखर पोखरेलले आइतबार फेसबुकमा लेखेको स्टाटसले यो कुरा देखाउँछ। आफैंले गठन गरेको कार्यदलको प्रतिवेदनमा नेपाल असहमत भएपछि पोखरेल निराश देखिन्थे।  

निराशाको यो लहर अहिले सिंगो एमाले पंक्तिमा छ। तर, नेतृत्व तहमा अझै अहंकार र कुण्ठामा कमी आएको आभास हुन्न। किनकि क्रोधले अंहकार झनै बढाउँछ। त्यस्तै कुण्ठाको कुनै सीमा हुन्न। यस्तोमा युवा नेता भट्टराईले सोचेजस्तो ‘नयाँ अध्यायबाट सुरु हुन मुस्किल छ।’  किनकि जबसम्म पुरानो संरचना भत्किन्न तबसम्म त्यो ठाउँमा नयाँ संरचना कहिल्यै  बन्न सक्दैन।’
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
३ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस