देउवा पाँचौंपटक प्रधानमन्त्री: आगामी दिन थप चुनौतीपूर्ण
३० असार २०७८
•
५ मिनेट पाठ
देउवा पाँचौंपटक प्रधानमन्त्री: आगामी दिन थप चुनौतीपूर्ण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचाैँ पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका छन्। ४१ महिनाअघि केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गर्दै सिंहदरबारबाट बाहिरिएका देउवा फेरि उनै ओलीलाई विस्थापित गर्दै मंगलबार प्रधानमन्त्रीको जिम्मेवारीमा सिंहदरबार पुगेका हुन्।  




आफ्नै नेतृत्वमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई विपक्षमा बस्ने जनमत प्राप्त भएपछि माओवादी केन्द्रसहितको समर्थनमा २०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री भएका थिए। तर, उनी गठबन्धन दलसँग मात्र होइन, आफ्नै पार्टीभित्र पनि सन्तुलन कायम गर्न असफल भएपछि देउवाका लागि फेरि सत्तारोहणको ढोका खुलेको हो।

आफ्नै पार्टी एमालेभित्रको आन्तरिक विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने ओलीको दोस्रो प्रयासलाई पनि रोक्दै सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार अपराह्न प्रधानमन्त्री नियुक्त गरेकी हुन्।  

यसअघि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न देउवाले गरेको दाबी नपुगेको भन्दै राष्ट्रपतिले त्यसलाई अस्वीकार गरेकी थिइन्। त्यसविरुद्ध देउवासहित विपक्षी गठबन्धनमा रहेका सांसद सर्वोच्च अदालत गएका थिए। देउवासहितको निवेदनका आधारमा सर्वोच्चले उनलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। सोहीअनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

चुनौतीका चाङ

सर्वोच्च अदालतको आदेशमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका देउवाका लागि गठबन्धनलाई कायम राख्दै प्रतिनिधिसभाबाट विश्वासको मत लिनु सबैभन्दा ठूलो चुनौती छ। एमालेका २६ सांसदसहित माओवादी केन्द्रसमेतका दलहरूको समर्थनमा बहुमतसहित जेठ ७ गते देउवाले प्रधानमन्त्री दाबी गरेका थिए।

१ सय ४६ सांसदको समर्थनसहित देउवाको दाबीलाई सर्वोच्च अदालतले स्वीकार गर्दै उनलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेको थियो। देउवाले एक महिनाभित्र संसद्मा बहुमत प्रमाणित गर्नुपर्ने छ। त्यसका लागि गठबन्धनलाई कायमै राख्नु देउवाका लागि सबैभन्दा ठूलो चुनौती छ। संसद्मा बहुमत प्रमाणित गर्न नसके प्रतिनिधिसभा विघटन हुनेछ र मुलुक मध्यावधि निर्वाचनमा जानेछ।

त्यस्तो अवस्थामा प्रतिनिधिसभालाई पाँच वर्ष चलाउने देउवासहितको दाबी खण्डित हुनेछ । एक महिनाभित्र विश्वासको मत लिन नसके ६ महिनाभित्र मध्यावधि निर्वाचन गराउनुपर्नेछ । त्यस्तो अवस्थामा ६ महिनाभित्र निर्वाचन गराउन देउवा सरकारका लागि राजनीतिकबाहेक मौसम पनि चुनौती हुनसक्छ।

चार वर्षअघि सत्तामा कांग्रेससँग र निर्वाचनमा प्रमुख प्रतिपक्षीसँग चुनावी तालमेल गरेको माओवादी केन्द्र नै देउवाको अहिले पनि प्रमुख सत्ता साझेदार बनेको छ। अहिले सत्तामा पुग्न देउवाका लागि माओवादी केन्द्र सहयोगी बने पनि चार वर्षअघि कांगे्रस नेतृत्वकै सरकारमा रहेर माओवादीले गरेको व्यवहार बिर्सन सकिँदैन। कांग्रेस नेतृत्वको सरकारमा रहेर माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेका कारण कांग्रेसले निर्वाचनमा हार्नुपरेको गुनासो पटकपटक देउवाले गर्दै आएका छन्। माओवादी केन्द्रले त्यतिबेला गरेको राजनीतिक बेइमानीका कारण देउवाले अहिले उसले गृह मन्त्रालय मागे पनि कांग्रेसकै कोटामा राखेको निकट नेताको दाबी छ ।

कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने र संक्रमणबाट देश र जनतालाई जोगाउने चुनौती पनि देउवा नेतृत्व सरकारसामु छ। अहिलेसम्म नौ लाख जनताले मात्र दुवै डोज खोप पाएका छन्। खोप सुनिश्चि गर्नु सरकारका लागि चुनौतीपूर्ण छ। संक्रमणको जोखिम रहेकै बेला मुलुक निर्वाचनमा जाने अवस्था आए थप जोखिम मोल्नुपर्ने निश्चित छ। कोरोनाका कारण खुम्चिएको अर्थतन्त्रलाई पुनर्ताजगी दिने र जनअपेक्षाअनुसार आर्थिक विकासको काम अघि बढाउन पनि देउवा नेतृत्वको सरकारलाई त्यति सजिलो छैन। आफ्नै पार्टी कांग्रेसभित्रको असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने मात्र होइन, चारतिर फर्केका गठबन्धन र त्यसभित्र गुटउपगुट र समुहमा विभाजितलाई समेटेर अघि बढ्नुपर्नेछ देउवाले।

देउवा सरकारप्रति कठोर बन्ने ओली संकेत

अदालतको आदेशबाट सरकारबाट बाहिरिएको एमालेलाई संसद् र सडकमा देउवाले झेल्नुपर्नेछ । ४१ महिना प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि सत्ता साझेदार जस्तै देखिएको कांग्रेसका लागि विपक्षी एमालेको प्रहार सामना गर्न सहज हुने छैन। सरकाबाट हट्नुपरेको झोकमा पार्टीका भ्रातृ संगठनलाई एमालेले सडकमा उतारिसकेको छ। ओलीले देउवाको शपथग्रहण बहिष्कार गरेर यो सरकारप्रति कठोर बन्ने संकेत दिएका छन्। 

सामान्यतया प्रधानमन्त्रीको शपथमा निवर्तमान प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ। यसले ओली देउवाको सत्तारोहणबाट क्रुद्ध बनेको देखिन्छ। यसअघि पहिलो संविधानसभा निर्वाचनपछि पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ लिँदा निर्वतमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अनुपस्थित भएका थिए। आफूले कार्यवाहक राष्ट्राध्यक्षको पनि जिम्मेवारी समालेको भन्दै कोइराला प्रधानमन्त्री दाहालको शपथमा अनुपस्थित भएका थिए।

त्यस्तै, अब १६ महिनाभित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन देउवा नेतृत्व सरकारले गराउनैपर्नेछ । देउवाले राज्यका सबै अंगसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्नेछ। यसअघि कांग्रेसले ओली नेतृत्व सरकारले गरेका कामका विषयमा उठाएका प्रश्नलाई सच्याउनुपर्ने जिम्मेवारी पनि देउवाको काँधमा आएको छ। देउवाका लागि सबैभन्दा ठूलो चुनौती आफ्नै दल कांग्रेसलाई समेटेर अघि बढ्नु हुनेछ। संवैधानिक सीमाभित्र पार्टीको १४औं महाधिवेशन गराउने दायित्व पनि सभापतिको हैसियतले देवउवाको कुशलतापूर्वक पूरा गर्नुपर्नेछ।
अर्को समाचार
‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’
०७ वैशाख २०७८
•
१ मिनेट पाठ
‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म सरकार बहुमतकै रहने बताएका छन्। नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले ओली नेतृत्व सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए। 




माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको धारणा राख्दै उनले प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा सरकारलाई टिकाइराख्ने प्रयास गरिरहेको बताए। राष्ट्रवादी नारा दिएर प्रतिनिधिसभा निर्वाचन जितेका ओली अहिले भारतसँग त्वं शरणम् गर्न पुगेको देउवाले आरोप लगाए। ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको त्वं शरणम् भइसक्यो,’ कांग्रेस सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ?’ ओली राष्ट्रवादी नभएर अवसरवादी भएको आरोप लगाउँदै देउवाले आफूले ओली सरकार हटाउन खोजेको बताए।

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि ओली नेतृत्वको सरकार हटाउनुपर्ने धारणा राखे। ‘अहिलेको सरकारलाई हामीले अपदस्त गर्नैपर्छ,’ उनले भने, ‘हुन त जसपा ओलीसँग नजिक भएका छन्।’ एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहयोग गरे नयाँ सरकार बन्न सक्ने भन्दै महामन्त्री कोइरालाले नयाँ सरकार गठनको पहल लिन सभापति देउवालाई आग्रह गरे।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस