फेरिएला कांग्रेस नेतृत्व ?
१२ असार २०७८
•
४ मिनेट पाठ
फेरिएला कांग्रेस नेतृत्व ?
नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्द्र पौडेलसहित सबै प्रभावशाली नेताले नेतृत्वमा दाबी गरेका हुन्।




भेलामा १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित पौडेलले १४औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बन्ने अवसर दिनुपर्ने बताए। निकटहरूलाई गोलबद्ध गरेर नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रन पौडेललाई हम्मेहम्मे पर्ने विश्लेषण भइरहेका बेला आयोजित संस्थापन इतर भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, शेखर कोइराला र सुजाता कोइरालाले पनि नेतृत्वका लागि दाबी पेस गरे।

महत र केसीले नेतृत्वका लागि दाबी पेस गर्दै सहमतिका लागि भने बाधक नबन्ने बताए। संस्थापन इतर समूहबाट एकभन्दा बढी उम्मेदवार भए आफूहरू पनि उम्मेदवार बन्ने महत र केसीले बताएका थिए। पौडेलले आफू र सभापति देउवालाई एकै ठाउँमा राखेर नहेर्न भन्दै नेतृत्वमा पुग्न सहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ। पौडेलले सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी आफ्नो चाहना रहेको बताएको जानकारी एक सहभागीले दिए। 

महामन्त्री शशांकले पार्टी नेतृत्वका लागि आफू स्वाभाविक दाबेदार रहेको बताउँदै तीन नेताबीच भइरहेको छलफलको जानकारी भेलालाई गराएका थिए। पूर्वमहामन्त्री सिंहले आफूले नेतृत्वको प्रतिस्पर्धामा रहेको जानकारी नेताहरूलाई धेरै पहिलादेखि गराउँदै आएको बताउँदै कार्यकर्ताले अब देउवाबाट मात्र होइन, पौडेलबाट पनि पार्टी चल्दैन भन्न थालेको धारणा राखेका थिए। नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका उनले पनि आफूलाई पार्टीको नेतृत्वमा पुग्न सहयोग गर्न आग्रह गरेका थिए।

संस्थापन इतर भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, नेता शेखर कोइराला र नेत्री सुजाता कोइरालाले नेतृत्वका लागि दाबी गरे।
त्यस्तै, नेता शेखरले पनि नयाँ र पुरानो पुस्तालाई जोडेर सशक्त कांग्रेस बनाउन आफूले मात्र सक्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए। उनले आफू १५औं महाधिवेशनमा सभापतिको दौडमा नहुने तर अहिले उम्मेदवार बन्ने बताउँदै सहयोग गर्न र पौडेलसहितका नेताहरूलाई संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको स्रोतको दाबी छ।

भेलामा सहभागी केन्द्रीय सदस्यहरूले संस्थापन इतर समूहबाट एउटामात्र उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नेताहरूलाई समझदारीमा एकजनाले मात्र उम्मेदवारी दिने वातावरण बनाउन सुझाएका थिए। जबाफमा सभापतिका आकांक्षी नेताहरूले सहमतिका लागि प्रयास जारी रहेको बताएका थिए। ‘नेताहरूले नेतृत्वका लागि दाबी पेस गर्नु भएको छ,’ भेलामा सहभागी केन्द्रीय सदस्य बद्री पाण्डेले भने, ‘तर उहाँहरूले सहमतिका लागि प्रयास गरिरहेको र मिलेर नै उम्मेदवारी दिन्छौं पनि भन्नुभएको छ।’ भेलामा पार्टी क्रियाशील सदस्यता छानबिनलगायतका विषयमा पनि छलफल भएको थियो।

एकताको सन्देश दिँदै नेतात्रय  

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले छलफललाई निरन्तरता दिँदै १४औं महाधिवेशनमा मिलेर अघि बढ्ने सन्देश पार्टीभित्र प्रवाह गरेका छन्। सभापति शेरबहादुर देउवाले फेरि नेतृत्वका लागि अग्रसरता लिएलगत्तै उपसभापति निधिको निवासबाट सुरु भएको तीन नेताको भेटघाटलाई उनीहरूले निरन्तरता दिएका छन्। महामन्त्री कोइराला निवास महाराजगन्जमा शुक्रबार भेला भएका तीन नेताले १४औं महाधिवेशनमा एक भएर जाने र अर्को बैठक पूर्वमहामन्त्री सिंहको निवासमा बस्ने सहमति गरेका छन्। 

सभापतिका लागि आकांक्षी तीनैजनाले को उम्मेदवार बन्ने भन्ने विषयमा भने छलफल अघि बढाएका छैनन्। पार्टीका सबै केन्द्रीय सदस्यहरूसँगको परामर्शपछि व्यक्तिकेन्द्रित छलफल हुने एक नेताले बताए। महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको र सभापतिमा को उठ्ने भन्ने पछि निर्णय गरिने जानकारी दिए।  

‘मुख्यगरी राष्ट्रिय राजनीति र पार्टी महाधिवेशनबारे हाम्रो छलफल भयो’, तीन नेताबीचको भेटपछि कोइरालाले भने, ‘हाम्रो बीचमा सहमति हुने सम्भावना प्रबल बन्दै गएको छ।’ गुट–उपगुटमा विभक्त कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने नेतृत्व आवश्यक रहेको बताउँदै पूर्वमहामन्त्री सिंहले भने, ‘पार्टीलाई एक नम्बर बनाउन कार्यकर्ताको चाहनाअनुसार छलफल गर्दैछौं।’
अर्को समाचार
लुम्बिनी प्रदेशः फेरिएला सरकारको नेतृत्व
१९ माघ २०७८
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेशः फेरिएला सरकारको नेतृत्व
आलोपालो सरकार चलाउने कांग्रेस र माओवादीको पूर्वसहमति बमोजिम लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुँदा बाँकी अवधि आलोपालो सरकार चलाउने सहमति कांग्रेस र माओवादीबीच भएको थियो।




यही सहमति बमोजिम तत्कालीन एमाले नेतृत्वको सरकार ढलेको थियो। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व फेरबदल हुनुपर्ने प्रस्ताव राखिसकेका छन्। उक्त सहमतिअनुसार वर्तमान सरकारमा रहेको माओवादी नेतृत्व आगामी फागुन २ गतेसम्म मात्रै कायम रहने भनिएको थियो।

कांग्रेसले सत्ता नेतृत्वको बहस सुरु गरिसकेको भए पनि माओवादी भने सरकारको नेतृत्व छोड्न तयार देखिएको छैन। उसले यसलाई मौखिक सहमती मात्रै भएको भन्दै कुनै सरकारको नेतृत्व फेरबदलको सहमति लिखित रूपमा नभएको दाबी गर्छ। ‘त्यो मौखिक सहमति मात्रै हो,’ माओवादीका एक सांसद तथा मन्त्रीले भने, ‘उक्त मौखिक सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तनको कुरा शोभनीय हुँदैन।’  

अहिलेको सत्ता नेतृत्व छोड्ने पक्षमा नरहेको माओवादीले सत्ता परिवर्तनको प्रयास थालिए सरकारमा विपक्षी समूह हाबी हुने चेतावनी दिएको छ। उसले कांग्रेसबाहेक सरकार समर्थित दल तथा सांसदहरू सत्ता नेतृत्व परिवर्तनको पक्षमा नरहेको भन्दै यसले ठूलो असर पार्ने दाबी गर्छ। ‘कांग्रेसबाहेक सरकार समर्थित अन्य सबै दल तथा सांसद अहिलेकै सरकारलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छन्,’ ती मन्त्रीले भने, ‘अहिले सरकार नेतृत्व फेरबदलको प्रयास थालिए यसको असर ठूलो पर्न जान्छ।’

उनका अनुसार जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद सत्ता परिवर्तनको विपक्षमा छन्। गठबन्धनबीचमा सत्ता नेतृत्वको परिवर्तनका विषयमा निर्णय भए मात्रै नेतृत्व छोड्ने अन्यथा माओवादी सरकारको नेतृत्वबाट पछि हट्ने हुने सम्भावना देखिएको छैन। ‘केन्द्रीय तहमा के सहमति हुन्छ? त्यहीअनुसार अगाडि बढ्ने कुरा हुन्छ,’ उनले भने ‘अन्यथा प्रदेश तहमै दलीय रणनीति बन्छ।’  

कांग्रेसका एक सांसदका अनुसार सत्ता परिवर्तनका विषयमा कांग्रेसभित्र औपचारिक बहस तथा छलफल भइसकेको त छैन, तर संसदीय दलका नेता तथा प्रमुख सचेतकले भने पूर्वसहमतिअनुसार सत्ताको नेतृत्व परिवर्तनको प्रसंग उठाइरहेका छन्।

तर, यी सांसदले अहिले केन्द्रीय तहमा विकसित राजनीतिको परिणाम आए मात्रै यो विषयको बहस थालनी हुनुपर्ने बताए। ‘आधा आधा सरकारको नेतृत्व गर्ने भन्ने सहमति त्यो बेला भएको हो,’ कांग्रेसका ती सांसदले भने, ‘तर अहिले नेपालको राजनीति फरक ढंगको बहसमा छ, यसर्थ केन्द्रीय राजनीतिले दिने निष्कर्षपछि मात्रै प्रदेश सरकार नेतृत्वको बहस थालिनु पर्छ जस्तो मलाई लाग्छ।’

तर कांग्रेसका संसदीय दलका नेता कनौडियाले भने सत्ता नेतृत्व परिवर्तनको विषयमा कुनै समस्या नहुने दाबी गर्छन्। उनले भने, ‘हाम्रो पुरानो भद्र सहमतिअनुसार नै सत्ता नेतृत्व परिवर्तन हुन्छ, यसमा कुनै समस्या आउँदैन, कांग्रेसको नेतृत्वमा सरकार बन्छ।’  

मुख्यमन्त्रीमा जसपाको पनि दाबी रहने

कांग्रेस र माओवादी विच सत्ता नेतृत्वको बहस सुरु हुँदा समाजवादी पार्टीले भने सत्ता नेतृत्व परिवर्तन हुने भए मुख्यमन्त्रीमा आफ्नो पालो दाबी गरेको छ। अन्यथा नेतृत्वलाई नै निरन्तरता दिनु पर्ने उसको निष्कर्ष छ।

कांग्रेस र माओवादी पछि गठबन्धनको तेस्रो ठूलो दलका हिसाबले पनि लुम्बिनी प्रदेश सरकारमा आफ्नो स्वतः दाबी रहने जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए।

‘सत्ताको नेतृत्व परिवर्तनको प्रयास थालियो र नेतृत्व परिवर्तन हुने अवस्था आए मुख्यमन्त्रीमा हाम्रो दाबी स्वतः रहन्छ,’ यादवले भने ‘मैले यो कुरा अन्य राजनीतिक दलहरूसँगको छलफलमै औपचारिक रूपमै भनिसकेको छु।’ तर जसपा अहिले नै सरकार परिवर्तनको पक्षमा भने नरहेको समेत उनको भनाई छ। बरु केही मन्त्रीहरूलाई परिवर्तन गर्न सकिने उनले बताए। ‘अहिलेको सत्ताको नेतृत्व परिवर्तन गरिनुहुन्न भन्ने धारणा हाम्रो हो,’ यादवले भने, ‘बरु केही मन्त्रीहरू फेरबदल गर्न सकिन्छ नि।’
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस