सिथी नखः पर्व- नेतृत्वको मुहान कसले सफा गर्ने ?
०२ असार २०७८
•
३ मिनेट पाठ
सिथी नखः पर्व- नेतृत्वको मुहान कसले सफा गर्ने ?
आज सिथी नखः पर्व। जेष्ठ शुक्ल षष्ठीका दिन पानीको शुद्धताको लागि मुहानको सरसफाइ गरिने दिन हो। संग्लो पानीको लागि  पानीको  मुहान सफाइ गरिँदै गर्दा वर्षाैदेखि धमिलिएको मुलुकको नेतृत्वको  सरसफाइमा भने कसैको ध्यान गएको छैन्।  




गंगोत्रीमै फोहोर भयो भने गंगा कसरी सफा रहन्छ भन्ने भनाइ चर्चित छ। नेतृत्व धमिलो हँुदा तलतिरका कार्यकर्ता मैला हुन्छन् र अनुशासनहीनता सुरु हुन्छ भन्ने कुरा पनि नेताहरुले राम्ररी बुझेका छन्। त्यसैले त तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै ‘नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक’ भएको व्यंग्यसमेत गरेका थिए।  

शासकको आँखाबाट हेर्दा उनले माधव नेपाल धमिलो भएको देखे त्यति बेला। तर जनताको आँखाबाट हेर्दा नेपालमात्र हैन, उनी लगायतका थुप्रै नेतृत्व धमिलो भएको प्रष्ट हुन्छ। दशकौंदेखि पार्टीको नेतृत्वमा एकक्षत्र राज गरेका उनीहरु युवाहरु बुढा हुँदा पनि आफूलाई युवा नेता भन्न छुटाएका छैनन्।  

मुहानको यो धमिलो नेपाली कांग्रेस, एमाले, माओवादी, जनमोर्चा , नेमकिपा, जसपालगायत सबै पार्टीमा रहेको छ। तर नेतृत्वको मुहान सफा गर्ने आँट कसैले गर्न सकेको छैन।  

आजको दिन इनार, कुवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्यकारी हुने संस्कार प्रशंसनीय छ।तर हाम्रो नेतृत्वको सफाइको लागि सबै कहिल्यै एकजुट हुन सकेनन्। उनीहरु सफाइको कुरा त गर्छन् तर गर्दागर्दै समय बितेको पत्तो हुँदैन। कार्यकर्ताको बिचलन सफाइको मुख्य बाधक हुन पुग्यो।  

वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ। सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न। मुहान नचलाएपछि पानी स्थिर हुन्छ।  

यता हाम्रो नेतृत्व कहिल्यै स्थिर हुन पाएन। स्थिर होला होला जस्तो देखिन्छ, फेरि आफ्नै कारण या अरुको कारणले यो धमिलिन्छ।   धमिलो पानीमा माछा मार्ने देशी विदेशी शक्ति हावी हुन्छ।  

पानी सफा गर्दा इनार, पोखरी अनि कुँवामा पसेर नै सफा गरिन्छ। यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदोलगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ। सके त हाम्रो  नेतृत्वले पनि आफ्नै मनभित्र छिरेर त्यहाँ भएर फोहोरहरु सफा गरे हुने नी।  तर त्यसो हुन सकिरहेको छैन्।  

खाली जमिन कम हुँदै गएको सहर यति बेला घरै–घरले भरिँदै गएका छन्। जसका कारण वर्षायाममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुई भएका कारण परेका पानी मुहानले सोस्न सकेको छैन्। त्यस्तै कंक्रिट सोच भएर होकी नेतृत्वहरुले  मुहान सफा गर्नुपर्छ भन्ने आवाज कहिल्यै प्रवेश गरेनन्।  

सिथि नखः का दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवाः खानाहरू खाने चलन छ। आशा गरौ नेतृत्वको मुहान सफा भएपछि भोकमरीमा रहेका जनताले पेटभरी खान पाउने छन्।  

किनकी नेतृत्व धमिलो हुँदा तिनका कार्यकर्तामात्र हैन, मुलुकको पर्यावरण नै धमिलो हुन्छ। यो बुझ्न तत्कालको लागि भर्खरै ढुंगा गिट्टी निकासी गर्ने सरकारी निर्णय हेरै नै काफी छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
३९ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस