सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीद्वारा विश्वासको मत दिन प्रस्ताव
२५ जेष्ठ २०७८
•
१ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीद्वारा विश्वासको मत दिन प्रस्ताव
सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई मत दिन आग्रह गर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।




साेहीक्रममा उनले लोकतान्त्रिक प्रकिया मजबुत बनाउन सबैलाई सन्देश दिन आफूले विश्वासको मत दिन आगह्र गरे। जनताको पक्षमा सरकारले काम गरेको र अब परिणाम देखाउने गरि काम गर्ने उनले बताए।

'यो सरकारले सबै जनताको भावना अनुसार काम गरिरहेको छ, अगाडि पनि गर्ने छ', उनले भने, 'त्यसैले मलाई विश्वासको मत दिनुहुन अनुरोध गर्दछु।'  

यसैगरि एमाले संसदीय दलका प्रनुख सचेत दुर्गा कामिले छलफलमा भाग लिएर बोल्दै विश्वासको पक्षमा मतदान गर्ने बताएकी छन्।

नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ भने ओली पक्षले असहमत जनाएको छ।

यसैगरि नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टले विश्वासको मत नपाउने अवस्था देखिएमा मात्र मत दिने नभए तटस्थ बस्ने निर्णय गरेको छ। विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ।  

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्। एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन्।
अर्को समाचार
सुदूरपश्चिम प्रदेशसभा सदस्यबीच घोचपेच
११ असार २०७८
•
१ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशसभा सदस्यबीच घोचपेच
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुबीच घोचपेच भएको छ।  




बैठकको विशेष समयमा नेकपा (एमाले)का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरुलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा रजौटाहरुको राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन गर्ने, पार्टी निर्णय उलंघन गर्ने र सदनलाई व्यक्तिको बन्धक बनाउने कार्यप्रति जनताले क्षमा नदिने जिकिर गरे।

एक हप्ता पर्खिदासम्म पनि बजेट अधिवेशनमा बोल्न नपाउने अवस्था संसदीय दलबाट सिर्जना गरिएपछि सभामुखसँग गरिएको लिखित आग्रहमा विशेष समयमा बोल्ने अवसर पाइएको भन्दै उनले भने, ‘‘एमाले सांसदलाई बोल्न नदिने चेष्टा गरिएको छ, यो दिन एमाले संसदीय दलको इतिहासमा हामीले विशेष रुपमा हेरेका छौं।’

उनले बोलेपछि सरु भएको बजेटमाथिको छलफलमा एमालेकै प्रदेशसभा सदस्य हर्कबहादुर कुवँरले भट्टको भनाईतर्फ इङ्गित गर्दै एमाले संसदीय दलको निर्णय अनुसार चल्न आग्रह गरे। कुवँरले बोलिरहँदा सभामुख अर्जुनबहादुर थापाले विषयमा केन्द्रित हुन ‘रुलिङ’ गरेका थिए।  

एमाले स्थायी समिति बैठकले नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको सुदूरपश्चिम प्र्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेको थियो  तर प्रदेशसभाको एमाले संसदीय दलले स्थायी समितिको निर्णय विपरीत माओवादी केन्द्रलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो। 

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभा नियमावली बमोजिम सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश टेबुल गरेका थिए। रासस
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस