प्रदेश सरकार अल्पमतमा
२१ जेष्ठ २०७८
•
२ मिनेट पाठ
प्रदेश सरकार अल्पमतमा
एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै प्रदेश सभा सदस्य बोहराले नेकपा एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।  




बजेट अधिवेशनको दोस्रो बैठकको सुरुवातमै बोल्दै बोहराले सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिएर सरकार गठनको बाटो खोल्नु पर्नेमा जोड दिए । एमाले (ओली समूह)का प्रदेश सभा सदस्य बोहराले राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो नरहेको बताए। ‘यो सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ, त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसकेको छ,’ उनले भने, ‘नेकपा एमाले अब प्रतिपक्ष भएको छ। प्रतिपक्ष बेन्चमा बसाइँको व्यवस्थापनका लागि पनि म आग्रह गर्दछु ।’ तर, आजको बैठकमा एमालेलाई सत्तापक्षकै बेन्चमा बसाइएको थियो।

जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा  माओवादी सरकारबाट नबाहिरीने संसदीय दलले निर्णय गरेको थियो। सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ जना प्रदेश सभा सदस्य छन् त्यसमा ओली पक्षका ६ र नेपाल पक्षका १८ जना रहेका छन्।  

यस्तै बजेट अधिवेशनको दोस्रो बैठममा नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेश सरकार जुगाडको  भरमा चलेको आरोप लगाएका थिए। उनले भने, ‘म जनताको शब्द सापट लिएर प्रश्न गर्दैछु। प्रदेश सरकार कमिशनको भरमा चलेको छ।’

सरकार नेतामुखी भएको आरोप लगाउँदै उनले भने, ‘नेताको गुलामी गर्ने मात्रै काम सरकारले गरेको छ । तर, अब आउने बजेट जनमुखी बनाऔँ।’ सरकार कोरोना महामारीमा पूर्ण असफल भएको बताउँदै उनले भने, ‘पहिलो र दोस्रो चरणको कोरोना महामारीमा जनताको ज्यान बचाउन प्रदेश सरकार असफल भयो।’ सरकार जनताको ज्यान जोगाउन भन्दा कमिशनका भरमा योजना वितरण गर्नमै केन्द्रित भएको आरोप उनले लगाए।

सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा उनले जोड दिए।  

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको हो। प्रदेश सभाको पहिलो बैठकले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो। पहिलो बैठक सकिएको १५ मिनेटपछि बसेको दोस्रो बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवको पत्र सभामुख अर्जुन थापाले पढेर सुनाएका थिए।
अर्को समाचार
‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’
२२ जेष्ठ २०७८
•
२ मिनेट पाठ
‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’
बजेट अधिवेशनको दोस्रो बैठकमा सहभागी मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेशसभा सदस्य। तस्बिर : नागरिक
एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्। बजेट अधिवेशनको सुरुवातमै बोल्दै बोहराले सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिएर सरकार गठनको बाटो खोल्नुपर्नेमा जोड दिए। एमाले (ओली समूह) का प्रदेशसभा सदस्य बोहराले राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो नरहेको बताए।




‘यो सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ, त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसकिएको छ,’ उनले भने, ‘एमाले अब प्रतिपक्ष भएको छ। प्रतिपक्ष बेन्चमा बसाइको व्यवस्थापनका लागि पनि म आग्रह गर्दछु।’ तर आजको बैठकमा एमालेलाई सत्तापक्षकै बेन्चमा बसाइएको थियो। जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा माओवादी सरकारबाट नबाहिरिने निर्णय संसदीय दलले गरेको थियो। सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ जना प्रदेशसभा सदस्य छन्। त्यसमा ओली पक्षका ६ र नेपाल पक्षका १८ जना छन्।

यस्तै बजेट अधिवेशनको दोस्रो बैठममा नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेश सरकार जुगाडको भरमा चलेको आरोप लगाएका थिए। ‘म जनताको शब्द सापट लिएर प्रश्न गर्दैछु। प्रदेश सरकार कमिशनको भरमा चलेको छ,’ उनले भने, ‘नेताको गुलामी गर्ने मात्रै काम सरकारले गरेको छ तर अब आउने बजेट जनमुखी बनाऔं।’ सरकार कोरोना महामारीमा पूर्ण असफल भएको बताउँदै उनले भने, ‘पहिलो र दोस्रो चरणको कोरोना महामारीमा जनताको ज्यान बचाउन प्रदेश सरकार असफल भयो।’ सरकार जनताको ज्यान जोगाउनभन्दा कमिसनका भरमा योजना वितरण गर्नमै केन्द्रित भएको आरोप उनले लगाए। सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेमा उनले जोड दिए।

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको हो। प्रदेश सभाको पहिलो बैठकले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो। पहिलो बैठक सकिएको १५ मिनेटपछि बसेको दोस्रो बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवको पत्र सभामुख अर्जुन थापाले पढेर सुनाएका थिए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस