जाग्नुपर्छ ‘उज्ज्वल’ नक्षत्र
१७ जेष्ठ २०७८
•
३ मिनेट पाठ
जाग्नुपर्छ  ‘उज्ज्वल’ नक्षत्र
 कोरोना भाइरस संक्रमण भएका विवेकशील पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल छ । इसीएमओ प्रविधिबाट उपचाररत नेता थापाको अवस्थामा सुधारको लागि ‘दवा’भन्दा पनि ‘दुआ’को आवश्यक्ता बढ्दै गएको छ । पछिल्लो समयमा कोभिड नेगेटिभ देखिएपनि  अवस्था झनै ‘क्रिटिकल’  छ । उनको स्वास्थ्यलाभको लागि  देशविदेशबाट हजारौ प्रार्थनाका स्वर गुन्जदै छन् ।  




सामाजिक संन्जालमा हरेक क्षेत्रका मानिसले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । मुलुकका विभिन्न दलका नेता तथा कार्यकर्तापनि त्यसमा जोडिएका छन् । उनीप्रति  सद्भाव व्यक्त गर्ने वा आर्थिक सहयोग गर्नेहरूमा पार्टीका कार्यकर्ता, शुभेच्छुक वा समर्थक मात्र छैनन्, अपरिचित व्यक्ति र समाजको विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूबाट उल्लेख्य रूपमा अगाडी आएका छन् ।  

समाजका हरेक तप्काले   एउटा ‘सामान्य नेता’को स्वास्थ्यको लागि यति धेरै चासो बिरलै देखाएका होलान् । त्यति मात्र हैन उज्ज्वललाई  सर्वसाधरण  कति चाहन्छ भन्ने कुरा यसले पनि प्रमाणित गर्छकी   आग्रह गरिएको केही दिनमै  आर्थिक सहयोग  बन्द गर्न आव्हान समेत गर्नु पर्यो ।  

किन उनीप्रति सवैको यति धेरै चासो र  स्नेह ?  ‘उहाँ  साचो मान्छे हुुनुहुन्छ’, उज्ज्वलका सहकर्मी रन्जु दर्शनाको छोटो जवाफ थियो, ‘यथार्तवादी चिन्तन र  सरल जीवन दर्शनका कारण उहाले धेरैको मन जित्नु भएको छ।’  प्रचारमुखी हुनु भन्दा पनि  सधै अरुलाई अगाडी बढाउने काम उज्ज्वलले गरेको उनले बताए । ’  नेपाली राजनीतिमा एकले अर्काको खुट्टा तान्ने खेलभन्दा पर उनी आफ्ना सहकर्मीलाई अगाडी बढ्न हौसला दिने अनि प्रेरणा दिने नेता रहेको दर्शनाले सुनाइन् ।  

त्यसबाहेक  उज्ज्वलले राजनीतिमा  बैकल्पिक शक्तिको आवश्यक्ता देखाउँदै युवालाई त्यसतर्फ आकर्षित गर्न  सक्षम रहेको दर्शनाको बुझाई छ । ‘सफलता–असफलता आफ्नो ठाउँमा होला;उनले भनिन्, ‘तर नेपालको राजनीतिमा एउटा बैलल्पिक धार देखाउने उहाँ नै पहिलो व्यक्ति हो ।’ जनताको मनमा आशा जगादिएकाले  उज्ज्वल दाई जनताको मनमा बस्नु भएको  उनले बताइन् ।  

आपसी झगडा र स्वार्थले मुलुकको राजनीति बिग्रदै गएको अवस्थामा जनता लामो समयदेखि निराश छन्  ।  यस्तोमा  नेपाल कहिल्यै बन्द छैन भनेर निस्किएका  उज्ज्वलले  युवामा मुलुकप्रतिको जिम्मेबारीको चेतना खुलाएका हुन् । युवालाई अहिंसात्मक बाटोबाट राजनीतिमा हस्तक्षेप गर्ने सकिन्छ भन्ने सन्देश दिए । राजनीतिको फोहोर यसभित्र पसेरै सफा गर्न सकिन्छ भन्ने सन्देश दिन सफल छन् ।   सर्वसाधरणपनि    यस्तै पात्रको खोजीमा थिए ।  जुन पात्रले आफ्नोभन्दा पनि जनताको हितमा काम गरोस् ।  परिवारको स्वार्थभन्दा मुलुकको समृद्धीमा ध्यान दिओस । त्यसको झलक धेरैले उज्ज्वलमा देख्दै छन् ।  

करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आएका उज्ज्वलले विगतमा चुनावी  सफलता खासै पाउन सकेनन् । तर  सर्वसाधरणले उनलाई माया कति धेरै  गर्छन भन्ने अहिले   छर्लगं भएको छ ।  उनलाई कोरोना संक्रमण भयो भन्ने खबरले सामाजिक सञ्जालहरूमा सुस्वास्थ्य कामनाका सन्देशको बाढीले यसको पुष्टी हुन्छ ।  

समाग्रमा उनी राजनीतिको कालो आकाशमा  ‘उज्ज्वल’ नक्षत्र हुन् ।  निराशाको आँधीमा आशाका दियो हुन्् । यो दियो बलिरहनु पर्छ ।  त्यसलेैपनि ‘उज्ज्वल’ जाग्नु पर्छ ।  
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२२ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस