कोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह
२८ वैशाख २०७८
•
२ मिनेट पाठ
कोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह
प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ध्यानाकर्षण पत्र बुझाईदै । तस्बिर : अर्जुन/नागरिक
नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो ।




अक्सिजनले धान्न नसकेको भन्दै अस्पतालले बिरामीलाई भर्ना समेत नलिएको भन्ने समाचारहरु सुन्नमा आएको भन्दै कसैलाई पनि स्वास्थ्य उपचारबाट बञ्चित नगर्न र सबै नागरिकका लागि उपचारको सम्पुर्ण प्रबन्ध मिलाउनुपर्ने कांगे्रसको माग छ ।

अस्पतालमा कतिपय कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार सेवा पाउन नसकेको, भर्ना हुनका लागि घण्टौं समयसम्म प्रतिक्षा गर्नु परिरहेको, बिरामी भर्नामै पक्षपात हुने गरेको, पहुँच नपुगेका र अस्पतालमा समयमै भर्ना हुन नपाएका बिरामीले ज्यानै गुमाउनु परिरहेको जनगुनासो ब्यापक रुपमा आइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

कोरोना महामारीको निहुँमा नेपालगन्जका अस्पतालमा नन–कोभिड बिरामीले समेत उपचार नपाईरहेको गुनासो आइरहेको अवस्थामा सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । अस्पतालमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालिन ब्यवस्थापन गर्न तथा रेम्डिसिबिर औषधि, सेनिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी नियन्त्रण गर्न कांग्रेसले आग्रह पनि गरेको छ ।  

कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार ब्यवस्था मिलाउनुका साथै पिसिआर परीक्षणको कामलाई सहज र छिटो, छरितो बनाउन तथा स्थानीय तह(पालिकास्तर)सम्म स्वाब संकलनको ब्यवस्था चाडो मिलाउन र अक्सिजन, औषधि र दक्षजनशक्तिसहितको आइसोलेसन स्थापना गर्ने कार्यलाई जोड दिनुपर्ने जनाइएको छ ।  

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड–१९) को महामारीले बाँकेमा भयावह स्थिती उत्पन्न भइरहेको अवस्थामा दिनहुँ बढिरहेको कोरोना संक्रमण र मृत्युले पार्टीलाई स्तब्ध बनाएको कांग्रेसले उल्लेख गरेको छ । ध्यानाकर्षण पत्र बुझाउँदै जिल्ला सभापति किरण कोइरालाले कोरोना संक्रमितको उपचार, पिसिआर परीक्षणको दायरालाई बढाउन सुझाव दिईन् । कोरोना संक्रमितको उपचारका लागि आवश्यकता परेमा कांग्रेस बाँकेले नेपालगन्जस्थित आफ्नो पार्टी कार्यालयलाई आईसालेसन सेन्टर बनाउन दिने उनले सुनाइन् ।  

‘कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै हामीले बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न यसअघि नै माग गरिसकेका छौं, आफ्नो पार्टी कार्यालयलाई पनि आईसोलेसन सेन्टरको प्रयोग गर्न दिने निर्णय पनि गरेका छौं,’ कोइरालाले भनिन् । सो क्रममा जिल्ला सचिव तप्त पौडेल, क्षेत्रीय सभापति रमेश गुप्ता, महासमिति सदस्य मेघराज ओली र जिल्ला कार्यसमिति सदस्य सुधान्सु कोइरालाले पनि प्रमुख जिल्ला अधिकारी गेलाललाई कोरोना संक्रमण नियन्त्रणबारे सुझाव दिए ।
अर्को समाचार
भारतमा ९ हजार ६२ कोरोना संक्रमित थपिए
०१ भदौ २०७९
•
१ मिनेट पाठ
भारतमा ९ हजार ६२ कोरोना संक्रमित थपिए
भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस संक्रमित थपिएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा ४ करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस संक्रमित भइसकेका छन्।




भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ संक्रमित थपिएका थिए। दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या  एक लाख पाँच हजार ५८ जना रहेका छन्।

गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट भारतमा ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म भारतमा ५ लाख २७ हजार १ सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ।  

त्यस्तै भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल ४ करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन्। 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस