मुख्यमन्त्री पोख्रेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि हतारमा संसद अधिवेशन अन्त्यको निर्णय
२३ चैत्र २०७७
•
३ मिनेट पाठ
मुख्यमन्त्री पोख्रेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि हतारमा संसद अधिवेशन अन्त्यको निर्णय
मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि लुम्बिनी प्रदेशमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।  




सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने  छ । भोली दिउँसो भने सदन चल्ने छ । सोमबार पनि प्रदेशसभाको बैठक बसेको थियो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले  बिजनेशन नभएका कारणले प्रदेशसभाको अधिवेशन अन्त्य गर्नु गरेको बताए । ‘बजेट अधिवशेनको तयारीमा जुटनु पर्ने छ । यो अधिवेशनकालागि सरकारसंग बिजनेश पनि भएन’मन्त्री चौधरीले भने । सरकारका  प्रवक्ता चौधरीले त्यसो भनेपनि मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा तीन दल जुटेपछि सरकारले हतारमा अधिवेशन अन्त्यको निर्णय गरेको हो ।  

मुख्यमन्त्री पोख्रेल बिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले हस्ताक्षर सुरु गरेका हुन । नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरेपनि जसपामा भने आन्तरिक विवाद देखिएको श्रोतको दावी छ । प्रदेश सभामा जसपाका ६ जना सांसद छन । ती मध्ये तीन जनाले हस्ताक्षर गरेपनि तीन जना सोमबार सम्म राजी नभएको बताइएको छ । तर तीनलाइ पनि मनाउने प्रयास भइरहेको जसपाकै एक जना नेताले बताए । जसपाको केन्द्रको विवादको असर प्रदेशमा देखिएको हो ।  

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । मुख्यमन्त्री   पोखरेललाइ सरकार जोगाउन ४४ मत  चाहिन्छ । एमालेकै दुई प्रदेश सभा सदस्य माधव नेपाल समुहमा छन् । माओवादीका दुई जना सांसदले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । दल परिर्वतन गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले कारवाही गर्दै प्रदेश सभामा जानकारी दर्ता गरिसकेको छ । मंगलबार हुने प्रदेश सभा बैठकको कार्यसूचिमा त्यसलाइ समावेस गरीएको बताइएको छ ।  

एमाले प्रवेश गरेका सांसदलाइ कारवाहीको सिफारिस गरेसंगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको हो । सोमबारको बैठकले कर सम्वन्धी निर्णय पनि पारित गरेको छ । चैत १८ गते देखि सुरु भएको चालु अधिवेशनमा सोमबार सम्म जम्मा ४ वटा बैठक बस्यो ।  

धरापमा परेका मुख्यमन्त्री भन्छन ः प्रतिपक्षले मिलौं भन्छ भने तयार छु

सरकार धरापमा परेपछि मुख्यमन्त्री पोख्रेलले सदनबाटै सरकारको बचाउ गरे । सिमित सत्ता स्वार्थबाट हुने हलचलबाट प्रदेश सरकार प्रभावित नहुने दावी गरे । संसद बैठकमा उनले माओवादी केन्द्र तर्फ संकेत गर्दै प्रदेश सरकारको ट्रयाक खलबल्याउने प्रयास माथि बाटै भएको बताए ।  

केन्द्रिय राजनीतिलाइ गलत बाटोमा लैजाने प्रयासलाइ रोक्न आफुले भुमिका खेलेकाले प्रदेश सरकारलाइ तारो बनाइएको बताए । प्रदेश सरकारकालाइ अस्थिर बनाउने कोशिस किमार्थ सफल हुन नदिने पनि दावी गरे । मुख्यमन्त्री पोखरेलले प्रतिपक्षलाइ मिलेर काम गर्न आब्हान पनि गरे । ‘संघियता कार्यान्वयनकालागि प्रतिपक्षले मिलेर काम गरौं भने पनि तयार छु । अहिलेको मुख्यमन्त्री भन्दा बृहत्तर विकल्प दिन सक्छौं भनेर खुलस्त हुने हो भने पनि तयारै छौं’ मुख्यमन्त्री पोख्रेलले भने । माओवादी तर्फ संकेत गर्दै उनले भने ‘सत्तामा बसेर सत्तालाइ नै कमजोर बनाउनु नसुहाउने खेल हो’ । लुकेर विकल्प खोज्नु भन्दा सत्तामा नबस्नेहरुकालागि छलफल गर्न सकिने उनले बताए ।
अर्को समाचार
मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि हतारमा संसद अधिवेशन अन्त्यको निर्णय
२३ चैत्र २०७७
•
३ मिनेट पाठ
मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि हतारमा संसद अधिवेशन अन्त्यको निर्णय
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि लुम्बिनी प्रदेशमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।




सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने  छ । भोली दिउँसो भने सदन चल्ने छ । सोमबार पनि प्रदेशसभाको बैठक बसेको थियो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बिजनेशन नभएका कारणले प्रदेशसभाको अधिवेशन अन्त्य गर्नु गरेको बताए । ‘बजेट अधिवशेनको तयारीमा जुटनु पर्ने छ । यो अधिवेशनकालागि सरकारसंग बिजनेश पनि भएन’मन्त्री चौधरीले भने । सरकारका  प्रवक्ता चौधरीले त्यसो भनेपनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा तीन दल जुटेपछि सरकारले हतारमा अधिवेशन अन्त्यको निर्णय गरेको हो ।

मुख्यमन्त्री पोख्रेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले हस्ताक्षर सुरु गरेका हुन्। नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरेपनि जसपामा भने आन्तरिक विवाद देखिएको श्रोतको दावी छ । प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ती मध्ये तीन जनाले हस्ताक्षर गरेपनि तीन जना सोमबारसम्म राजी नभएको बताइएको छ । तर तीनलाइ पनि मनाउने प्रयास भइरहेको जसपाकै एक जना नेताले बताए । जसपाको केन्द्रको विवादको असर प्रदेशमा देखिएको हो ।  

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४४ मत चाहिन्छ । एमालेकै दुई प्रदेश सभा सदस्य माधव नेपाल समूहमा छन् । माओवादीका दुई जना सांसदले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । दल परिर्वतन गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले कारवाही गर्दै प्रदेश सभामा जानकारी दर्ता गरिसकेको छ । मंगलबार हुने प्रदेश सभा बैठकको कार्यसूचिमा त्यसलाई समावेश गरीएको बताइएको छ ।  

एमाले प्रवेश गरेका सांसदलाई कारवाहीको सिफारिस गरेसंगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको हो । सोमबारको बैठकले कर सम्वन्धी निर्णय पनि पारित गरेको छ । चैत १८ गते देखि सुरु भएको चालु अधिवेशनमा सोमबारसम्म जम्मा ४ वटा बैठक बस्यो ।  

धरापमा परेका मुख्यमन्त्री भन्छन् : प्रतिपक्षले मिलेर गरौं भन्छ भने तयार छु

सरकार धरापमा परेपछि मुख्यमन्त्री पोख्रेलले सदनबाटै सरकारको बचाउ गरे । सिमित सत्ता स्वार्थबाट हुने हलचलबाट प्रदेश सरकार प्रभावित नहुने दावी गरे । संसद बैठकमा उनले माओवादी केन्द्र तर्फ संकेत गर्दै प्रदेश सरकारको ट्रयाक खलबल्याउने प्रयासमाथि बाटै भएको बताए ।  

केन्द्रीय राजनीतिलाई गलत बाटोमा लैजाने प्रयासलाई रोक्न आफुले भूमिका खेलेकाले प्रदेश सरकारलाइ तारो बनाइएको बताए । प्रदेश सरकारकालाई अस्थिर बनाउने कोशिस किमार्थ सफल हुन नदिने पनि दावी गरे । मुख्यमन्त्री पोखरेलले प्रतिपक्षलाइ मिलेर काम गर्न आब्हान पनि गरे । ‘संघियता कार्यान्वयनका लागि प्रतिपक्षले मिलेर काम गरौं भने पनि तयार छु । अहिलेको मुख्यमन्त्री भन्दा बृहत्तर विकल्प दिन सक्छौं भनेर खुलस्त हुने हो भने पनि तयारै छौं’ मुख्यमन्त्री पोख्रेलले भने । माओवादी तर्फ संकेत गर्दै उनले भने ‘सत्तामा बसेर सत्तालाई नै कमजोर बनाउनु नसुहाउने खेल हो’ । लुकेर विकल्प खोज्नु भन्दा सत्तामा नबस्नेहरुका लागि छलफल गर्न सकिने उनले बताए ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस