लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि बाटो खुल्यो
१३ चैत्र २०७७
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि बाटो खुल्यो
तस्बिर : लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ ।
संघीय सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा रहेको राप्ती प्राविधिक शिक्षालयको सम्पत्ति उपयोग गर्न प्रदेश सरकारलाई स्वीकृति दिएको छ । गत १ गते बसेको मन्त्री परिषद बैठकले प्राविधिक शिक्षालयको कम्पाउण्ड भित्र रहेको १७ बिघा जग्गा तथा भौतिक संरचना प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।




संघीय सरकारको यो निर्णय संगै स्थायी राजधानीमा प्रदेशसभा स्थापनाका लागि बाटो खुलेको छ । लुम्बिनी प्रदेश सरकारले संघीय सरकार मातहतमा रहेको प्राविधिक शिक्षालयको भौतिक संरचना तथा जग्गा उपयोगका लागि अनुमती दिन संघीय सरकार समक्ष माग गरेको थियो । प्रदेश सरकारले प्रदेशसभा सञ्चालनका लागि शिक्षालयको सम्पत्ति उपभोगको माग गरेको थियो ।  

प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचनाको उपभोयग अनुमती प्राप्त भएपछि स्थायी राजधानी कार्यान्वयनको प्रकृया अब अगाडी बढ्ने भएको छ । प्रदेश सरकारले प्राविधिक शिक्षालयको भवनमै प्रदेशसभा सञ्चालन गर्न सकिने बताउँदै आएको थियो । तर प्रदेश पूर्वाधार बिकास प्राधिकरणले नयाँ भवनका लागि टेण्डर आह्वान गरिसकेकाले नयाँ भवनमै प्रदेश सभा सञ्चालन गर्ने निर्णयमा प्रदेश सरकार पुगेको छ ।

‘संघीय सरकारले राप्ती प्राधिकरणको सम्पत्ति उपयोगको अधिकार लुम्बिनी प्रदेश सरकारलाई दिएको छ,’ प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने ‘सुरुमा प्राविधिक शिक्षालयकै भवनमा प्रदेशसभा सञ्चालन गर्ने भनिएपनि प्रदेशसभाका लागि नयाँ भवन निर्माणको काम अगाडी बढिसकेकाले नयाँ भवनमै प्रदेशसभा सञ्चालन गर्ने सरकारको तयारी छ ।’

अगामी असार सम्म निर्माण सक्ने गरि प्रदेशसभा भवन निर्माणको ठेक्का भैसकेको प्रदेश सांसद चौधरीले बताए । भवन निर्माण भएपछि प्रदेशसभा सचिवालयले प्रदेशसभा सञ्चालनका लागि आफ्नो ‘डेकोरेशन’ गर्ने छ । ‘यो डेकोरेशनका लागि एक महिना समय थप लाग्छ,’ चौधरीले भने ‘समग्रमा भदौ देखि प्रदेशसभा स्थायी राजधानीमै सञ्चालन हुने देखिन्छ ।’ 

संघीय सरकारले राप्ती प्राविधिक शिक्षालयको जग्गा उपभोग गर्न दिएको निर्णयले ठेक्का भैसकेको प्रदेशसभा भवन निर्माणका लागि बैधानिक बाटो खुलेको छ । प्राधिकरणले राप्ती प्राविधिक शिक्षालयको जग्गामै भवन निर्माणका लागि ठेक्का दिएको छ । ‘शिक्षालयको जग्गा उपभोगको अधिकार प्रदेश सरकारले पाएपछि अब प्रदेशसभा भवन निर्माणका लागि बैधानिक बाटो खुलेको छ,’ प्रदेशसभा सदस्य चौधरीले भने ‘प्रदेशसभाको भवन प्राविधिक शिक्षालयकै जग्गामा निर्माण गर्ने गरि ठेक्का भएको थियो, अब जग्गा उपभोगको अधिकार प्रदेशले पाएपछि उक्त भवन निर्माणका लागि बैधानिक बाटो पनि खुल्ला भएको छ ।’  

प्राविधिक शिक्षालयको भवन तथा जग्गा प्रदेश सरकारलाई उपभोग गर्न दिने भएपछि प्राविधिक शिक्षालयलाई भने गढवा गाउँपालिकामा रहेको सरस्वती माविमा स्थानान्तरण गरिने भएको छ । प्रदेश सरकार मनत्री परिषद बैठकले केहि समय अघि उक्त बिद्यालयमा शिक्षालय स्थानान्तरण गर्ने निर्णय गरेको थियो । 

विद्यालयको अहिले भैरहेका भौतिक संरचना शिक्षालयले उपभोग गर्ने र आवश्यक थप भवन निर्माणका लागि गढवा गाउँपालिकाले बजेट विनियोजन समेत गरिसकेको छ । ‘शिक्षालय सञ्चालनका लागि आवश्यक थप भौतिक संरचना निर्माणका लागि गढवा गाउँपालिकाले अढाई करोड रुपैयाँ बजेट बिनियोजन समेत गरिसकेको छ,’ प्रदेशसभा सदस्य चौधरीले भने ‘भवन निर्माणका लागि ठेक्का समेत भैसकेको छ भने असार मसान्त सम्म भवन निर्माण गरिसक्नु पर्ने सम्झौता भैसकेको छ ।’
अर्को समाचार
स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल
२९ माघ २०७७
•
३ मिनेट पाठ
स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल
स्थायी राजधानीको डिपिआर सुरु गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा सञ्चालनका लागि आवश्यक पहल थालेको छ। केही दिनअघि मात्रै प्रदेश सरकारले स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरेर स्थायी राजधानीको मोडल तयार पार्न डिपिआरको काम सुरु गरिसकेको छ। यसअघि अस्थायी मुकाम बुटवलमा रहेको यो कार्यालय स्थायी राधजानीमा स्थानान्तरण गरिएको हो।  




स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रक्रिया सुरु गरिसकेको छ। यो प्राविधिक शिक्षालयलाई खाली गरेर यसको स्वामित्व आफूमा निहित राख्नका लागि प्रकृया अगाडि बढाइसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए। उनका अनुसार यो प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकामा रहेको सरस्वती माविमा स्थानान्तरण गर्नेगरी प्रक्रिया अगाडि बढाइएको हो। प्रदेश सरकारले यसका लागि संघीय सरकारसमक्ष माग गरिसकेको छ।  

प्रवक्ता चौधरीले भने, ‘संघीय सरकारले अनुमति दिए प्राविधिक शिक्षालयको स्वामित्व प्रदेश सरकारमा आउनेछ।’ उनका अनुसार राप्ती प्राविधिक शिक्षालयको भौतिक सम्पत्तिको स्वामित्वका लागि संघीय सरकारको अनुमति चाहिन्छ। ‘यो संघीय सरकारअन्तर्गतको निकाय भएकाले यसको स्वामित्व प्रदेशमा स्थानान्तरण गर्नका लागि संघीय सरकारको निर्णय चाहिन्छ,’ उनले भने ‘संघीय सरकारले निर्णय गर्नासाथ यसको प्रक्रिया थप अगाडी बढ्नेछ।’ प्रदेश सरकारका अनुसार प्राविधिक शिक्षालयको स्थानान्तरणका लागि स्थायी राजधानी रहेको राप्ती गाउँपालिका र प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने भनिएको छ।  

स्थानान्तरण गर्ने भनिएको विद्यालयमा रहेको भौतिक पूर्वाधार प्राविधिक शिक्षालय सञ्चालनका लागि अपुग हुन सक्छ। फलतः थप भौतिक संरचना निर्माणका लागि प्रदेश सरकार र स्थानीय सरकारले बजेटको व्यवस्थापन गर्नेछन्। यसैगरी विद्यार्थीहरूलाई स्थानान्तरण हुने भनिएको राप्तीपारिको विद्यालय सम्म पुर्‍याउनका लागि बस सञ्चालन गर्नुपर्ने हुन्छ। यो व्यवस्थापन पनि यी दुई सरकारको पहलमै गरिने प्रदेश सरकारका प्रवक्ता चौधरीले बताए। ‘स्थानान्तरण गर्ने भनिएको सरस्वती माविमा प्राविधिक शिक्षालय सञ्चालनका लागि भौतिक पूर्वाधारहरू सबै पुग्नसक्ने अवस्था देखिन्न, थप भौतिक संरचना निर्माण गर्दा लाग्ने लागत प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापन गर्ने भनिएको छ,’ उनले भने, ‘यसैगरी विद्यार्थीहरूको ओसार पसारका लागि बस सञ्चालनको व्यवस्थापन पनि प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा गर्नेछन्।’

यसअघि प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन आफ्नो स्वामित्वमा लिएर प्रदेशसभा सञ्चालन गर्ने चर्चा चलेको थियो। ३५ बढी भौतिक संरचना रहेको प्राविधिक शिक्षालयको सभाहल प्रदेशसभा सञ्चालनका लागि पर्याप्त हुने यसअघि सरकार तथा प्रदेशसभाका प्रतिनिधिले गरेको अध्ययनले बताईसकेको छ। ‘केही दिनअघि पनि राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गर्ने विषयमा छलफल हुँदा प्राविधिक शिक्षालयलाई गढवाको सरस्वती माविमा स्थानान्तरण गर्ने भन्ने कुरा भएको हो,’ स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने, ‘राप्ती प्राविधिक शिक्षालयको भवन खाली गर्ने सरकारको प्रयास सम्भवतः प्रदेशसभा सञ्चालनका लागि हुनसक्छ।’ तर प्रदेश सरकारका प्रवक्ता चौधरीले भने यो भवन खाली गरेर प्रदेशसभा तत्काल स्थायी राजधानीमा सञ्चालन हुने सम्भावना नरहेको बताउँछन्। उनका अनुसार प्रदेशसभा सञ्चालनका लागि मन्त्रालयहरू स्थानान्तरण हुनैपर्छ।

‘मन्त्रालयहरू यहाँ स्थानान्तरण नभएर प्रदेशसभा सञ्चालन हुने भन्ने कुरा हुँदैन,’ उनले भने ‘राप्ती प्राविधिक शिक्षालयको भवन खाली हुँदैमा प्रदेशसभा सञ्चालन हुने भन्ने कुरा हुँदैन।’ तत्काल मन्त्रालयहरू स्थायी राजधानीमा स्थानान्तरण हुने सम्भावना पनि नरहेको उनले बताए। ‘तत्काल मन्त्रालयहरू सर्ने कुरा हुँदैन,’उनले भने ‘प्रदेशसभा सञ्चालनका लागि अँझै धेरै समय लाग्छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस