महन्थ बन्लान् प्रधानमन्त्री
२९ फागुन २०७७
•
६ मिनेट पाठ
महन्थ बन्लान् प्रधानमन्त्री
नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।




पार्टीभित्रको विवादले अर्को रुप नलिएसम्म एमाले नेतृत्वको वर्तमान सरकारलाई टिकाइराख्न जनता समाजवादीको समर्थन भए पुग्छ । तर जनता समाजवादी पार्टीभित्रै केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा मतभेद छ । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको सरकारप्रति नरम देखिए पनि उपेन्द्र यादव र बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । सत्तारुढ एमालेभित्रको माधवकुमार नेपाल, झलनाथ खनालसहितको असन्तुष्ट समूह मात्र होइन, सत्तासाझेदार माओवादी केन्द्र पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।  

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारले मुलुकको शासन सञ्चालन गर्ने नैतिक आधार गुमाएको भन्दै एक वर्षअघि नै विकल्प खोज्नुपर्ने निर्णय गरेको थियो । तर एमाले र माओवादी केन्द्रबीचको एकीकरणले झन्डै दुई तिहाइ बहुमत नजिक रहेका ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्ने हैसियत पनि कांग्रेसको थिएन । अहिले दुई दल विभाजनसँगै विकास भएको नयाँ घटनाक्रममा कांग्रेस फेरि एकपटक सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ । तर अहिले नयाँ सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा छ ।  

आफू नेतृत्वको सरकारले निरन्तरता नपाउने अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले महन्थलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने एमाले वृत्तको विश्लेषण छ । जसपाकै नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको अवस्थामा पार्टीका अन्य नेतालाई कांग्रेस वा माओवादी नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्न नैतिक संकट पर्नेछ । माओवादी नेतृत्वमा अहिले नयाँ सरकार गठनको सम्भावना निकै कम छ । ओलीको विकल्पमा माओवादी केन्द्रले कांग्रेस वा जसपामध्ये कुनै एकको नेतृत्व स्वीकार गरेर अघि बढ्ने नेताहरूको बुझाइ छ ।  

त्यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर मुख्य दाबेदार हुन् । पार्टीको १४औं महाधिवेशन संघारमै आइपुगेकाले देउवा मुलुकको कार्यकारी प्रमुख हुँदा त्यसको असर महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा पनि पर्ने कांग्रेस नेताहरूको बुझाइ छ । प्रधानमन्त्रीसहित पार्टी सभापतिका लागि देउवा अघि बढ्दा उनलाई रोक्न सहज नहुने संस्थापन इतर पक्षको बुझाइ छ । त्यस्तो अवस्थामा देउवालाई प्रधानमन्त्रीमा रोक्न मधेसबाट लामो समयदेखि राजनीति गर्दै आएका पार्टीकै पूर्वनेता ठाकुरलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न कांग्रेसलाई धेरै कठिन नहुने नेताहरूको बुझाइ छ । ‘कांग्रेसकै पहलमा मधेसी मूलको नेतालाई प्रधानमन्त्री बनाउने यो एउटा अवसर पनि हो,’ कांग्रेसका एक नेताले भने, ‘महन्थजी हाम्रो पार्टीको पुरानो नेता र असल मित्र पनि हुनुहुन्छ ।’

शुक्रबार साँझ नै सभापति देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस र जसपाका नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादवसहितका नेताले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेससहितका दलहरू सँगै लडेको बताउँदै आगामी दिनमा पनि मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए ।  

उनीहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतमा नयाँ सरकार गठनसहित मुलुकमा देखापरेका समस्या समाधानका लागि अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेका छन् । ओली अहिले पनि सत्ता कब्जाको बाटोमा रहेको भन्दै जसपाका नेताहरूले नयाँ सत्ता समीकरणको नेतृत्व लिन कांग्रेसलाई आग्रह गरेका हुन् । तर त्यसमा नेता राजेन्द्र महतोले असन्तुष्टिसहित व्यंग्य गरेको सहभागी एक नेताले जानकारी दिए । ‘मधेसवादी दल (हामी) समर्थन गर्न जन्मेका हौं, सरकार बनाउने तपाईंहरूले नै, कांग्रेस अघि बढोस्,’ महतोलाई उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने, ‘उहाँको समर्थनजस्तो पनि असन्तुष्टिजस्तो पनि, दुवै थियो ।’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा छलफल नभएको बताएका छन् । कांग्रेससँगको छलफलपछि ठाकुरले पत्रकारसँग भने, ‘तपाईंहरूको मुखबाट सुनेको छु, मलाई त यस्तो कुरा कसैले राखेको छैन । यस्तो राम्रो खबर, त्यसका लागि तपाईहरूलाई धन्यवाद छ ।’

जनता समाजवादी पार्टीका अन्य नेताले भने आफ्नो दलले अरुलाई मात्र सहयोग गर्छ भन्ने धारणा गलत भएको जनाउँदै सरकारको नेतृत्वका लागि अग्रसरता लिने बताउँदै आएका छन् । ‘नेपालमा सोच नै के भयो भने हामी खाली अरुको समर्थन गर्न मात्रै हो । कसलाई समर्थन गर्दै हुनुहुन्छ भन्ने प्रश्न उठाइन्छ’, बैठकपछि नेता राजकिशोर यादवले भने, ‘यसलाई हामीले चिर्ने र ऐतिहासिक कार्यभारको नेतृत्व जसपाले लिन तयार हुनुपर्छ ।’

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग बिहीबार भेटेको जानकारी कांग्रेस नेताहरूलाई गराउँदै ठाकुरले रेशम चौधरीसहित थुनामा रहेका नेताहरूको रिहा, संविधान संशोधनसहितका विषयमा कांग्रेसको सहयोग र समर्थन आफूहरूले चाहेको धारणा राखेका थिए । उनले माओवादी केन्द्रसँग पनि शनिबार छलफल गर्ने जानकारी गराएका थिए ।  

जवाफमा कांग्रेस सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा आफ्नो दलले पार्टीभित्र थप छलफल गरेर आवश्यक निर्णय लिने आश्वासन दिँदै सहभागी सबैलाई धन्यवाद दिएका थिए । छिट्टै फेरि छलफलमा जुट्ने सहमति भएको कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।  

मुलुकमा उत्पन्न जटिल परिस्थितिको निकाय कसरी दिन सकिन्छ भन्ने विषयमा पार्टीभित्र र जनता सामाजवादी पार्टीका नेताहरूसँग छलफल भएको जानकारी दिँदै सिंहले ओली नेतृत्वको वर्तमान सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध एक भएका शक्तिहरू मिलेर अघि बढ्ने समझदारी भएको जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग बिहीबार भेट गरेका जसपाका नेताहरूले जेलमा रहेका सांसद रेसम चौधरीसहित थुनामा रहेका नेता तथा कार्यकर्ता रिहा गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्नेसहितका विषय अघि सारेको कांग्रेस नेताहरूलाई जानकारी गराएका थिए । कांग्रेससँगको भेटमा पनि सोही कुरा जसपाका नेताहरूले अघि सारेका छन् ।

त्यसअघि बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकमा सभापति देउवालाई प्रधानमन्त्री बन्न अग्रसरता लिन आग्रह गरिएको थियो । नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्णबहादुर खड्का उपस्थित नरहेको बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता मीनेन्द्र रिजालले पौडेलसहित सबैको समर्थन रहेको भन्दै कांग्रेस नेतृत्वमा सरकार गठनको अग्रसरता लिन आग्रह गरेका थिए ।  

त्यसअघि बसेको संस्थापन इतरको भेलाले सभापतिकै नेतृत्वमा सरकार गठनका लागि पहल लिन देउवालाई आग्रह गर्ने निष्कर्ष निकालेको थियो । ‘कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु हो,’ कांग्रेस महामन्त्री शशांक कोइरालाले शुक्रबार नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिको कार्यक्रममा भने, ‘नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ ।
अर्को समाचार
कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै
१२ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, माओवादीबाट परियार विनाविभागीय मन्त्री बन्दै
दुई साताअघि कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। उनले माओवादी केन्द्र र आफ्नो दल अर्थात् नेकपा एमालेबाट एक–एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्।




मन्त्रालय भागबण्डा नमिल्दा दुई सातासम्म मन्त्रिपरिषद् गठन नगर्न नसकेका कँडेलले माआवादी केन्द्रबाट रणसिंह परियार र एमालेबाट एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्। तर, एमालेबाट सरकारमा को जाने भन्ने नाम टुंगो लागिसकेको छैन।

माओवादी संसदीय दलको बुधवार बसेको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको थियो। ‘अहिलेलाई उहाँ (रणसिंह परियार)लाई विना विभागीय मन्त्रीका रुपमा पठाउने निर्णय भएको छ,’ सांसद कृष्ण जिसीले भने, ‘बाँकीको नाम टुंगो लागेपछि एकै पटक मन्त्रालयको जिम्मेवारी दिइनेछ।’ परियार माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हुन् । उनी हुम्लाबाट निर्वाचित प्रदेश सांसद हुन्।

मंगलबार भएको दुई दलका शीर्ष नेताबीच मन्त्रालयको भागबण्डाको टुंगो लागेको थियो। आठ सदस्यीय मन्त्रिपरिषद्मा माओवादी केन्द्रले महत्वपूर्ण चार मन्त्रालय पाउने टुंगो लागेको छ। माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उर्जा जलस्रोत विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति दुई दलबीच भएको छ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउनेछ। चैत २९ गते कँडेल मुख्यमन्त्री नियुक्त भएपनि मन्त्री नियुक्त गर्न नसक्दा अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस