संसद पुनर्स्थापनाको खुसीयालीमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा दीप प्रज्वलन गरिएको छ। सर्वोच्च अदालतले विघटित संविधानसभा पुनर्स्थापना गर्ने फैसला गरेको खुसीयालीमा नेकपा (दाहाल–नेपाल) जन्तेढुंगा गाउँ पालिका कमिटिले बिहिबार साँझ दीप प्रज्वलन गरेको हो। नेकपा (दाहाल–नेपाल) जन्तेढुंगा गाउँ पालिका कमिटिले चिसापानीबजारमा रहेको पार्टी कार्यालय अगाडि नेपालको नक्सा बनाएर २७५ वटा क्यान्डिल बालेका छन्। २७५ जना संविधानसभा सदस्यको प्रतिकका रुपमा त्यत्ती नै संख्याको क्यान्डिल बालिएको नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँ पालिकाका सह–ईन्चार्ज बिरबल किरातीले बताए।
अगुवा कार्यकर्ता भेला तथा चियापान कार्यक्रमपछि नेकपा (दाहाल–नेपाल) समूहले साँझमा दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलनपछि भएको कोणसभामा नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटी सदस्य एबं जन्तेढुंगा गाउँ पालिकाका सह–ईन्चार्ज किरातीले संसद पुनर्स्थापनाले न्यायलयप्रतिको भरोसा बढाएको बताएका छन्। दिउँसो भएको अगुवा कार्यकर्ता भेलालाई भने नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटी सदस्य कुमार राईले सम्बोधन गरेका थिए। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते विघटन गरेको संसदलाई सर्वोच्चले फागुन ११ गते पुनर्स्थापना गर्नुपर्ने फैसला गरेको थियो।