‘संसद् मात्र होइन, संविधान नै भत्काइयो’
१७ माघ २०७७
•
३ मिनेट पाठ
‘संसद् मात्र होइन, संविधान नै भत्काइयो’
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संसद् मात्र नभएर संविधान नै भत्काएको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं–६ ले शुक्रबार शान्तिवाटिकामा आयोजना गरेको विरोधसभामा उनले संविधान र लोकतन्त्र नै समाप्त पार्ने खेल भइरहेको दाबी गरे।




संविधानसभाबाट जारी भएको अहिलेको संविधानले सबै आन्दोलनका उपलब्धिलाई संस्थागत गरेको धारणा राख्दै सिटौलाले भने, ‘पार्टीले चुनाव जित्छ कि हार्छ होइन, मुलुकको संविधान र लोकतन्त्रले हार्छ कि जित्छ भन्नेतर्फ हाम्रो ध्यान हुनुपर्छ।’ कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा उभिने बताउँदै नेता सिटौलाले जनताको आशा र भरोसा न्यायालयमाथि रहेको बताए। अदालत र न्यायमूर्तिहरूले आफ्ना क्षमता प्रकट गरेर संविधानको रक्षा गर्ने सुनौलो अवसर आएको भन्दै उनले भने, ‘आम जनताको भरोसा र आशा जुटाउने अवसर आएको छ, अदालतले अवसरको सदुपयोग गरोस्।’

दोस्रो संविधानसभामा मस्यौदा समितिका सभापतिसमेत रहेका सिटौलाले २०४७ सालको संविधानले जस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई जतिबेला मन लाग्यो त्यति नै बेला प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको बताए। धारा ७६ उपधारा ५ अनुसारको प्रधानमन्त्रीले विश्वासको मत लिन सकेन वा अर्को प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने उपधारा ७ को आशय रहेको सिटौलाले बताए। अहिले त्यसको अपव्याख्या गर्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाए।  

प्रधानमन्त्री केपी ओलीलाई गल्ती सच्याएर अघि बढ्न सुझाउँदै नेता सिटौलाले पूर्वप्रधानन्यायाधीशसहित बुद्धिजीवी र कानुनविद्हरूले संविधानको व्याख्या गरेर अदालतप्रतिको सम्मान बढाउने काम गरेको धारणा राखे। ‘अदालतका न्यायाधीशहरू निरपेक्ष भएर निर्णय दिन सक्दैनन्, न्यायाधीशहरूले संविधानभित्रबाटै निर्णय गर्नुपर्छ,’ सिटौलाले भने, ‘संविधानको व्याख्या गर्नु र संविधानभित्र यस्तो छ भन्ने अदालतको अपहेलना नभएर सम्मान बढाउनेछ।’ 

त्यस्तै, कांग्रेस नेता गगनकुमार थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विपक्षमा स्पष्टका साथ नउभिएको भन्दै असन्तुष्टि जनाए। इतिहासले संसद् विघटन हुँदा कांग्रेस के गर्दै थियो भनेर प्रश्न गर्ने धारणा राख्दै नेता थापाले भने, ‘त्यो बेलामा नेपाली कांग्रेसले भन्न पाउँछ, प्रधानमन्त्रीको कदमलाई असंवैधानिक हो भन्दै उभिएको थियो भनेर। तर भन्न पाउने हक र अधिकारलाई हाम्रै केही साथीले अलमल्याइदिनुभएको छ।’  

संविधानसभाबाट जारी नयाँ संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको जिकिर गर्दै भारत, बेलायतको उदाहरण दिएर नेपालको संसद् विघटन गर्न नपाइने तर्क गरे। प्रधानमन्त्री ओलीलाई उतै जान सुझाउँदै थापाले भने, ‘दुई वर्ष अविश्वास प्रस्तावको बारेमा जब प्रधानमन्त्री निर्धक्क भएर बस्नुभयो। त्यो बेला नेपालको संविधान सिरानी राख्ने। अनि आज यो संविधानले प्रतिनिधि सभा विघटन गर्न दिएन, अनि भारतको संविधानले यसो भन्छ, बेलायतको संविधानले यसो भन्छ भन्ने ? त्यसो भए भारत र बेलायत जानुस्।’ अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा पुनःस्थापना नभए संविधान उल्लंघन गर्ने प्रवृत्ति बढ्ने जिकिर गरे। 

संसद् पुनःस्थापना नै अहिलेको सबैभन्दा उत्तम विकल्प भएको धारणा राख्दै पौडेलले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिकलाई स्वीकार गरेर अघि बढ्न नसकिने तर्क गरे। ‘ओलीलाई थाहा छ चुनाव हार्छु भनेर, यो निर्वाचन हुँदैन,’ उनले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना भएन भने अब संविधान उल्लंघन गर्ने प्रवृत्ति बढ्छ।
अर्को समाचार
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छः नेता सिटौला
१५ कार्तिक २०७८
•
१ मिनेट पाठ
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छः नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।




नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा आज मनमैजुमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान एवं चियापान’ कार्यक्रममा उनले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरे।

“हामी महाधिवेशनको क्रममा छौँ, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक सही ढङ्गले प्रयोग गर्नुस्, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ”, नेता सिटौलाले भने। पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिटौलाले न्यायालयभित्रको झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने भन्दै चिन्ता व्यक्त गरे।

“कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान गरेको छ, आवश्यक परे न्यायालयको झगडामा पनि समाधान दिन सक्छ”, उनले भने। संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको भए पनि अघिल्लो सरकारले संविधानले दिएका विषय अंगाल्न नसक्दा सरकार परिवर्तन भएको उनले उल्लेख गरे।

कांग्रेस नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको बर्ता। उनले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए।

कांग्रेस तारकेश्वरका सभापति कृष्णहरि महर्जनले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य नभएसम्म कांग्रेस बलियो हुन नसक्ने ठोकुवा गरे। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकालाई स्वागत गरिएको थियो।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस