‘समयलाई पनि ख्याल गरौं’
०६ माघ २०७७
•
५ मिनेट पाठ
‘समयलाई पनि ख्याल गरौं’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाअघि (पुस ५ गते) प्रतिनिधि सभा विघटन गरे। संविधानमा व्यवस्था नै नभएको धारा प्रयोग गरेर ओलीले संसद् विघटन गरेको भन्दै चौतर्फी आलोचना मात्र भएको छैन, उक्त विषय सर्वोच्च अदालत पुगेको छ। उक्त विषय संवैधानिक इजलास कि बृहत् इजलास भन्ने विषयमा टुंगो लगाउँदै आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।




अदालतले त्यस विषयलाई कहिले टुंगो लगाउने भन्नेमा राजनीतिक दल, निर्वाचन आयोगसहितका सरोकार निकाय मात्र होइन, आमजनताले पनि चासोका साथ हेरेका छन्। उक्त मुद्दामा बहस गर्ने अधिवक्ताहरूको लाइन पनि लामै छ। त्यसले गर्दा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विषयमा फैसला आउन ढिला हुने सबैले अनुमान गरेका बेला सोमबारको संवैधानिक इजलासमा रहेका न्यायाधीश अनीलकुमार सिन्हाले सोही विषय उठाउँदै समयलाई ध्यान दिन आग्रह गरेका छन्। सुनुवाइ चल्दाचल्दै निर्वाचनको तयारी सकिएला भन्दै उनले चुनावको तयारी भइसकेकाले रोक्न नपर्ला भनेर आदेश गर्नुपर्ने होला भन्दै समयका विषयमा सचेत गराए।

बहसमा सहभागीहरू विषयभन्दा बाहिर पनि जाने र लम्बेतान बहसतर्फ इंगित गर्दै उनले मूल विषयमा केन्द्रित हुन आग्रह गरेका थिए। बिहान साढे ११ बजेदेखि सुरु भएको सुनुवाइमा ३ बजेसम्म अधिवक्ता दिनमणि पोखरेलले मात्रै बहस गरेका थिए। पोखरेलाई कति समय लिनुहुन्छ तपाई भन्दै न्यायाधीश सिन्हाले अरूलाई पनि समय दिनुपर्ला भनेका थिए। ‘यो सुनुवाइ गर्दागर्दै चुनावको तयारी सम्पन्न भई, यो संसद् विघटन गलत हो तर चुनावको तयारी भइसकेको हुनाले र जनता मतदानका लागि जागिसकेकाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था आउनसक्ला, यहाँहरूले समयलाई म्यानेज गर्नुस्,’ उनले भनेका थिए। न्यायाधीश सपना मल्ल प्रधानले पनि पोखरेललाई बहस अन्त्य गर्न सुझाएकी थिइन्। जवाफमा उनले सुरु गरेपछि अन्त्य पनि गर्नुपर्छ भन्दै १०÷ १५ मिनेटमै संक्षेपीकरण गर्ने बताएका थिए। लामो गर्दिनँ भनेका पोखरेलले ३ घण्टाभन्दा लामो समय लिएका थिए। तर, न्यायाधीशहरूले भने हामी रोक्दैनौं भनेका थिए।

रिट निवेदकका तर्फवक्ता बहसमा सहभागी हुँदै पोखरेलले संविधानको धारा ७६ (७) ले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको तर्क गर्दै ओलीले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे। ‘आज प्रधानमन्त्रीले दुई तिहाई चाहियो भनेर संसद् विघटन गर्नुभयो। भोलि दुई तिहाई आयो भने त्यसले पनि पुगेन अब तीन चौथाई चाहियो भन्नुहोला,’ पोखरेलले भने, ‘आफूले आफ्नै पार्टीको इन्ट्रेस्ट म्यानेज गर्न नसक्ने अनि संसद्लाई बलि चढाउने ? यहाँभन्दा गलत नियत र संविधानको दुरूपयोग के हुन सक्छ ?’ संसद् विघटन गर्न पाउनु प्रधानमन्त्रीको विशेषाधिकार नभएको भन्दै ५ वर्ष चलाउन नसके राजीनामा दिएर जानुपर्ने बताए। 

संसद् विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकारको रूपमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको जवाफमा रहेको उल्लेख गर्दै त्यसलाई मान्न नसकिने जिकिर गरेका छन्। संसद् छलेर संसद्प्रतिको उत्तरदायित्व पूरा नहुने धारणा राख्दै उनले ताजा जनादेशमा जाने भन्ने कुरा जहिलेसुकै लोकतान्त्रिक विषय नहुने दाबी गरे। ‘ताजा जनादेशमा जाने कुरा संविधानबाहिर गएर गरिएको रहेछ भने त्यसले प्रणाली नै ध्वस्त हुन्छ,’ उनले भने, ‘धारा ७६(७) संसद्को प्रक्रियामा नगईकन कल्पनाका आधारमा प्रयोग गर्न मिल्दैन।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले धारा ७६(१) को प्रधानमन्त्रीले धारा ७६(७)को प्रयोग गर्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न सोमबार पनि गरेका थिए। त्यस्तो अधिकार नभएको तर्क गर्दै पोखरेलले भने, ‘जनमतका लागि भन्दै विधि मिच्ने प्रधानमन्त्रीलाई सम्मानित इजलासले विधिको महŒव सिकाउन आवश्यक छ, श्रीमान् यो शक्तिको चरम दुरूपयोग हो।’

आर मिलरविरुद्ध बेलायती प्रधानमन्त्री भएको मुद्दामा बेलायती सर्वाेच्च अदालतले गरेको व्याख्याको उदाहरण दिँदै प्रधानमन्त्री ओलीबाट भएको शक्तिको दुरूपयोग रोक्नुपर्ने उनले तर्क गरे। मुद्दामा प्रधानमन्त्रीको विशेषाधिकारमा समेत संसदीय सार्वभौमिकता र उत्तरदायित्वको व्याख्या गरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीले विघटन गर्दा लोकतन्त्र बलियो भयो कि शक्तिको दुरूपयोग भयो भन्ने विषयमा इजलासले केलाउनुपर्ने तर्क गरे।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रचलनका आधारमा विघटन गरेको गलत दाबी गरेको पनि उनको जिकिर थियो। संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको ओलीको तर्क हचुवाका आधारमा गरिएको उनको भनाइ थियो।

ताजा जनादेशमा जाने कुरासमेत लोकप्रियताका लागि प्रधानमन्त्री ओलीले प्रयोग भएको तर्क गर्दै विधि र प्रक्रिया मिचेर जनतासमक्ष जान्छु भन्ने प्रधानमन्त्रीलाई इजलासले विधि सिकाइदिन आग्रह गरे।

नेम्वाङको पनि चर्चा

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानअनुसार संसद् विघटन गर्न नमिल्ने भनेर गरेको टिप्पणी संवैधानिक इजलासमा पुगेको छ। सोमबार निवेदककै तर्फबाट बहस गर्दै अधिवक्ता सरोज घिमिरेले प्रधानमन्त्रीले असमयमै संसद् विघटन गर्न नपाउने तत्कालीन संविधान सभाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीनिकट नेता सुवासचन्द्र नेम्वाङको भिडियो अन्तर्वार्ता भाइरल भएको प्रसंग पेस गरेका थिए।

विधायिकी मनसाय के थियो भन्ने विषयमा नेम्वाङको अन्तर्वार्ताको महत्व रहेको बताउँदै ताजा जनादेशका नाममा जथाभावी संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको संवैधानिक मनसाय बुझ्न नेम्वाङको अन्तर्वार्तासमेत प्रमाणका रूपमा लिनुपर्ने माग गरेका थिए।

संविधानले नै विघटन गर्न छुट नदिएको अवस्थामा भएको प्रतिनिधिसभाको विघटन गलत थियो भन्ने कुरा नेम्वाङको अन्तर्वार्ताले समेत पुष्टि गरेको उनको दाबी थियो। संविधान बन्नुभन्दा अघिको कि पछिको भन्ने प्रधानन्यायाधीश राणाको जिज्ञासाको जवाफमा अधिवक्ता घिमिरेले पहिलेको भए पनि वा पछिको भए पनि सो अन्तर्वार्ताले संविधानमा सो व्यवस्था राख्दाको मनसाय के थियो भनेर स्पष्ट पारे।

आइतबार निवेदकका तर्फबाट सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिलकुमार पोखरेलले मात्रै सहगभागिता जनाएका थिए।
अर्को समाचार
माओवादी पुनर्निर्माणको प्रश्न
३० पौष २०७८
•
७ मिनेट पाठ
माओवादी पुनर्निर्माणको प्रश्न
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। पुष्पकमल दाहालको नेतृत्वमा २४६ सदस्यीय केन्द्रीय समिति छान्दै सकिएको माओवादी केन्द्रको आठौँ महाधिवेशन मूलरूपमा वैचारिक बहस र विमर्शमा केन्द्रित रह्यो।




११ पुस २०७८ बाट सुरु भएको महाधिवेशनमा माओवादी केन्द्रले बन्दसत्रको पाँच दिनसम्म प्रचण्डले पेस गरेका ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक दस्तावेजमाथि घनिभूत छलफल चलाए। नेतृत्व निर्माणको दृष्टिमा जे–जस्तो देखिए पनि वैचारिक विमर्श र छलफलका दृष्टिमा माओवादी केन्द्रको महाधिवेशन एउटा उचाइमा पुगेर सम्पन्न भएको छ।

यस अर्थमा पनि हामीले यति भन्न सक्छौँ कि यसअघि सम्पन्न नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनमा अबको वैचारिक कार्यदिशाबारे कुनै छलफल नभएको अवस्थामा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधिबीच अबको वैचारिक कार्यदिशाबारे घनिभूत छलफल भयो।

१० वर्षको सशस्त्र विद्रोह (जनयुद्ध)को जगमा स्थापित माओवादी पछिल्लो डेढ दशकभन्दा लामो समय विचारशून्य अवस्थामा थियो। २०५७ सालमा भएको तत्कालीन नेकपा (माओवादी) को दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा तत्कालीन महासचिव प्रचण्डले ‘एक्काइसौँँ शताब्दीको जनवाद’ नामक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसयता माओवादीले औपचारिकरूपमा त्यस्तो कुनै पनि वैचारिक छलफल गर्न सकेको थिएन। २०५६ मा माओवादीले पार्टीले सुरुदेखि सार्दै आएको जनवादी गणतन्त्रको ठाउँमा लोकतान्त्रिक गणतन्त्रको अवधारणा स्वीकारेको थियो।

त्यसपछिका २१ वर्ष अवधिमा माओवादी विभिन्न टुक्रामा विभाजित भयो। २०५७ सालमा अंगीकार गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’ को जगमा माओवादी केन्द्र २०६४ सालमा मुलुकको पहिलो दल बन्यो। त्यसयता रक्षात्मक अवस्थामा धकेलिएको माओवादी आजसम्म रक्षात्मक बनिरहेको छ। माओवादी केन्द्र अहिलेको तेस्रो स्थानबाट ‘पहिलोमा उक्लिन यो महाधिवेशनमा घनिभूत छलफल चलाएका छन् तर उसले आफूलाई त्यहाँ पुर्‍याउन सम्भव छ? आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अगाडि उभिएको सबै भन्दा महत्वपूर्ण प्रश्न हो यो।

विचार शून्यताकै अवस्थामा माओवादी छिन्नभिन्न बन्यो। एकले अर्काले नेतृत्व अस्वीकार गर्ने तहमा पुगेर माओवादी शीर्ष नेतृत्व आफ्नो नेतृत्वमा पार्टी खडा गर्ने प्रतिस्पर्धामा पनि देखिएको छ। जे/जस्तो भए पनि आजको दिनमा माओवादी बिउ जोगाउनेमा प्रचण्ड नै पर्छन्।

सत्ताशीर्षको रूपमा माओवादीको वर्चश्व प्रचण्डले कायमै राखेका छन्। माओवादीको बिउ जोगाइराखेका प्रचण्डकै नेतृत्वमा फेरि माओवादी केन्द्रको नेतृत्व पुगेको छ। अब माओवादी आन्दोलन पुनर्निर्माण र पुनर्गठन कति सम्भव छ ? प्रश्न मूल नेतृत्वको कारणले प्रचण्डतिरै फर्किएको छ।

कस्तो माओवादी? कस्ता बने?

हिजोका माओवादी कस्ता थिए? आजको माओवादी कस्ता बने? माओवादीका मूल नेतृत्व र कार्यकर्ताहरूले महाधिवेशनको हलमा यो प्रश्नको जवाफ खोज्ने चेष्टा गरे पनि यसको ठोस जवाफ माओवादीले दिन सकिरहेको छैन। माओवादीको चित्र र चरित्र हिजो र आज किन बदलियो? त्यही बदलिएको चित्र र चरित्रका कारण माओवादी कहाँबाट कहाँ आइपुग्यो? र, भविष्यमा कता जाँदैछ? माओवादीले महाधिवेशनमा अपुग बहस गरेको विषय हो यो।

हिजो जता पनि जस्तो पनि ठाउँमा रहन वा बस्न रुचाउने, हिजो जुन पनि र जस्तो पनि काम गर्न अघि सर्ने माओवादी आज किन पद र पैसाको पछाडि दौडिरहेका छन्? हिजो जनताको झुपडीमा पुगिरहने माओवादी आज जनताको घरदैलो भन्दा पनि काठमाडौँका रेस्टुरेन्टमा मात्रै किन भेटिन थालेका छन्? माओवादीको आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य आफैँले आफैँलाई यी प्रश्न कति पटक सोध्न सक्छन्? र, आफूले आफैँलाई सोधिएको प्रश्नको जवाफ कसरी दिन्छन्?

हो, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आत्माआलोचनाको धेरै शब्द बोलेका छन्। ‘आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार’ भएकोसम्मका विषय प्रचण्डले महाधिवेशन प्रतिनिधिसमक्ष राखेका छन्। आफ्नै प्रतिवेदनमा आफ्नै बारेमा निर्मम आलोचना पनि गरेका छन्। के अब प्रचण्ड भन्दा तल रहेका हरेक नेता र कार्यकर्ताहरू प्रचण्डले भनेझैँ ‘आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार’ छन्? आफ्नो कमिटीमा प्रचण्डले झैँ आफ्नैविरुद्ध आलोचनाका शब्दहरू लेख्न र बोल्न सम्भव छ? माओवादी आन्दोलन पुनर्निर्माणको मापन यही विन्दुबाट हुनेवाला छ।

त्यसो त माओवादीले आत्मसमीक्षा र आत्माआलोचना गर्नुपर्ने विषय धेरै छन्। हिजो जनताको घर–घरमा पुगेर उनीहरूको काममा सघाउने माओवादी, आज कहाँ छन्? हिजो जनताको बीचमा गएर ‘जनसरकार’ को भूमिका निभाउने माओवादी कहाँ छन्? हिजो अन्याय र अत्याचारमा रुमलिरहेकाहरूलाई दण्डित गर्ने माओवादी कहाँ लुकेका छन्? हिजो जनताको खेतीपातीमा सघाउने माओवादी कहाँ छन्? यी ब्रगेल्ती प्रश्नको बीचमा माओवादीका नवनिर्वाचित केन्द्रीय समिति घेरिएको छ।

१० वर्षको जनयुद्धबाट उदाएको माओवादी र तिनका नेतृत्वको चित्र र चरित्र किन बदलियो ? माओवादी आखिर किन माओवादी जस्तो भइरहेको छै? माओवादीले निर्मम समीक्षा गर्न जरुरी छ। माओवादी पार्टी र त्यसका नेतृत्वले आफूहरूलाई मुलुकका आदिवासी जनजाति, उत्पीडित वर्ग, महिला, थारू, मधेसी अनि दलितको अग्रदस्ताका रूपमा निरन्तर खडा गरिरहनुपर्नेमा किन त्यसो भइरहेको छैन?

कतै माओवादीलाई मुलुकका पुँजीपति वर्गको पनि नेतृत्व पनि आफैँ हुँ, यहाँका राजा/महाराजा भनिनेहरूको नेतृत्व गर्ने पार्टी पनि माओवादी नै हो, विदेशीहरूलाई समेत हामी नभई हुँदैन, त्यसो हुँदा विदेशीहरूको समेत नेतृत्व गर्ने पार्टी हामी नै हो? भन्ने भ्रम त परेन? माओवादीले निर्मम समीक्षा गर्न जरुरी छ।

त्यसकारण माओवादीहरू आफैँ रूपान्तरित हुने हो भने पहिला आफ्नो चरित्र बदल्न जरुरी छ। हिजोको चरित्र र चित्रमा माओवादी जान जरुरी छ। माओवादी गाउँ फर्किन जरुरी छ, अनि जनताको झुपडीमा पुग्न आवश्यक छ। सहरका दुई चारजना व्यापारीसँग दिनहुँ छलफल गर्ने, यो काम भयो भने कति कमिसन आउँछ भन्ने ढंगबाट बिताइरहेको दिनचर्यालाई माओवादीले निरन्तरता दिने हो भने माओवादी आन्दोलन पुनर्गठन र पुनर्निर्माण सम्भव छैन/हुँदैन।

‘म र मेरो’ घेरामा माओवादी

मूलरूपमा माओवादी अहिले ‘म, मेरो अनि मैले’ घेराभित्र कैद भएको छ। वडादेखि केन्द्रीय महाधिवेशनसम्मको माओवादी महाधिवेशन हेर्दा माओवादीभित्र ‘म र मेरो घेरा’ले जरा गाडेको चित्र प्रष्ट देखिएको छ।

महाधिवेशनमा आएर प्रचण्डको जोडबलका कारण माओवादीभित्र ‘अबको विचार र नीति’ बारे बहस भएको देखिए पनि वडादेखि, पालिका र प्रदेशसम्मको सम्मेलनमा विचारको बहस हुँदै नभएको देखिन्छ। मात्रै मेरो पद के हुने हो? मेरो योगदानको कदर हुने कि नहुने? म भएन भने प्रचण्डको गति अरूले समाउनै सक्दैनन् भन्नेजस्ता कथन मात्रै सुनिए। अबको पार्टीको नीति र नेतृत्व कस्तो हुनुपर्छ? समकालीन नेपाली समाजलाई कस्तो र कुन तहको विचारले नेतृत्व गर्न सक्ला ? यसबारे कतै बहस भएको पाइएन/सुनिएन।

माओवादीलाई साँच्चै पुनर्निर्माण गर्ने हो भने माओवादीले झांगिदै गएको ‘म र मेरो’ घेरालाई तोड्नुपर्छ। म र मेरो घेरा त्याग्न र भत्काउन सक्छ कि सक्दैन? महाधिवेशनभित्र रहेका आमप्रतिनिधिहरूले यो प्रश्न आफैँलाई एकपटक सोध्नुपर्ने अवस्था छ। ‘म कुनै पनि पदबिना नै पार्टीको काममा क्रियाशील रहन्छु, मेरो जोड विचार र नीतिमा हो, पार्टी निर्माणमा हो, पद र प्रतिष्ठामा होइन’ भन्नेबाट माओवादीले रूपान्तरण थाल्नुपर्छ। होइन भने माओवादी आन्दोलन पुनर्निर्माण र पुनर्गठन निकै टाढाको विषय रहनेछ।

निष्कर्षमा माओवादी पुनर्गठन र पुनर्निर्माण सम्भव छैन भन्ने होइन। आजकै चित्र र चरित्रले हिजो जस्तो माओवादी बन्न सम्भव छैन। साँच्चैको माओवादी बनाउने हो भने उसले आफैँबाट समीक्षा र आलोचनाको सुरुवात गर्न सक्नुपर्छ।

जसरी प्रचण्डले ‘माओवादी आन्दोलन कमजोर हुनुको प्रमुख दोषी मै हुँ’ भनेर आत्मआलोचना गरेका छन्, यही तहमा सबै नेतृत्वले जनताको बीचमा गएर आलोचित हुन तयार भए माओवादी आन्दोलन पुनर्जागृत हुन सम्भव छ।

महाधिवेशनबाट पारित विचार लिएर माओवादी नेतृत्व र कार्यकर्ताहरू जनताको झुपडीमा जाने, हिजोजस्तै गरी किसानको खेतीपातीमा सघाउने र जनताको समस्या समाधानका लागि जतिबेला पनि उपलब्ध हुने हो भने माओवादी फेरि जागृत हुन सम्भव छ। र, महत्वपूर्ण पक्ष अहिलेको समाजको आवश्यकता र आजको समाजलाई समाजवादको बाटोमा कसरी लैजाने भन्ने अध्यक्ष प्रचण्डको प्रतिवेदनअनुसार नेतृत्व र कार्यकर्ताले भुइँ तहबाट त्यसको कार्यान्वयन थाल्ने हो भने माओवादी अवश्य पुनर्गठित र पुनर्निर्माण हुन सम्भव छ।

महाधिवेशनमा माओवादी र नेतृत्वले गरेको आत्मसमीक्षा र आलोचनालाई पनि निर्धक्क जनताको बीचमा लैजानुपर्छ। होइन, भने आजकै चित्र र चरित्रमा बस्ने हो भने माओवादी अहिलेको ‘तेस्रो पोजिसन’ बाट ‘पहिलो पोजिसन’ मा उक्लिन सजिलो छैन।

buddhalopchana4@gmail.com
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस