प्रचण्ड र नेपालको एउटै स्वर : ओलीको सेटिङ तोडेर छाड्छौं
२८ पौष २०७७
•
२ मिनेट पाठ
प्रचण्ड र नेपालको एउटै स्वर : ओलीको सेटिङ तोडेर छाड्छौं
पोखरामा दाहाल–नेपाल समुहको मंगलबारको भेला । तस्बिरः नागरिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल दुवैले संसद पुर्नस्थापना हुने दावी गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ तोडेरै छाड्ने पनि बताए ।  




नेकपा गण्डकी प्रदेशस्तरीय बृहत कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनीहरुले भने, ‘संसद पुर्नस्थापना हुनबाट केपी शर्मा ओली मात्र होईन दुनियाँको कुनैपनि तागतले रोक्न सक्दैन ।’  

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाले संसद पुर्नस्थापना हुने बताए । कार्यकर्तालाई आश्वास्त पार्दै उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, संसद पुर्नस्थापना हुन्छ । त्यो पनि सर्वोच्च अदालतकै फैसलाबाट ।’ उनले संविधान विपरित अदालतबाट संसद पुर्नस्थापना नभए जनताको बलबाट संसद पुर्नस्थापना गर्ने चेतावनी दिए ।

‘जनता नै सबैभन्दा ठुलो अदालत हो,’ उनले भने, ‘यदी संविधान बिपरित संसद विघटन गर्ने कुरालाई सदर गरियो भने त्यो भन्दा ठुलो अदालत जनता हो, जनताले नै त्यसको फैसला गर्छन् ।’ अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा आफुहरु नै भएको र सुर्य चिह्नपनि आफुहरुले नै पाउनेमा ढुक्क रहेको बताए । उनले भने, ‘नेकपा पनि हाम्रै हो, निर्वाचन आयोगले सुर्य चिह्न पनि हाम्रैलाई दिने निर्णय गर्नेमा ढुक्क छौं ।’
नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालत र निर्वाचन आयोग केपी ओलीको सेटिङमा नफस्ने दावी गरे । ‘अहिले केपी ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमा मैले सेटिङ गरेको छु, त्यसैले नेकपा, सुर्य चिह्न हाम्रै हुन्छ, संसद विघटन पनि सदर हुन्छ भनेर भनेका छन,’ नेपालले भने, ‘तर केपीको सेटिङमा सर्वोच्च अदालत फस्दैन, निर्वाचन आयोग पनि फस्दैन, त्यसैले संसद पुर्नस्थापना हुन्छ, नेकपा पनि हाम्रै हुन्छ, अनि सुर्य चिह्न पनि हाम्रै हुन्छ ।’

उनले सुर्य चिह्न केपी ओलीले नभई आफुहरुले ल्याएकाले त्यसको असली हकदार आफुहरु भएको जिकीर गरे । आफु महासचिव हुँदा सुर्य चिह्न लिएको उनको दाबी छ । उनले ओलीको नेकपालाई पार्टी नभएको टिप्पणी गर्दै भने, ‘केपीले अहिले बनाएको केपी ओली फाउण्डेसन हो, पार्टी होईन ।’ उनले उखान टुक्काले देश र पार्टी नबन्ने र नचल्ने बताए ।
अर्को समाचार
ओलीले चुनाव गराउने कुरा भ्रम मात्रै हो–माधव नेपाल
१७ माघ २०७७
•
४ मिनेट पाठ
ओलीले चुनाव गराउने कुरा भ्रम मात्रै हो–माधव नेपाल
धनगढीको खुलामन्त्रमा गरिएको विरोध सभा । तस्बिरः पुष्पराज जोशी÷नागरिक
प्रचण्ड–माधव समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि चुनाव नगराउने बताएका छन् । शनिबार धनगढीको खुलामञ्चमा आयोजित वृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले लोकतन्त्र र गणतन्त्र समाप्त पार्न केपी ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको बताए । ‘केपी ओलीले चुनाव गराउलान्, लोकतन्त्रलाई बलियो बनाउलान् भनेर कसैलाई भ्रम परेको छ भने, अहिले नै भ्रमबाट मुक्त भए हुन्छ,’ कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘केपी ओली चुनाव गराउन चाहँदैनन् ।’ केपीले देशलाई अस्तव्यस्त बनाउन चाहेको बताउँदै उनले भने,‘देश भाँडमा जाओस् केपीलाई मतलब छैन, लोकतन्त्र–गणतन्त्र समाप्त होस् केपीलाई कुनै चासो छैन ।’ केपीले लोकतन्त्रको आन्दोलनको मैदानमा कहिल्यै नदेखिएको उनले बताए ।  




४४१ केन्द्रीय सदस्य मध्ये ३ सय भन्दा बढी केन्द्रीय सदस्य आफूहरुसँग रहेकाले आधिकारिक पार्टी आफ्नो भएको बताउँदै उनले भने,‘यही पार्टीको सूर्य चिन्ह हो ।’ केपी ओली कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई निमिट्यान्न गर्न लागेको आरोप उनले बताए । अहिले केपी ओलीले एमाले–एमाले एक हौँ भनेर प्रचार गरिरहेका छन् । ‘यो  केपी ओलीको नक्कली प्रचार हो,’ उनले भने,‘उनलाई कम्युनिष्ट पार्टीसँग कुनै मतलब छैन ।’ केपी ओलीलाई एमालेको नाम लिने हक नभएको उनले बताए । विरोध सभामा अधिकांश समय केपी शर्मा ओलीको आलोचना गरेका नेपालले तत्कालीन समयमा एमालेको १५ वर्ष आफूले र १२ वर्ष झलनाथ खनालले नेतृत्व गरेर पार्टीलाई हाँकेको तर ओलीले पार्टीलाई सधैँ समस्यामा पारेको बताए । ‘प्रतिनिधि सभाको पुनर्वाहली हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ,’ उनले भने,‘त्यसबाहेक अर्को कुनै विकल्प छैन ।’ उनले केपी ओलीको युगको समाप्त भइरहेको बताए । ‘केपी ओली अस्ताउँदा सूर्य हुन्, हामी उदाउँदा सूर्य हौँ, त्यो भएकाले उनले अर्को पार्टी एमाले खोले,’ उनले भने,‘अनि त्यो मालेले पाएको अस्ताउँदै गरेको सूर्य चिन्ह नै बोकेर ओली बिदा हुनेछन् ।’ 

निर्मला हत्याका दोषीलाई कारबाही नगर्नु सरकारको पहिलो गाँसमै झिङ्गा

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई सम्झँदै निर्मला हत्याको घटनाले चिन्तित बनाएपछि पार्टीमा कुरा उठाएको उल्लेख गर्दै प्रधामन्त्रीले कारबाही गर्न चासो नदेखाएको उनले बताए । ‘निर्मलाको घटनाले हामीलाई चिन्तित बनायो,’ उनले भने,‘बलात्कारमा सामेल भएका अपराधीहरुलाई दण्डित गर, पार्टीको वैठकमा छलफलको विषय बनाऊ भन्दा पनि केपी ओली नेतृत्वको सरकारले कुरा सुन्न चाहेन ।’ सरकारले निर्मला हत्या काण्डमा देखाएको उदासिनताले आफूले मनमनै केपी ओली सरकारको पहिलो गाँसमै झिँगा पसेको सोचेको बताए । यो कम्युनिष्ट पार्टीको सरकार भएर अहिलेसम्म पनि निर्मला हत्याका अपराधिलाई कारबाही गर्न नसक्नु लाजको विषय भएको उनले बताए ।    

संसद व्यूँताएर ओलीलाई कारबाही गर्ने तागत छ  

वृहत विरोध सभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको उल्लेख गर्दै भने,‘संसद भंग भएकै छैन ।’ केपी ओलीले संविधान कुल्चेर संसद विघटन गरे भन्दैमा त्यो मान्नु जरुरी नभएको उनले बताए । ‘केपी ओलीले संसद म¥यो भनेर घोषणा गरेका छन्, तर संसद मरेको छैन, संसद जीवितै छ,’उनले भने,‘केपी ओलीले संसद विघटन भयो भन्ने कुनै अधिकार पनि छैन र संविधानले विघटन गरेको पनि छैन ।’ आफूहरु संविधान र लोकतान्त्रिक मान्यता अनुसार चल्ने उल्लेख गर्दै त्यसकारण संसद भंग नभएको उनले बताए । संसद भंग नभई केपी ओलीको सरकार भंग भएको उनको भनाई थियो । सर्वोच्च अदालतले यो मुद्दा संविधान अनुसार निर्णय गर्नेमा विश्वास रहेको उनले बताए । ‘यदि यो मुद्दा सर्वोच्च अदालतमा हुँदैन थ्यो भने हामी संसदको बैठक बोलाउँथ्यौँ,’ उनले भने,‘त्यहीबाट केपी ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ ।’ दुई तिहाई बहुमत संसद सदस्यहरु संसद विघटनको विरोधमा रहेको उल्लेख गर्दै उनले भने,‘हामीसँग विकल्पको रुपमा सभामुखले संसद बोलाउने, संसदको दुई तिहाई बहुमतले प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्ने अधिकार संसदले राख्छ ।’ विगतको संविधान भन्दा फरक अहिलेको संविधानमा राजकीय अधिकार र सार्वभौम सत्ता सम्पन्न अधिकार जनतामा रहेको उनले बताए । केपी ओलीले संविधान मात्रै कुल्चेको नभई नेपाली जनताको सार्वभौम अधिकारमाथि कुल्चिएको उनले बताए । कार्यक्रममा बोल्दै उनले भने,‘कलंकको टीका लगाएर केपी ओली खलनायक सावित भएका छन् ।’  

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीमबहादुर रावल, सुदूरपश्चिम प्रदेश कमिटीका सह इन्चार्ज खगराज भट्ट, लक्ष्मण जोशी, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि सम्बोधन गरेका थिए ।  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस