प्रतिनिधिसभा विघटनपछि सञ्चालन भएको राष्ट्रियसभा हिउँदे अधिवेशनको दोस्रो बैठक बिहीबार बस्ने भएको छ। यसअघि गएको शुक्रबार बसेको बैठकले बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको थियो।
आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने बताइएको छ।