प्रदेश १ का १५ सांसद निलम्बित
१७ पौष २०७७
•
२ मिनेट पाठ
प्रदेश १ का १५ सांसद निलम्बित
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका छन् । पार्टी विधानविपरीत काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि मुख्यमन्त्री राईले निलम्बन गरेका हुन् । बिहीबार प्रदेशसभा सदस्यलामहिनाका लागि निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका छन् । 




पत्रमा दलको नेतालाई जानकारी नगराई प्रदेशसभामा अविश्वासको प्रस्तावमा सही गरेको, अनुशासनको पालना नगरेको र सोधिएको स्पष्टीकरणको जवाफसमेत नदिएकाले तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिनबाट बञ्चित गरिएको उल्लेख छ । निलम्बनमा पर्ने प्रदेशसभा सदस्यहरूममा भीम आचार्य, इन्द्रबहादुर आङ्बो, जीवन घिमिरे, विजयकुमार विश्वास, टंकबहादुर आङ्बुहाङ, राजेन्द्रकुमार राई, मोहनकुमार खडका, लिलाबल्लभ अधिकारी, लछुमन तिबारी, कुलप्रसाद साम्बा, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, कुशुम श्रेष्ठ, सरिता थापा र सावित्राकुमारी रेग्मी छन् ।  

दलको विधानविपरीत दलका नेता मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेकामध्ये १९ जना प्रदेशसभा सदस्यलाई प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीको निर्देशनमा सोमबार २४ घण्टे स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोधिएकामध्ये ४ जनाले मौखिक रुपमा जवाफ दिएको र लिखित रुपमा पछि दिने जानकारी गराएकाले निलम्बन नगरिएको राजभण्डारीले बताए । मौखिक स्पष्टीकरण दिने प्रदेशसभा सदस्यमा तुलसीप्रसाद न्यौपाने, रामकुमार राई, झलकबहादुर मगर र उषाकला राई छन् । 

केही प्रदेशसभा सदस्यले करकाप गरेर, केहीले जबरजस्ती, केहीले झुक्याएर अविश्वास प्रस्तावमा हस्ताक्षर गराएको जानकारी प्राप्त भएकाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ जना मध्ये १९ जना प्रदेशसभा सदस्यलाई मात्रै स्पष्टीकरण सोधिएको राजभण्डारीको भनाइ छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने उदयपुरकी प्रदेशसभा सदस्य कला घलेले अविश्वास फिर्ता लिइसकेकी छन् । 

दाहाल–नेपाल समूले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएपछि ओली समूहका राईले पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जनालाई निलम्बन गरेका हुन् । बिहीबार नै दाहाल–नेपाल समूहले संसदीय दलको नेतामा भीम आचार्यलाई निर्वाचित गरेको पत्र प्रदेशसभामा दर्ता गरेको थियो । मंगलबार अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले दलको नेताको हैसियतमा काम नगर्न उपनेता टंक आङबुहाङले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राईलाई सचेत गराएका थिए । 

नेकपाको संसदीय दलको बैठक १९ गतेलाई बोलाइएको भए पनि मुख्यमन्त्रीले दलको नेताको हैसियतले काम गर्न नछाडेकाले तोकिएको मिति अगाबै १५ गते बुधबार नै बैठक बसेर भीम आचार्यलाई दलको नेता निर्वाचित गरिएको आङ्बुहाङले जानकारी दिए ।
अर्को समाचार
अश्लिल च्याट बाहिरीएपछि प्रदेश सांसद साँवा नेकपा जिल्ला कमिटिबाट निलम्बित
२० भदौ २०७७
•
२ मिनेट पाठ
अश्लिल च्याट बाहिरीएपछि प्रदेश सांसद साँवा नेकपा जिल्ला कमिटिबाट निलम्बित
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय गरेको छ।  




एक युवतीसंग म्यासेन्जरमा गरिएका च्याटमा उल्लेख भएका शब्दहरु सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अस्वभाविक पाइएकोले साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले जानकारी दिए।  

सामाजिक सञ्जालमा बाहिरीएको सो च्याटमा उल्लेखमा भएका शब्द र च्याटमा मुछिएका व्यक्तिहरुका बारेमा छानबिन गर्न नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलले दिएको प्रतिबेदन र च्याट प्रकरणमा जोडिएका व्यक्तिहरुसंगको छुट्टाछुट्टै छलफल पछि नेकपा ताप्लेजुङको कार्यालय टिमले कारवाहीसहितको निर्णयलाई अनुमोदन गरेको इञ्चार्ज काफ्लेले जानकारी दिए।  

उनका अनुसार सचिवालय सदस्य तथा प्रदेशसभा सांसद साँवाले आफूबाट अब उप्रान्त यस्ता कमि कमजोरी नहुने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन्। संगै उनलाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटीबाट भने निलम्वन गरिएको काफ्लेले बताए। साँवा र अर्की एक युवती बीच भएको च्याट सामाजिक सञ्जालमार्फत कसरी बाहिरियो भन्ने विषयको अनुसन्धान चलिरहेको समेत काफ्लेले जानकारी दिए।  

यस्तै नेकपा ताप्लेजुङ जिल्ला कमिटि सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडाले आत्माआलोचना गरेपछि दुबै माथि पार्टीले कुनै कारवाहीको प्रकृया अघि बढाएन। च्याटमा प्रदेश सांसद साम्सोहाङलाई समेत प्रदेश सांसद साँवा र अर्की एक युवती बीचको बिवादमा मुछिएको थियो।  

च्याटमा उल्लेख भएका अस्लिल शब्द सामाजिक सञ्जालमार्फत बाहिरिएपछि नेकपा ताप्लेजुङले जिल्ला इञ्चार्ज काफ्लेको संयोजकत्वमा प्रदेश कमिटि सदस्य मिङ्माडण्डु शेर्पा र प्रदेश सल्लाहकार परिषद् सदस्य रामप्रसाद सुबेदी सदस्य रहेको छानबिन कार्यदल बनाएको थियो।  

प्रदेश सांसद साँवा र अर्की युवती बीच भएको च्याट प्रकरण सामाजिक सञ्जालमार्फत कसरी बाहिरीयो भन्ने बारेमा प्रहरीमार्फत अनुसन्धानको प्रकृया पनि चलिरहेको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस