ओली अतिवादबाट सिर्जित समस्या
०२ पौष २०७७
•
५ मिनेट पाठ
ओली अतिवादबाट सिर्जित समस्या
‘कम्युनिस्ट जुट्न जान्दैनन् फुट्न मात्र जान्दछन् भन्ने कुरा इतिहास भइसक्यो। नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रुपमा होइन, हामी घोलिएका छौं। हिन्द महासागरमा गएर हामीले सेती, कोसी खोजेर पाइँदैन।’ यो भनाइ प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले साढे दुई वर्षअघि पार्टी एकीकरण सभामा दिएको मन्तव्यको अंश हो।




तर एकीकरणको साढे दुई वर्ष बित्दानबित्दै नेकपा अन्तर्घुलित नभई विग्रह र विभाजनको डिलमा पुगेको छ। त्यो पनि प्रधानमन्त्री ओलीकै कारण। झापा आन्दोलनसँगै सक्रिय राजनीतिमा प्रवेश गरेका ओलीले अहिलेसम्म आर्जन गरेको राजनीतिक पुँजीलाई आफैंले कमजोर बनाएका छन्। ७० वर्षपछि शक्तिशाली प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारीमा पुगेका ओली मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा डोर्‍याउन पनि असफल बनेका छन्।

नयाँ संविधान जारीलगत्तै भारतले लगाएको नाकाबन्दीको विपक्षमा उभिएपछि ओलीको राष्ट्रवादी छवि निर्माण भएको थियो। तर कहिले उत्तरी छिमेकीतिर लहसिने त कहिले दक्षिणतर्फ टाँसिएर मुलुकको परराष्ट्र नीतिलाई कमजोर बनाएको आरोप आफ्नै पार्टीभित्रबाट खेप्न थालेका ओलीले केही समयअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग भेटेपछि उनको राष्ट्रवादी मुकुन्डो उघारिएको छ। र, उनले आफूलाई फेरि उही पुरानो कित्तामा पुर्‍याएको विश्लेषण गर्न थालिएको छ।  

पार्टीभित्र र बाहिर संवाद, छलफल नगरी आफूखुसी अघि बढ्न खोज्ने ओली नीतिले साढे दुई वर्षअघि एकीकृत पार्टी गम्भीर संकटमा परेको छ नै, उनकै पद पनि धरापमा परेको छ। ओली आफ्नो पद जोगाउन र बदलाको भावनाले उत्प्रेरित हुँदा लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, संविधानवाद र शक्ति सन्तुलनको सिद्धान्त खलबलिन पुगेको छ। मुलुकको कार्यकारी प्रमुखमा आफूलाई निर्वाचित गरेको संसद्लाई ओलीले बन्धक बनाएका छन्। संवैधानिक व्यवस्था अनुसार पनि मध्यपुससम्म संघीय संसद्को अधिवेशन बोलाउनैपर्ने बाध्यता छ।  

तर प्रधानमन्त्री ओली अधिवेशन बोलाउने होइन, त्यसलाई तिरस्कार गर्दै अध्यादेशबाट देशको शासन सञ्चालन गर्न सक्रिय छन्। विधि, विधान होइन, मैले जानेको, देखेको, सुनेको र भनेको मात्र सत्य हो भन्ने दम्भले ओली कतै निर्वाचित निरंकुशताको बाटोमा अघि बढ्न खोजेका त होइनन् भन्ने प्रश्न उठ्न थालेको छ। यसको पछिल्लो उदाहरण मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश हो।  

मुलुकमा भ्रष्टाचारीलाई संरक्षण गरेको, जनहितमा काम गर्न नसकेको आरोप पार्टीभित्रबाट खेपिरहेका प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश पछिल्लो १४ महिनामा तेस्रो पटक प्रमाणीकरणका लागि शीतल निवास पुर्‍याएका हुन्। र, दोस्रो पटक राष्ट्रपतिले सो अध्यादेश तत्कालै स्वीकृत गरिदिइन्। २०७६ कात्तिकमा पनि स्वीकृतिका लागि शीतल निवास पुगेको अध्यादेश झन्डै तीन महिना राष्ट्रपतिले ‘होल्ड’ गरेकी थिइन् तर, मंगलबार र गत वैशाख ८ गते अध्यादेश जारी गर्न उनले अनावश्यक हतारो देखाइन्। यसअघि चार दिनमै फिर्ता लिन बाध्य भएको अध्यादेश पुनः ल्याएर ओलीले संविधानले कल्पना गरेको शक्तिपृथकीकरण सिद्धान्तको चिरहरण गरेका छन्। संसदीय शासन व्यवस्थाविरुद्ध पनि उनी उभिएका छन्।  

झन्डै दुई वर्षदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा संवैधानिक आयोगहरू पदाधिकारीबिहीन छन्। त्यसले सरकारको काममा अप्ठेरो भएको हुनुपर्छ। तर प्रधानमन्त्री ओलीको नियत परेको गाँठो फुकाउने होइन, थप कसिलो बनाउने र अहिलेका मान्यतालाई भत्काउन उद्यत् देखिन्छ। किनकी पहिलो त उनकै पार्टीभित्र आन्तरिक विवाद तीव्र छ। विवाद निराकरण गर्न पार्टी स्थायी कमिटी बैठक जारी रहेका बेला आफ्नै दलभित्र कुनै छलफल नगरी उनले अध्यादेश ल्याएका छन्। दोस्रो, अध्यादेशका विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै चर्चासम्म भएको छैन। उक्त अध्यादेश कुन मितिमा सिफारिस भयो भन्नेमा मन्त्रीहरू नै बेखबर छन्। संवैधानिक परिषद्को बैठक मिति, समय र स्थान तोकेर अध्यादेश ल्याएका छन् उनले। तेस्रो संसद्को अधिवेशन बोलाउन विलम्ब गर्दै फटाफट अध्यादेश ल्याइरहेका छन् उनले। आफ्नै पार्टीका नेता (सभामुख) लाई विश्वासमा लिएर अघि बढ्नुको साटो ओलीले उल्टो गर्दै आएका छन्। यसअघि संघीय संसद्को अधिवेशन अन्त्य गर्दासमेत ओलीले सभामुखलाई थाहै दिएनन्। त्यतिमात्र होइन, संवैधानिक परिषद्को सदस्य रहने उपसभामुखको निर्वाचन गर्न प्रधानमन्त्री ओलीले अहिलेसम्म चासो दिएका छैनन्। संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ। उपसभामुख अर्को दललाई दिनुपर्ने भएकाले ओलीले उपसभामुख चयन प्रक्रिया अघि बढाउन चासो नदिएका हुन्।  

ओलीले विपक्षी दलको त विश्वास आर्जन गर्न सकेनन् नै। पार्टीभित्र पनि उनी एक्लिँदै गएका छन्। अध्यादेशबाट शासन गर्ने ओली रहरले छिन्नभिन्न विपक्षी दलहरू एकै ठाउँमा आइपुगेका छन्। संसद्प्रतिको उनको व्यवहारले न्यायपालिकालाई पनि सशंकित बनाएको छ। ७० वर्ष लामो संघर्षपछि स्थापित लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आस्था र विश्वास बढाउन ओली असफल बन्दै गएका छन्।  

आफ्नो राजनीतिक स्वार्थ र लहड पूरा गर्न राष्ट्रपतिलाई उपयोग गर्दै ओलीले सो संस्था र पदको गरिमालाई समेत धुलिसात् बनाएका छन्। राष्ट्रपतिमाथि पनि आफ्नो अधिकार र कर्तव्य भुलेर प्रधानमन्त्रीले जता मादल बजायो उतै नाच्ने गरेको तथा संविधानको संरक्षक र पालकको भूमिका निर्वाह नगरेको आरोप लाग्ने गरेको छ। प्रधानमन्त्री ओलीको सनक र निहित स्वार्थका आधारमा हुने सिफारिस कार्यान्वयनमा हतार–हतार साक्षी बस्ने तर त्यही पदमा व्यक्ति फरक पर्दा निर्णय दिन अनावश्यक विलम्ब गर्दा राष्ट्रपति निरन्तर विवादमा तानिएकी छिन्। सरकार र सत्तारुढ दलभित्रको विवादमा राष्ट्रपति तानिँदा उक्त पदको गरिमामा आँच आएको छ। राष्ट्रपति साझा संस्था हो भन्नेमा ध्यान नपुग्दा त्यस संस्थाप्रति जनताको विश्वास र आस्था कमजोर बन्न पुगेको छ। जुन परिवर्तनका पक्षपातीलाई सुखद होइन। यस्तो अवस्थामा ओलीका लागि अब गल्ती सच्याएर र स्विकार गरेर पार्टी निर्णय आत्मसात् गर्दै अघि बढ्ने वा अझै अन्य अध्यादेश ल्याएर विग्रह, विभाजनसहित अस्थिरताको बाटो रोज्ने भन्नेमात्र विकल्प बाँकी छ। अन्यथा चौतर्फी घेराबन्दीबाहेक उनीसँग अर्को विकल्प छैन।
अर्को समाचार
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
१ मिनेट अघि
•
१ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
इटहरी । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्। उनले आगामी मंसिर १७ गते विवाह गर्न लागेको सार्वजनिक गर्दै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका छन्।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। उनले आफ्नो विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे।
‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु। आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु।’
गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको बताए। आफूले अहिले आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ।
‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई मन छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने।
उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ।
‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन। दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो। त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने।
गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि बताए। पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए।
उनले गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याए। आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो।
‘गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला। तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ। त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने।
विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए। यद्यपि, समारोहलाई निकै सीमित र सामान्य बनाउने उनको योजना छ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्‍याएको योगदान पनि स्मरण गरे। आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति आभार व्यक्त गरे।
उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए। सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे।
आफू अप्ठ्यारोमा पर्दा विभिन्न आरोप र आलोचनाबीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो। उनले आफ्नो समुदायले सिकाएको देशप्रेमको पाठलाई आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने बताए।
‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ। मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने।
गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धिका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए। नागरिकको सुरक्षा र देशको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ।’


तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस