राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले जनतालाई केन्द्रबिन्दु बनाएर मुलुकको विकास र समृद्धिका लागि राजनीति गर्न सबैमा आग्रह गरेका छन्।
राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने प्रमुख राजनीतिक दल सत्ता स्वार्थमा लाग्दा जनतामा अन्यौल बढेको छ।”
केन्द्रीय सदस्य बर्तौलाले राष्ट्रियता, सार्वभौमिकता र संसदीय प्रजातन्त्रको प्रवद्र्धनका लागि राप्रपाको भूमिकालाई अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको बताउँदै राष्ट्रको बहुसङ्ख्यक जनता भोक र कोभिड–१९ को सङ्क्रमणबाट पीडा बोध गरिरहँदा पनि सरकारले जिम्मेवार भएर जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाए।
राप्रपाका केन्द्रीय सदस्य बालकृष्ण कार्की, मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने र हेटौँडा नगरका अध्यक्ष गुरुप्रसाद सापकोटाले प्रदेश र स्थानीय सरकारले जनहितका निम्ति कार्य गर्न नसकेको र कोभिड–१९ को सङ्क्रमितलाई तत्काल उपचार गर्न नसकेको बताउँदै यस प्रदेशका १३ वटै जिल्ला अस्पताललाई कोभिड अस्पतालको रुपमा स्थापना गर्न प्रदेश सरकारसँग माग गरे। रासस