कोरोना त्रास बढेसँगै म्याग्दीमा नेकपा र कांग्रेसले गरे कार्यक्रम स्थगित
२५ असोज २०७७
•
२ मिनेट पाठ
कोरोना त्रास बढेसँगै म्याग्दीमा नेकपा र कांग्रेसले गरे कार्यक्रम स्थगित
कोरोना भाइरसको संक्रमणको त्राससँगै म्याग्दीका दुई ठूला राजनीतिक दलले आफ्ना नियमित कार्यक्रम स्थगित गरेका छन्। दैनिक पार्टी प्रवेशसहितका भेटघाट कार्यक्रममा ब्यस्त रहेका नेकपा र नेपाली कांग्रेस म्याग्दीले कोरोना त्रासलाई मध्यनजर गरी अर्को सूचना जारी नहुदाँसम्मलाई नियमित कार्यक्रम स्थगित गरेको जनाएका छन्।  




नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले महाधिवेशन केन्द्रित कार्यक्रमलाई कोरोनाको जोखिमका कारण स्थगित गरेको विज्ञप्तीमा उल्लेख छ। ‘जमघट हुने कार्यक्रम सञ्चालन हुदैन,‘कोरोनबाट जिल्लाबासीलाई जोगाउन आवश्यक रचनात्मक सहयोग गछौं’ गर्बुजाले भने।  

जिल्ला र स्थानीय तह केन्द्रित कार्यक्रममा ब्यस्त रहेका नेता तथा कार्यकर्तालाई आफ्ना गतिविधिलाई स्थगित गरी कोरोना संक्रमणबाट जोगिने अभियानमा केन्द्रित रहन अपिल गरेको सभापति गर्बुजाले बताए। यता नेकपाका सचिव हरिकृष्ण श्रेष्ठले पार्टीको पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरिएको बताए। ‘अर्को सूचना जारी नहुदाँसम्म नियमित गतिविधिहरु स्थगित गरिएको छ,‘जिल्लाको निर्णयलाई गाउँ कमिटीसम्म लागू हुन्छ’ श्रेष्ठले भने। उनले पार्टीले औपचारिक रुपमै निर्णय गरिसकेको अवस्थामा नेता कार्यकर्तालाई समेत निर्णय अनुसार अगाडी बढ्ने अपिल गरे। एक महिना यता दुवै राजनीतिक दलले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समितिमा आयोजित सर्वपक्षीय बैठकमा गरेको निर्णयलाई बेवास्ता गर्दै गाउँगाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका थिए।  

जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको मसि सुक्न नपाउँदै सांसद, जनप्रतिनिधि, सत्तापक्ष र प्रतिपक्ष दलले नै प्रतिबद्धता उल्लंघन गरेपछि आलोचना समेत भएको थियो। एक राजनीतिक दलले अर्को पार्टीको कार्यकर्ता तानातानमा केन्द्रित भएपछि राजनीतिक दल, जनप्रतिनिधिबाटै जनस्वास्थ्यको मापदण्ड उल्लंघन भएको थियो। जिल्लादेखि गाउँसम्म दलीय गतिविधि झट्ट हेर्दा निर्वाचनको झल्को दिने जस्ता थिए। राजनीतिक दलका गतिविधिले कोरोनाको जोखिमसँगै थप त्रासको जोखिमलाई मध्यनजर गरी प्रजिअ उमाकान्त अधिकारीले प्रतिबद्धता अनुसार कोभिडको अभियानमा साथ दिन राजनीतिक दललाई पुनः अपिल गरेका थिए।  

म्याग्दीमा समुदायमै कोरोना संक्रमणको जोखिम बढेपछि राजनीतिक दलले आफ्नो अभियानलाई स्थगित गरेकोमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले समेत स्वागत गरेको छ। ‘राजनीतिक दलको पछिल्लो निर्णयले उत्साहित भएको छु,‘सबै मिलेर कोरोना केन्द्रित अभियानका जुट्नुपर्छ’ प्रजिअ अधिकारीले भने। उनले म्याग्दीमा राजनीतिक दलमा सहमति र सहकार्यको अवस्था रहेकाले जिल्लाका साझा मुद्धा र आवश्यकतामा सँगै हिड्ने वातावरण बनेको बताए।  

कोरोनाबाट जोगिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको हुबहु कार्यान्वयन गर्नुपर्ने प्रजिअ अधिकारीको भनाई छ। म्याग्दीबाट उपचारका लागि पोखरा गएका दुई महिलामा कोरोना पुष्टि भएपछि जिल्लामा बाहिरी जिल्लाबाट आवतजावतमा समेत थप कडाई गरिएको छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२० मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस