राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मनिस गहतराज यही असोज १० गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरे। पार्टी प्रवेश गरेको एक महिना नपुग्दै गहतराजलाई ठूलै सफलता प्राप्त भयो। जबकी नेकपामा लामो समयदेखि इमान्दारीताका साथ त्याग, बलिदानी र पार्टीमा आफ्नो श्रम लगानी गरेका नेता तथा कार्यकर्ताले उपलब्धि पाउन सकेका छैनन्।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले अबीर लगाएको नौ दिनमा राजपत्र अङि्कत तृतीय श्रेणीको सेवासुविधा पाउने गरी उनलाई स्वकीय सचिव पदमा नियुक्त गरे। जसले लामो समयदेखि पार्टीमा योगदान पुर्याउँदै आएका नेता कार्यकर्ता रुष्ट बनेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका निजी सचिव शेरबहादुर रोकायाको हस्ताक्षर भएको नियुक्तिपत्रमा मन्त्री बुढाको आदेशानुसार नियुक्ति गरिएको उल्लेख छ।
अर्काे रोचक कुरा केछ भने भर्खरै नियुक्ति पाएका गहतराजले साउनदेखि सेवा सुविधा पाउने छन्। काम नगरेको महिनाको समेत तलबलगायतका सुविधा दिँदा रकम दुरुपयोग हुने नेकपाकै कार्यकर्ताहरूको भनाइ छ।
डोल्पा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका मन्त्री बुढाले यसभन्दा अघि डोल्पाकै डम्बर बुढालाई स्वकीय सचिव नियुक्त गरेका थिए। डम्बरले चैतदेखि स्वकीय सचिवबाट राजीनामा दिएपछि उनले हालसम्म कसैलाई नियुक्ति गरेका थिएनन्। ‘मन्त्रीज्यूले कसैसँग सरसल्लाह नगरि नियुक्ति गर्नुभयो,’ नाम नबताउने सर्तमा एकजना नेकपाका नेताले भने, ‘इमान्दार नेता तथा कार्यकर्ताको मूल्यांकन गर्न सक्नु भएन।’ जसले गर्दा नेकपाका नेता तथा कार्यकर्ताको उत्साह घटेको उनको भनाइ छ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढाले भने पार्टीमा लामो समयसम्म योगदान गरेका भन्दा मन्त्रीका विश्वासिला पात्र नियुक्ति गर्ने प्रचलन भएको बताए। ‘स्वकीय सचिव नियुक्ति गर्दा मन्त्रीलाई विश्वास लाग्ने हुनुपर्छ,’ उनले भने, ‘पार्टीमा गरेको योगदानसँगै प्रभाव पनि हेरिन्छ।’ यति लामो समयदेखि खाली भएको स्वकीय सचिवमा नेकपाका नेता तथा कार्यकर्ता मलाई स्वकीय सचिवमा नियुक्ति गर्नु पर्यो भनि नआएको उनको भनाइ छ। ‘यति लामो समयसम्म नियुक्तिको लागि कोही आउनु भएन,’ उनले भने, ‘मैले विश्वासिलो पात्र नियुक्ति गर्दा आलोचित हुनुपर्ने कुरै छैन।’
मन्त्री बुढा पनि पहिला राप्रपाबाट तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले राप्रपाको पूरै समूह तत्कालीन नेकपा एमालेसँग एकीकरण गरेका थिए। उनी प्रदेशसभामा तत्कालीन नेकपा एमालेबाट टिकट पाएर विजयी भएका हुन्। मन्त्री बुढाले नियुक्ति गरेका गहतराज लुम्बिनी प्रदेशको पाल्पा स्थायी ठेगाना भइ हाल वीरेन्द्रनगर नगरपालिका–३, मा बस्दै आएका छन्।