प्रदेश ५ः नाम र राजधानीका लागि प्रदेशको ४२ लाख स्वाहा, प्रस्ताव भने केन्द्रबाट आयो
१७ असोज २०७७
•
५ मिनेट पाठ
प्रदेश ५ः नाम र राजधानीका लागि प्रदेशको ४२ लाख स्वाहा, प्रस्ताव भने केन्द्रबाट आयो
बिशेष समिति गठन गरि लाखौं खर्च गरेको प्रदेश ५ को स्थायी राजधानी र नामाकरण अन्तत पार्टीको निर्देशनमा टुंगोमा पुग्ने भएको छ। प्रधानमन्त्री केपि शर्मा ओलीका विश्वासपात्र मुख्यमन्त्री एंव नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले पार्टी केन्द्रका अध्यक्षद्धयबीच सहमति गराएर प्रदेशको स्थायी केन्द्र र नामाकरण टुंग्याउने गरि प्रक्रिया अघि बढाएका हुन्। कोरोना कहरका कारण स्थिती सहज नभइसकेको विषयम परिस्थितीमा नेकपा भित्रको आन्तरीक द्धन्द्धमा खेलेर मुख्यमन्त्रीले आफ्नै गृहजिल्लामा राजधानी हुने गरि प्रदेशसभामा प्रस्ताव पेश गराउन सफल भएका छन्।




संविधानले प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने अधिकार प्रदेशसभालाई दिएको छ। तर, प्रदेश न. ५ सरकारले भने तीन वर्ष राजधानी र नामकरण बिशेष समितिका नाममा प्रदेशसभामा लगेन। प्रदेशसभाले २०७५ साउन २४ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु सम्मिलित १५ सदस्य बिशेष समितिलाई सर्वसहमतीको प्रस्ताव सिफारिश गर्न जिम्मा दिएको थियो।

बिशेष समितिले भारत भ्रमणमा १८ लाख १७ हजार रकम खर्च गरेको थियो भने तीनजना विज्ञका लागि १० लाख ८२ हजार पारिश्रमिक उपलब्ध गराइएको थियो।
उक्त समितिले २०७६ साल मंसिरमा प्रदेशसभा मार्फत सरकारलाई रुपन्देही, कपिलबस्तु र दाङ क्षेत्रलाई स्थायी केन्द्र तोक्नुपर्ने कारणसहितको नागरिकको सुझावसहितको प्रतिवेदन बुझाएको थियो। यो प्रतिवेदन बुझाएको १० महिनापछि सरकारले प्रदेश राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेको छ। स्थायी राजधानी तथा नामाकरण बिशेष समितिले तीन क्षेत्रलाई विकल्पका रुपमा प्रस्तुत गरेपनि सरकारले भने दाङको देउखुरी क्षेत्रलाई प्रस्ताव गरेको छ।  

बिशेष सिफारिश समितिको प्रतिवेदनलाई आधार बनाएर सरकारले स्थायी राजधानी र नामाकरणको प्रस्ताव गरिएको भनिएपनि बिशेष समितिकै सांसदहरु भने असन्तुष्ट छन्। बिशेष समितिका सदस्य तथा नेकपाका सांसद विष्णु पन्थीले सरकारले दाङको देउखुरी र अर्घाखाँचीको शितगंगालाई समेत समेटेर स्थायी केन्द्र बनाउने प्रस्ताव आफूहरुले दिएको प्रतिवेदन अनुसार नभएको बताए। ‘नामको सवालमा हामीले प्रस्ताव गरेको मध्येकै छ, तर स्थायी राजधानीको विकल्प दाङ मात्र भनेका छैनौं’ उनले भने। उनका अनुसार सरकारले प्रस्ताव गरेको स्थायी राजधानीका विषयमा आफ्नो समर्थन नहुने बताए। ‘सबैका लागि उपयुक्त कपिलबस्तु नै छ, प्रदेशसभाको सांसदको अधिकार मैलै प्रयोग गर्छु’ उनले भने।  

बिशेष समितिले प्रदेशसभा मार्फत सरकारलाई बुझाएको प्रतिवेदन भने अहिलेसम्म गुपचुप राखिएको छ। शुक्रबार नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने सहमति भएको जनाउ दिँदै मन्त्रिपरिषदबाट प्रस्तावका रुपमा प्रदेशसभामा प्रस्ताव पेश गरिएको थियो।  

‘लोकतान्त्रि व्यवस्थामा यति सार्वजनिक महत्वको प्रस्ताव छापामार शैलीमा ल्याइयो’ राजधानी सिफारिश बिशेष समितिका सदस्य समेत रहेकी प्रदेशस सांसद कल्पना पाण्डेले भनिन्। ‘बिशेष समितिले त्यति समय लगाएर दिएको सुझावलाई मनन गर्न नपर्ने भए राज्यको ढुकुटी किन सिध्यायो’ उनले भनिन्।  

बिशेष समितिले गर्‍यो व्यर्थको ४२ लाख खर्च  

नेकपाको केन्द्रीय तहको निर्देशन र निर्णयमा राजधानी टुंगिने निश्चित भएपछि राजधानी सिफारिश समिति गठन गरि गरिएको खर्चको परिणाम व्यर्थ सावित भएको छ।  

समितिले १२ वटै मा सुझाव संकलन गर्नुका साथै राजधानीको स्वरुप कस्तो बनाउने भन्ने विषयमा भारतको चण्डीगढ र हरियाणा भ्रमण समेत गरेको थियो। पटक–पटक बैठक, विज्ञ नियुक्ति गर्दा राज्यको लाखौं रकम खर्च भएको छ।  

नागरिकको करको दुरुपयोग गरि आफ्ना मान्छेलाई पोस्ने र राज्य श्रोत दोहन गर्ने काम भएको पारदर्शी सरोकारका अध्यक्ष तथा अधिवक्ता महेन्द्र पाण्डे बताउँछन्। नेताहरुको निर्णयका आधारमा राजधानी तोक्नुपर्ने भए राज्यको लाखौं श्रोत दोहन गर्न सुशासनका हिसाबले लाज मान्नुपर्ने उनको तर्क छ। ‘बिशेष समितिका लागि जुन रकम खर्च भयो, त्यसको प्रभावकारिता, मितव्ययता र औचित्यता पुष्टि गर्न सकेन’ उनले भने।  

प्रदेशसभा सचिवालयका अनुसार बिशेष समितिले १६ महिनाको अवधिमा ४२ लाख १६ ५ सय २५ रुपैयाँ खर्च गरेको छ। १५ सदस्यीय उक्त समितिका संयोजक दिपेन्द्रकुमार पुन मगरले गाडी सुविधा पाएका थिए।  

बिशेष समितिले आफ्नो कार्यअवधिमा सबैभन्दा बढी खर्च भारत अध्ययन भ्रमणका नाममा १८ लाख १७ हजार १ सय १६ रुपैयाँ खर्च भएको थियो। जसमा यातायातका लागि मात्रै ४ लाख १० हजार ८ सय २२ रुपैयाँ खर्च भएको हो। प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार १२ जिल्लामा सुुझाव संकलनका क्रममा १३ लाख १७ हजार३ सय ९२ रुपैयाँ खर्च भएको छ। यसमा दैनिक भ्रमणभत्तामा ४ लाख १९ हजार १ सय ७५ रुपैयाँ, ३ लाख ६४ हजार ३ सय ८२ रुपैयाँ सवारी साधन भाडा तथा इन्धनमा खर्च भएको छ। यस्तै होटलमा खाना, तथा खाजाको लागि २ लाख ७३ हजार ८ सय ९५ रुपैयाँ खर्च भएको छ।  

विज्ञका लागि करिव ११ लाख खर्च  

बिशेष समितिले एक चरणको प्रतिवेदन तयार पारिसकेपछि मुख्यमन्त्री शंकर पोखरेलले सर्वस्विकार्य बनाउनका लागि भन्दै विज्ञहरुको सुझाव आवश्यक पर्ने भन्दै विज्ञ नियुक्ति गरि बिशेष समितिले काम गरेको थियो। जसमा भूगोलविद् प्राध्यापक डा. कृष्ण पौडेल, सुरक्षाविद् उपरथी शिवराम प्रधान र वातावरणविद् सहप्राध्यापक डा. उद्धवराज खड्कालाई नियुक्त गरिएको थियो। यी तीनै विज्ञहरुको सुझावलाई समेत समेटेर बिशेष समितिले सरकारलाई प्रतिवेदन बुझाएको थियो। विज्ञ नियुक्तिमा १० लाख ८२ हजार १७ रुपैयाँ पारिश्रमिक वापत रकम खर्च भएको छ। यसमध्ये भूगोलविद् पौडेल सुरक्षाविद् प्रधानले प्रति व्यक्ति ३ लाख ८९ हजार एक सय रुपैयाँका दरले पारिश्रमिक बुझेका छन्।  

यसैगरि वातावरण विद् खड्काले ३ लाख ३ हजार ८ सय १७ रुपैयाँ पारिश्रमिक वापत रकम बुझोका थिए। यो विज्ञ समितिले ०७६ जेठ ११ देखि मंसिर ३० गतेसम्म गरि जम्मा ६ महिना २० दिन काम गरेको थियो। नेकपा पार्टी केन्द्रले निर्देशन पठाएर टुंग्याउन भनेपछि प्रदेशसभाको अधिकार समेत कुण्ठित भएको सांसदहरुले नै प्रतिक्रिया दिएका छन्।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१ घण्टा अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
यो पनि पढौँ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस