नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । असन्तुष्ट पक्षले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि पनि विभागहरू गठन र सदस्य मनोनित गर्ने काम जारी राखेको भन्दै त्यसलाई रोक्न माग गर्दै लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।
नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले संयुक्तरुपमा हस्ताक्षरसहितको पत्र बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराउँदै उनीहरूले महाधिवेशनलाई अनुचित प्रभाव पार्ने काम बन्द गर्न आग्रह गरेका छन् ।
विधि र पद्धति मिचेर हाल गठन भएका विभागहरू स्वीकार्य नहुने जनाउँदै उनीहरुले भनेका छन्, ‘आशन्न महाधिवेशनको स्वच्छता एबं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो विधान एबं निर्वाचिन आचारसंहित विपरीतका मनोनयन र नियुक्तहरूलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण तका नेता, कार्यकर्ता एबं शुभेच्छुक साथीहरूलाई आह्वान गर्दछौं ।’
असन्तुष्ट पक्षको बुधबार बसेको भेलाले सभापति देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्न सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।
विभाग गठन, अनुशासन समितिको नाममा अर्को पक्षलाई तर्साउने र अन्य पार्टीबाट आएको नाउमा सभापतिले धेरै जिल्लामा क्रियाशील सदस्यता थप गरेर महाधिवेशन प्रभावित गर्न लागेको उनीहरूको आरोप छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहेको छ।
पछिल्लो परिणामअनुसार तीन हजार ५९५ मत गणना गरिँदा कोइरालाले दुई हजार ९४० मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। दोस्रो स्थानमा रहेका नारायणप्रकाश साउदले दुई हजार २६१, तेस्रो स्थानमा रहेका बालकृष्ण खाँणले दुई हजार २०७, चौथोमा रहेका उदयशम्शेर राणाले दुई हजार १६७ तथा पाँचौँ स्थानमा रहेका रामहरि खतिवडाले दुई हजार १४७ मत प्राप्त गरेका छन्।
यस्तै रमेश लेखकले दुई हजार १३१, ज्ञानेन्द्रबहादुर कार्कीले दुई हजार १२७, शङ्कर भण्डारीले दुई हजार ११२, जीपछिरिङ लामाले दुई हजार ३५, अर्जुननरसिंह केसी दुई हजार ३०, गोपालमान श्रेष्ठले एक हजार ९५२, जीतजङ्ग बस्नेतले एक हजार ९३९, नैनसिंह महर एक हजार ८८३, सुनिलबहादुर थापाले एक हजार ८८१ र डा रामशरण महतले एक हजार ८७५ मत प्राप्त गरेका छन्। उनीहरु क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ, चौथौँ र पन्ध्रौँ स्थानमा रहेका छन्।
यसैगरी मत परिणामअनुसार ३५औँ स्थानसम्म क्रमशः दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजिव ढुङ्गाना, सञ्जयकुमार गौतम, प्रा.डा.गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजङ्ग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र इन्जिनियर मोहन आचार्य रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। खुला केन्द्रीय सदस्यमा कांग्रेसको विधानअनुसार ३५ जना सदस्यमा निर्वाचित हुने व्यवस्था छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...