प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बसेको बैठकले महाधिवेशनको संशोधित कार्यतालिका तय गरेको छ । संशोधित कार्यतालिकालाई अनुमोदन गर्न मंगलबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक कांग्रेसले बोलाएको छ । कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ । यसअघि नै महाधिवेशनको कार्यतालिका संशोधन गरीसकेको कांग्रेसले संगठन समायोजनसहितका नौ चरणको तालिका संशोधन भएका छन् ।
फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने पार्टीको यसअघिको मितिलाई कायमै राखेर नयाँ कार्यतालिका पेस गर्न सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार महामन्त्री पूर्णबहादुर खड्काले संशोधित कार्यतालिका पेस गरेका थिए । उनले पदाधिकारी बैठकमा पेस गरेको कार्यतालिका अनुसार असार मसान्ताभित्र संगठन समायोजनको काम सक्न जिल्लाहरूलाई समय दिइने भएको छ । अझै २६ जिल्लाको संगठन समायोजन सक्न बाँकी भएपछि कांग्रेसले निर्वाचन समितिसँगको परार्मसमा समायोजनका लागि नयाँ निर्देशीका पठाइने भएको छ ।
महाधिवेशनको प्रारम्भीक चरण अन्र्तगत सदस्यता वितरण र नविकरण सुरु गरेको कांग्रेसले अब साउन मसान्तासम्म सदस्यता वितरणको समय दिने भएको छ । यसअघि चैतसम्म मात्र समय तोकिएको थियो । अहिलेसम्म संगठन समायोजनको काम सकेका ४० जिल्लाले सदस्यता नविकरण र नयाँ वितरणको काम सुरु गरिसकेका छन् ।
सदस्यता छानविनसहितका सात चरणको काम सकेर सभापतिले सदस्यताको प्रमाणित प्रतिलिपि मंसिर मसान्ता भित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने उल्लेख छ । यसअघि उक्त मिति साउन मसान्ताका लागि तय गरिएको थियो ।
त्यसैगरी कात्तिक १६ गतेबाट सुरु गर्ने भनिएको गाउँ÷नगर अधिवेशन दुई महिना पर पुस ६ गते देखि गर्नेगरी संशोधन गरिएको छ । संशोधित कार्यतालिका अनुसार पुस ८ गते,गाउँ÷नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्र पुस १३ गतेका लागि तय भएको छ ।
कात्तिक २५का लागि तय भएको जिल्ला अधिवेशन पुस १६ गते गर्ने निर्णय गर्दै कांग्रेसले प्रदेश अधिवेशन माघ ६ गतेका लागि प्रस्ताव गरिएको छ । यसअघि प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने कांग्रेसले निर्णय गरेको थियो । तर, कोरोना भाइरसको संक्रमणसँगै सदस्यता वितरणसहितका सम्पूर्ण काम रोकिएपछि सभापति देउवाले महाधिवेशन टार्न लागेको भन्दै इतर समुहले आलोचना गर्दै आएका छन् ।
यसैबीच केन्द्रीय समितिको बैठकमा राज्य व्यवस्था समितिको बैठकबाट वैवाहिक अंगिकृतसहित नागरिकताका विषयमा संविधान विपरित गरेको निर्णयका विषयमा पनि पार्टीले आधिकारी धारणा बाहिर ल्याउने छ ।
इटहरी । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्। उनले आगामी मंसिर १७ गते विवाह गर्न लागेको सार्वजनिक गर्दै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। उनले आफ्नो विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे। ‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु। आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु।’ गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको बताए। आफूले अहिले आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ। ‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई मन छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने। उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ। ‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन। दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो। त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने। गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि बताए। पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए। उनले गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याए। आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो। ‘गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला। तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ। त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने। विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए। यद्यपि, समारोहलाई निकै सीमित र सामान्य बनाउने उनको योजना छ। सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्याएको योगदान पनि स्मरण गरे। आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति आभार व्यक्त गरे। उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए। सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे। आफू अप्ठ्यारोमा पर्दा विभिन्न आरोप र आलोचनाबीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो। उनले आफ्नो समुदायले सिकाएको देशप्रेमको पाठलाई आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने बताए। ‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ। मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने। गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धिका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए। नागरिकको सुरक्षा र देशको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...