प्रदेशमा पनि प्रेसमाथि अंकुश
१६ माघ २०७६
•
५ मिनेट पाठ
प्रदेशमा पनि प्रेसमाथि अंकुश
धनगढी – संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा रहेको दण्ड, जरिवानाबरे विभिन्न सञ्चारकर्मी तथा संघसंस्थाको लामो विरोधपछि राष्ट्रिय सभाको विधायन समितिले सो प्रावधान हटाएको छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने पत्रकारलाई जरिवाना गर्नेलगायतका प्रावधानसहित प्रेसमाथि नियन्त्रणमा राख्ने बिधेयक ल्याएको छ। सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत भएको रेडियो, एफएम तथा टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा मन्त्री संयोजक रहेको प्रदेश मिडिया बोर्डले पत्रकारलाई १० हजार देखि १ लाखसम्म जरिवाना तोक्नसक्ने प्रावधान राखिएको छ।




संसारको कुनै पनि देशमा कानुन कार्यान्वयन गर्ने निकायले दण्ड, सजाय दिन पाउने प्रावधान नभएको भन्दै सो प्रावधान संविधानको मर्मविपरीत भएको भन्दै प्रतिपक्ष दल नेपाली काग्रेस, पत्रकार तथा अन्य सरोकारवालाले संशोधनको अवाज उठाएका छन्। नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले भने, ‘मन्त्रीको संयोजकत्वमा गठन भएको प्रदेश मिडिया बोर्ड स्वायत्त र स्वतन्त्र भएन।’ बोर्ड गठन गरे स्वतन्त्र र स्वायत्त गठन गरिनुपर्ने उनको भनाइ छ। मन्त्री संयोजक रहेको बोर्डले पत्रकारलाई जरिवाना दिने प्रवधान संसारमा कतै नभएको नमिल्दो रहेको उनले बताए।

यसैगरी, बुधवार धनगढीमा आयोजना भएको पत्रकारको भेलाले पनि सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकले प्रेसलाई संकुचित गर्ने र पत्रकारले निर्वाद रुपमा लेख्ने वातावरण हुन नसक्ने भन्दै संशोधन हुनपर्ने धारणा राखेका छन्।‘प्रेस स्वतन्त्रताविरोधी विधेयकमा रहेका प्रावधान शंसोधन गर्न माग राख्दै सम्पूर्ण सञ्चारकर्मीले विधायन समितिका सभापति, आन्तरिक मामिला तथा कानुनमन्त्री र सभामुखलाई ज्ञापनपत्र दिने निर्णय भेलाले गरेको छ,’ प्रेस युनियन कैलालीका अध्यक्षले श्रवण देउवाले भने।

विधेयकको मस्यौदामाथि सुदूरपश्चिमका नौवटै जिल्ला र प्रदेशस्तरमा गरी १० पटक सरोकारवालासँग छलफल गरेर सुझाव संकलन गरिए पनि ती सझाव सुझाव समावेश नगरी विधेयक ल्याइएको छ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको संविधानले दण्ड सजाय तोक्ने अधिकार अदालतलाई दिएको हुनाले विधेयकमा सो उल्लेख गर्नु जरुरी नरहेको बताए। उनले मन्त्रीको अध्यक्षतामा बोर्ड गठन गर्नुभन्दा मन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन हुनुपर्ने र मिडिया बोर्ड छुट्टै निकायका रूपमा गठन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। ‘लोकतन्त्रमा मिडियालाई वाध्य पारेर यस्तो गर उसो नगर भन्न मिल्दैन, निर्देशित पत्रकारिता हँुदैन,’ उनले भने।

विधेयकको दफा ३ मा आन्तरिक मामिला तथा कानुनमन्त्रीको अध्यक्षतामा प्रदेश मिडिया बोर्ड गठन गर्ने व्यवस्था गरिएको छ। बोर्डका सदस्यमा मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष र सदस्य सचिवमा मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख रहने व्यवस्था गरिएको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधवार प्रदेश सभा सचिवालयमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेको छ। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले संशोधन प्रस्ताव दर्ता गरेका हुन्। संविधानको मर्मविपरीत प्रेसमाथि नियन्त्रण गर्ने नियतले बिधेयक ल्याइएकोले संशोधन प्रस्ताव दर्ता गरिएको उनले बताए।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
३ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस