नेकपाले कमान्डर तोक्यो, कांग्रेस अझै अलमलमा
२० कार्तिक २०७६
•
६ मिनेट पाठ
नेकपाले कमान्डर तोक्यो, कांग्रेस अझै अलमलमा
पोखरा – उपनिर्वाचन नजिकिँदै आउँदा कास्कीमा राजनीतिक सरगर्मी बढेको छ। उपनिर्वाचनका लागि साना दलले उम्मेदवार घोषणा गर्नेदेखि घरदैलो अभियान थालिसकेका छन भने ठूला दल उम्मेदवार चयन र सम्भावित मत परिणाम जोड घटाउमा जुटेका छन्। प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा कास्की २ मा उपनिर्वाचन हुँदैछ।




कास्की–२ मा नेकपाले विद्या भट्टराइलाई उम्मेदवार बनाएको छ। भट्टराईलाई जिताउन सम्पूर्ण पार्टी परिचालन गर्ने निर्णय गरेको नेकपा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए। ‘वैचारिक स्पष्टता, प्रभावकारी परिचालन र आक्रामक प्रचारसहित उपनिर्वाचनमा भट्टराईलाई जिताउने हाम्रो लक्ष्य हो,’ मंगलबार आयोजित पत्रकार भेटघाटमा थापाले भने, ‘त्यसका लागि निर्वाचन हुने ११ वटै वडामा निर्वाचन परिचालन समिति बनाएर अघि बढ्ने तयारी छ।’

तत्कालीन पर्यटनमन्त्री एवं प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ रिक्त छ। भट्टराई अधिकारी पत्नी हुन्। प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीको नेतृत्वमा ‘हाई कमान्ड’ टिम बनाएर प्रचारप्रसार थाल्ने अध्यक्ष थापाले बताए। ‘यसअघिको चुनावी प्रतिबद्धता इमानदारी साथ पालना गरेकाले नेकपालाई विजयी हुन कठिन छैन,’ थापाको दाबी छ, ‘हामीले अघिल्लो चुनावमा सुशासन अग्रगतिमा दिन्छांै भनेका थियौं, अहिले जनताले त्यसको अनुभूत गरेका छन्। त्यस्तै विकासको लहर पनि चलेको छ। सरकारले जनता र देशप्रति जवाफदेही भएर काम गरेको छ।’

उपनिर्वाचनमा मतदातासमक्ष जाँदा स्थानीय, प्रदेश र संघीय सरकारले गरेका कामको श्वेतपत्र लिएर जाने उनले बताए। यसअघि निर्वाचनमा अधिकारीले २७ हजार २ सय ७ मत पाएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए। उपनिर्वाचनमा अघिल्लो चुनावमा भन्दा थप ५ हजार बढी मत ल्याएर नेकपाले जित्ने थापाले बताए। ‘अघिल्लो पटकभन्दा थप ५ हजार बढी मत ल्याएर १३ हजारको अन्तरमा उपनिर्वाचन हामीले जित्छौं,’ उनले भने, ‘जनताको सेवा गरेकाले यो पटक पनि सहजै जित हात पार्छाै।’

अर्काे ठूलो दल नेपाली कांग्रेसले भने बाहिर देखिने गरी चुनावी गतिविधि सुरु गरिसकेको छैन। तर आन्तरिक तयारी भने तीव्र पारेको उसले जनाएको छ। उम्मेदवार टुंगो नलागे पनि कांग्रेस नेता कार्यकर्ता भेटघाटमा व्यस्त छन्। कांग्रेस कास्कीले उम्मेदवारमा सम्भावित १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। यसअघिका उम्मेदवार चालिसेसहितको नाम केन्द्रमा सिफारिस भए पनि मंगलबार बेलुकीसम्म उम्मेदवारको टुंगो लागिसकेको छैन।

कांग्रेस जिल्ला सदस्य नवीन सिग्देलले भने, ‘केन्द्रमा पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाउने भने पनि टुंगो लगाउन नसक्दा चुनावी माहोल नदेखिएको मात्र हो। आन्तरिक रणनीति र तयारी तीव्र छ। उम्मेदवारको पर्खाइ मात्र छ।’

क्षेत्रीय समितिको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले सम्भावित १६ जनाको नाम केन्द्रमा पठाए पनि चालिसे र धनराज गुरुङमध्ये एक उम्मेदवार हुने सम्भावना रहेको नेताहरुले बताएका छन्। गुरुङ छिमेकी जिल्ला स्याङजाका नेता हुन्। गुरुङको नाम सम्भावित उम्मेदवारको रुपमा सार्वजनिक भएपछि कास्की बाहिरबाट उम्मेदवार नबनाउन भन्दै धेरै कार्यकर्ताको सुझाव आएको पनि नेताहरुले बताएका छन्।

‘मण्डप तयार भएको छ। तर, बेहुला तयार नहुँदा अन्योल जस्तो देखिएको मात्र हो,’ सिग्देलले भने, ‘तर विवाह नै नहुने होइन।’ जस्तोसुकै परिस्थितिमा पनि यो पटक रिजल्ट आफ्नो पक्षमा ल्याउने आन्तरिक रणनीति कांग्रेसले बनाइसकेको उनले बताए।

कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन्। कास्की २ मा यसअघि ७० हजार ६ सय ५१ मतदाता रहेकोमा अहिले यो संख्या बढेर ७१ हजार ८ सय ७१ पुगेको निर्वाचन कार्यालयले जनाएको छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
यो पनि पढौँ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस