प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ६ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ।
त्यसअघि प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै छन्।
बैठकमा स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका विषयमा सम्बोधन गर्ने बताइएको छ।
६ दिने लामो स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी असार १४ गते स्पेन प्रस्थान गरेका थिए।