कांग्रेस बैठकमा आरोपप्रत्यारोप
१९ असार २०८२
•
३ मिनेट पाठ
कांग्रेस बैठकमा आरोपप्रत्यारोप
नेपाली कांग्रेसका नेताहरू जारी केन्द्रीय समिति बैठकमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका छन्। असार १६ देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा सदस्यहरू मुलुकमा विद्यमान राजनीतिक अवस्था र त्यसलाई निकास दिने उपायको साटो व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका हुन्।




मुलुक र पार्टीभन्दा व्यक्ति केन्द्रित छलफलको क्रमले बुधबार पनि निरन्तरता पायो। बुधबारको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेत महामन्त्री गगनकुमार थापाविरुद्ध खनिएका छन्। टेरामक्स प्रकरणमा मुद्दा खेपिरहेका प्रतिनिधिसभाका निलम्बित सांसद् बस्नेतले आफूविरुद्ध महामन्त्री  थापा संसद्देखि बाहिरसम्म लागिपरेको आरोप लगाए।

थापाकै कारणले आफूविरुद्ध अख्तियारले छानबिन गरेको आरोप लगाउँदै उनलाई उधृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने, ‘महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्मै पनि लाग्नुभयो। तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो।’

आफूविरुद्ध लाग्नेको ढिलोछिटो पालो आउने दाबी गरेका उनले बैठकमा भनेका छन्, ‘हेरौंला, कोही चोखो हुनेवाला छैन। सग्लै चोखिनेवाला कोही छैन।’ महामन्त्री थापाले बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन्।

मंगलबारको बैठकमा अर्का केन्द्रीय सदस्य विनोद चौधरी शेखर कोइरालाप्रति खनिएका थिए। सोमबारको बैठकमा बोल्ने क्रममा कोइरालाले चौधरी केन्द्रीय सदस्य उम्मेदवार बन्न योग्यता र मापदण्डका विषयमा प्रश्न उठाएका थिए। कोइरालाको भनाइको प्रतिवाद गर्दै चौधरीले सारा विधि, पार्टी नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिप्रेक्ष्यको विश्लेषण र त्यसपछिको निर्णयअनुसार अघि बढेको दाबी गरे।

आफूलाई आम निर्वाचनमा हराएर हृदयश त्रिपाठीलाई कोइरालाले सघाएको आरोप पनि लगाए। मलाई हराउन हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले कसरी पार्टीलाई हाँक्न सक्छ भन्ने प्रश्न चौधरीले गरे। कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल कोइराला निकट हुन्।

कांग्रेस विधानअनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था छ। कांग्रेसको क्रियाशील सदस्य १० वर्ष नपुगी चौधरी केन्द्रीय सदस्यको उम्मेदवार बनेको भन्दै उनका विषयमा प्रश्न उठ्दै आएको थियो। र, कोइरालाले अनुशासनको कारबाही नेता हेरेर गरिएको गुनासोसहित चौधरीको नाम बैठकमा उल्लेख गरेका थिए।

बैठकमा कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीले प्रदेश कार्यसमितिलाई बेवास्ता गर्दा तल्लो तहले पनि आफ्ना कुरा नसुनेको गुनासो गरेका छन्। प्रदेश समितिलाई प्रस्ट भूमिका दिनुपर्ने र बरियता समेत नतोक्दा आफूहरू निरीह बन्नुपरेको गुनासो सभापतिहरूले गरेका छन्। बैठकमा सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर, लुम्बिनीका सभापति अमरसिंह पुन र बागमतीका सभापति इन्द्र बानियाँले केन्द्रले अधिकार नदिने, प्रदेशका मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले नटेरेको गुनासो गरेका हुन्। संविधानले प्रदेशलाई दिएको महत्त्वका आधारमा  पार्टीले पनि प्रादेशिक संरचना बनाए पनि अभ्यासमा हदैसम्मको कमजोरी गरेको आरोप लगाएका छन्।

बैठकले नेपाल तरुण दलको महाधिवेशन निर्देशन समितिको प्रस्तावअनुरूप मंसिर २६ देखि २८ सम्म अनिवार्य सम्पन्न गर्ने निर्णय गरेको छ। सोही समयसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरुण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ।

बैठकमा केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, शिवप्रसाद हुमागाइँ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सिनाका साथै आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), इन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आआफ्नो धारणा राखे। बैठक बिहीबार साढे १२ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।
अर्को समाचार
सत्ता पल्टाउने दौडधुपमा कोइराला
०५ साउन २०८२
•
३ मिनेट पाठ
सत्ता पल्टाउने दौडधुपमा कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी महानमन्त्री गगन थापाको सहयोगबिना नै सरकार फेरबदल गर्ने कसरतमा गरेका छन्। नेता कोइरालाल कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्ने गरी सत्ता ढाल्ने खेलमा अघि बढेका हुन्। तर थापा पक्षका केन्दीय सदस्य कोइरालाको सत्ता पल्टाउने दौडधुप अर्थहीन रहेको बताउँछन्।




कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन भन्दै खुमलटारदेखि भंगालसम्म पुगेर प्रयास गरेका कोइरालाको पछिल्लो गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले आइतबार बिहान बानेश्वर र दिउँसो याक एन्ड यती होटेलमा सांसदसँग छलफल गरे। याक एन्ड यती भेलाबाट बाहिरिँदै गरेका सांसद राजेन्द्र बजागाईंले कोइराला सरकार परिवर्तन गर्नेतर्फ नगलागेको बताए।

पार्टी संसदीय दलको नेता फेर्ने सन्दर्भ भने बाँकी नै रहेको कोइराला पक्षीय सांसदले बताएका छन्। कोइरालाले आफूनिकट सांसदसँग परामर्श गरेका हुन्। तर कोइरालाले परामर्श गरिरहेका बेला महामन्त्री थापा भने साथीहरूसँग बसेर जन्मदिन मनाइरहेका थिए। बिहान कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहित आठ सांसदसँग छलफल गरेका कोइरालाले दिउँसो याक एन्ड यतीमा थप छलफल गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाही सन्तोषजनक नभएको कुरा कोइरालाले सांसदसँग बताएका थिए। ओली नेतृत्वको सरकारमा कोइराला पक्षका ४ मन्त्री छन्। कोइराला–थापा समूह एक ठाउँमा उभिए कांग्रेसका कम्तीमा ३१ सांसद पुग्ने संसदीय दलको निर्वाचन परिणामले पनि देखाएको थियो। तर कोइराला समूहले आफूहरूसँग ४१ सांसद रहेको दाबी गरेका छन्। उनीहरू ५० सांसद आफ्नो पक्षमा ल्याउन लागिपरेका छन्।

संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउन सहज नभए पनि कोइरालाले आफू नेतृत्व परिवर्तन गर्नका लागि तयार रहेको संकेत गरेको भेलामा सहभागी एक सांसदले बताए। संसदीय दलको नेता हुन कोइरालाले पक्षमा ४५ सांसद बनाउनुपर्छ। थापा पक्षले सहयोग नगरे कोइरालाको यात्रा सहज नहुने थापा समूहका एक केन्द्रीय सदस्यले बताए। ‘उहाँले भेला त गर्नुभएछ तर यात्रा सहज छैन, अंक गणित पनि कमजोर छ,’ ती केन्द्रीय सदस्यले भने।

मन्त्रिपरिषद् पुनर्गठन हुन लागेकाले आफ्नो पक्षबाट धेरै सहभागी गराउन कोइरालाले यस्तो गरेको हुन सक्ने कांग्रेसका एक नेताले बताए। कोइरालाले साउन १ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेटेर वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल गरेका थिए। कोइरालासँगको भेटघाटपछि दाहालले सरकार ढाल्ने आन्दोलन थाल्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

कोइरालाको राजनीतिक दौडधुपलाई सत्ता समीकरण फेरबदल गर्ने कसरतका रूपमा विश्लेषण गर्न थालिएको छ। कांग्रेस अनुशासन समितिले कोइराला पक्षका १८ जनालाई कारबाही गरेको छ। त्यसपछि कोइराला सभापति देउवासँग रुष्ट छन्।

कोइरालाले आइतबार साँझ पनि सामाजिक स®ञ्जालमार्फत सरकारको विरोध गरेका छन्। उनले एमालेका राष्ट्रियसभा सदस्यले संघीय निजामती सेवा विधेयकमा राखेको संशोधनप्रति आपत्ति जनाएका छन्। एमालेका सांसदले कुलिङ पिरियड राख्न नहुनेलगायत विषयमा संशोधन प्रस्ताव राखेका छन्। ‘सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न। कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस