‘व्यवस्था ठीक छ, अब नेताहरूको आचरण ठीक हुनुपर्‍यो’
१३ असार २०८२
•
९ मिनेट पाठ
‘व्यवस्था ठीक छ, अब नेताहरूको आचरण ठीक हुनुपर्‍यो’
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशाङ्क कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्। नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छो छोराका रूपमा उनको जन्म विराटनगरमा भएको हो। बाल्य उमेरमा नै भारत निर्वासनमा रहेका प्रतिनिधिसभा सदस्य कोइराला पेसागत दक्षताका हिसाबले आँखा रोग विशेषज्ञ हुन्।




विसं २०४६ र २०६३ मा जनआन्दोलनका क्रममा केही समय प्रहरी हिरासतमा रहेका नेता कोइरालाले चिकित्सक पेसाबाट बाहिरिएपछि महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, दुई पटक केन्द्रीय सदस्य हुँदै १३औँ महाधिवेशनमा पार्टीको महामन्त्रीको जिम्मेवारी सम्हाले।

पूर्वमहामन्त्री कोइराला २०६४ र २०७० सालमा संविधानसभा सदस्य तथा २०७४ र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। शालीन र सरल स्वभावको परिचय बनाएका नेता कोइराला पार्टीभित्र आफूलाई साझा व्यक्तित्वका रूपमा अघि बढाउँदै छन्।

प्रतिनिधिसभा सदस्य कोइरालासँग संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, देशको आर्थिक विकास लगायत देशको समसामयिक विषयमा गरिएको अन्तर्वार्ताको सम्पादित अंश  

माननीयज्यू, आजभोलि केमा व्यस्त हुनुहुन्छ?

अहिले संसद् चलिरहेको छ। सदनले अस्ति भर्खरै आर्थिक वर्ष २०८२/८३ को बजेट पास गरेको छ। त्यसअघि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिए। संसद्को गतिविधिसँगै पार्टीको काम पनि गरेको छु। बिहानैदेखि राजनीतिक भेटघाटमै व्यस्त छु। अब केही दिनमै पार्टीको केन्द्रीय समितिको बैठक छ। मुख्य गरी संसद् र पार्टीको काममै व्यस्त छु।

अहिलेको संसदीय अभ्यासलाई कसरी विश्लेषण गर्नुभएको छ?

प्रजातन्त्रमा सन्तुलन हुनुपर्छ। एउटा सत्ता पक्षीय पार्टी हुन्छ, अर्को प्रतिपक्ष। प्रतिपक्षी पार्टीले सतर्क गर्ने काम गर्छ। सत्ता पक्षीय पार्टीले प्रतिपक्षलाई प्रश्न गर्ने ठाउँ दिनुपर्छ। अहिले शक्तिशाली सरकार छ।

हामीलाई एउटा डर छ, कि शक्तिशाली सरकार धेरै नै शक्तिशाली भयो भने विरोधको मतलव गर्दैन। प्रतिपक्षी पार्टीको प्रश्नलाई बेवास्ता गर्छ। त्यसैले सरकार सन्तुलित हिसाबले जानुपर्छ। प्रतिपक्षको पनि कुरा सुन्नुपर्छ। जायज माग पूरा गर्नुपर्छ। प्रतिपक्षलाई दबाउने, बोल्न नदिने, कुरा नसुन्ने गर्न हुँदैन। लोकतन्त्रका लागि यो राम्रो कुरा होइन। किनभने सरकारले प्रतिपक्षसँग समन्वय गर्नुपर्छ। कुनै विषयमा निर्णय गर्दा प्रतिपक्षको पनि भावना अङ्कित हुनुपर्छ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ?

हामीले राष्ट्रलाई विकेन्द्रीकरण गरेका छौँ। सात प्रदेश बनाएका छौँ तर, शासन अहिले पनि केन्द्रीकृत नै छ। व्यवहारिक रूपमा विकेन्द्रीकरण गरेनौँ। प्रदेशलाई के चाहिन्छ भन्ने कुरा प्रदेशले नै निर्णय गर्न पाउनुपर्छ। सङ्घले त्यसमा हस्तक्षेप गर्नु भएन। प्रदेशको संरचना हेरेर के गर्दा उपयुक्त हुन्छ, त्योअनुसार उसले नै आफ्नो योजना बनाउँछ। तर, यहाँ सङ्घबाट प्रदेशमाथि हस्तक्षेप गरिएको छ। यो राम्रो होइन। कि त हामी सङ्घीयतामा जान हुन्थेन।

पहिलो कुरा, सङ्घीयतामा आर्थिक भार पर्‍यो भन्ने गरिएको छ। आर्थिक भार हामी आफैँले गराएका छौँ। विकेन्द्रीकृत गरेपछि उनीहरूलाई खर्च पनि दिनुपर्छ। सबै केन्द्रले गर्ने होइन। प्रदेशलाई थाहा छ, कहाँकहाँ खर्च गर्नुपर्छ। त्यो अधिकार पनि प्रदेशलाई नै दिनुपर्छ।

दोस्रो कुरा, समानुपातिक प्रतिनिधित्व राम्रो हो तर त्यो प्रतिनिधिसभामा होइन, राष्ट्रियसभामा हुनपर्ने हो। प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधि मात्रै बस्नुपर्छ। मेरो दृष्टिकोणमा यो गलत भएको छ।

तेस्रो कुरा, इन्टरनेशनल अफियर्स विपी कोइरालाले सुरु गरेको हो। उनले भारत र चीनसँग समदुरी राख्नुपर्छ भन्नुभएको थियो। यद्यपि, भौगोलिक दृष्टिकोणले निकटता भारतसँग छ तर सन्तुलित सम्बन्ध राख्नुपर्छ।

संविधान संशोधनको विषयमा तपाईको धारणा के छ?

हरेक दश वर्षमा संविधानको रिभ्यु हुनुपर्छ। तर, कुन विषयमा संशोधन गर्ने हो, त्यो विषयमा छलफल हुनुपर्‍यो। किन संशोधन गर्ने भन्ने विषयको आधार तय गर्नुपर्छ। केका लागि र किन परिवर्तन गर्ने? कसैको मनमा लाग्यो अनि परिवर्तन गर्ने भन्ने हुँदैन।

सन् १७८५ मा अमेरिकामा ५५ जनाले चार महिनामा लेखेको संविधान हो। आजसम्म त्यही संविधान छ। सन् १९८५ तिर एक चोटि मात्र संशोधन भएको छ। सुरुमा केही संशोधन गरियो तर झण्डै २०० वर्षदेखि त्यही संविधान लागू भएको छ।

सन् १९८४ मा पारिश्रमिक वृद्धि गर्नुपर्छ भनेर संशोधन गरियो। त्यसपछि संशोधन भएको छैन। ती ५५ जना दूरदृष्टि भएका मानिस थिए। हामीले पनि त्यसरी काम गर्नुपर्‍यो। त्यसकारण हामी संशोधनभन्दा कार्यान्वयनमा जानुपर्‍यो। कार्यान्वयन भएकै छैन। अनि अहिले नै संशोधन गरिहाल्ने कुरा हुँदैन। विकेन्द्रीकरणलाई साँच्चिकै विकेन्द्रीकरण गरौँ।

सङ्घीय संरचनालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ?

संविधानमा भएको दुई/तीन कुरा मात्रै परिवर्तन हुँदैन। त्यो भनेको अन्तर्राष्ट्रिय नीति, सेना, मुद्रा र राष्ट्रिय झण्डामा परिर्तन हुँदैन। यदि अरू विषयमा संशोधनको आवश्यकता हो भने छलफल हुनुपर्‍यो। सङ्घले मुठी कस्ने होइन। लौ गर भनेर सातै प्रदेशलाई काम गर्ने वातावरण बनाउनुपर्छ।

देशमा सुशासनकाबारे उठेको प्रश्न सम्बोधन गर्न के गर्नुपर्छ?

सबैभन्दा पहिला मानिसलाई विवेकशील बनाउनुपर्छ। मेरो एकजना दाइ जापान जानुभएको थियो। उहाँले आफ्नो ब्याग जापानको एउटा कुनै सहरमा छोड्नुभयो। तर, एक हप्ता पछि जाँदा पनि त्यो ब्याग जहाँ छोडेको हो, त्यही ठाउँमा थियो। त्यहाँका मानिस विवेकशील छन्। उनीहरू यो मेरो ब्याग होइन भन्ने कुरामा सचेत छन्।

हामीले त्यो किसिमको समाज निर्माण गर्नुपर्‍यो। यो कुरा शिक्षासँग पनि सम्वन्धित छ। हामीले कस्तो किसिमको शिक्षा दिइरहेका छौँ। डाक्टर, इञ्जिनियर, पाइलट र वकिल मात्रै बनाएर हुँदैन। उनीहरूलाई विवेकशील पनि बनाउनुपर्छ। डाक्टरले बिरामीलाई पूर्ण रूपमा निको पारेको दिन सन्तुष्ट हुनुपर्छ। मैले एक लाख जनाको आँखाको अप्रेशन गरेँ।

मेरो सन्तुष्टि भनेको मेरो बिरामीले आँखा देखेको दिन हुन्छ। मेरा लागि पैसाभन्दा पनि बिरामी निको हुनु सन्तुष्टि हो। हामी पैसाको मात्रै कुरा गर्ने हो भने नैतिक रूपमा पतन हुन्छौँ। मानिस भ्रष्ट भएर जान्छ।

अहिले भ्रष्टाचारको विषय पनि आइरहेको छ। भ्रष्टाचार नैतिक पतन हो। भ्रष्टाचार विवेक नभएको मानिसले मात्रै गर्छ। त्यसकारण सुशासनका लागि मानिसमा विवेक हुनुपर्छ। यही मानिसमा नैतिकता र विवेक हुने हो भने सुशासन यतिकै कायम हुन्छ।

देशको राजनीतिक व्यवस्थामाथि भइरहेको टीकाटिप्पणीप्रति तपाईको भनाइ के छ?

राजालाई विपीले धेरै मान्नुहुन्थ्यो। आठ वर्ष जेल बस्नुभयो। त्यहीँ पनि राजालाई मान्नुभयो। गिरिजाप्रसाद कोइरालाले पनि राजा मान्नुभयो। उहाँले बेवी किङको कुरा पनि ल्याउनुभयो। पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सबै हड्पिसकेपछि राजाको ठाउँ रहेन। यस्तो अवस्थामा राजा कसरी ल्याउने? कि त राजपरिवारभन्दा बाहिरबाट ल्याउनुपर्‍यो। त्यो पनि सम्भव छैन। राजा नै ठीक छैन भने हामीलाई किन राजा चाहियो? यो सम्भव छैन।

राजनीतिक दलका नेता तथा कार्यकर्ताप्रति अहिले जनतामा देखिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्न सकिन्छ?

देशमा अहिले हामीले आत्मसात् गरेको शासन व्यवस्था नराम्रो होइन। मेरो विचारमा कार्यान्वयन तहमा रहेका व्यक्ति ठीक भएनन्। कुनै व्यवस्था आफैंमा बेठीक हुँदैन। व्यवस्थामाथि शासन गर्ने व्यक्तिले व्यवस्था असफल बनाउने हो। प्रणाली (सिस्टम) मा त्रुटि छैन।

नेपालका लागि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै उत्तम हो। आजसम्म योभन्दा उत्तम अर्को व्यवस्था हुनै सक्दैन। त्यसकारण हामीले व्यवस्थालाई प्रश्न गर्ने होइन। गलग ढङ्गले व्यवस्था सञ्चालन गर्ने व्यक्तिलाई प्रश्न गरौँ।

शासन व्यवस्था परिवर्तन हुँदैगर्दा जनताको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ?

मेरो विचारमा पछिल्लो ४० वर्ष यता सबैभन्दा गोल्डेन इरा भनेको २०४८ सालदेखि २०५१ सालसम्म थियो। यो समय गिरिजाप्रसाद कोइरालाको समय थियो। त्यतिबेला सञ्चार तथा सूचना प्रविधि, सडक, हवाईक्षेत्र र चिकित्सा क्षेत्रमा धेरै विकास भएको छ। त्यो बेला लिएका कतिपय नीतिगत निर्णयका आधारमा अहिले प्रत्येक नागरिकको हातहातमा मोबाइल छ। यति धेरै हवाईजहाज उडेका छन्। मेडिकल कलेजको सङ्ख्या ह्वात्तै बढेको छ। यसको आधार निर्माण गर्ने काम गिरिजाप्रसादबाटै भएको हो। उहाँले मध्यावधि नगराएर पाँच वर्ष पूरा नेतृत्व गर्नुपर्थ्याे, त्यहाँ गल्ती भएको छ। त्यसकारण जनताको अवस्था परिवर्तन गर्न नेताको आचरण परिवर्तन भए पुग्छ। नेताको आचरण नै ठीक छैन भने जनताको अवस्था कसरी परिवर्तन हुन्छ? नेताहरू नै भ्रष्ट भए भने के हुन्छ? अनि व्यवस्थालाई दोष दिएर हुन्छ?

नेताहरूको भ्रष्टाचारको विषय पनि आइरहकेको छ, यो बारेमा के भन्नुहुन्छ?

भ्रष्टाचार पूर्णरुपमा निर्मूल गर्न सकिन्न। भ्रष्टाचार शून्य गर्न सम्भव पनि हुँदैन। तर, न्यूनीकरण भने गर्न सकिन्छ। विश्वका सम्पन्न र सुशासनमा उदाहरण प्रस्तुत गरेका मुलुकमा पनि भ्रष्टाचार हुन्छ नै। मैले भ्रष्टाचारको विषय संसद्मा पनि बालेको थिए। तपाई अहिले सय रुपैयाँ घुस खानुहुन्छ भने अब एक रुपैयाँ मात्रै खानुस् भनेको थिए। अरू देशमा घुस खाए पनि अत्यन्त कम खान्छन्। तर यहाँ जति पनि खाइदिने संस्कार छ। भ्रष्टाचार न्यूनीकरण गर्न कानुनको कार्यान्वयन तथा नेता इमान्दार र पारदर्शी हुनुपर्छ।

देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन के गर्नुपर्ला?

सबैभन्दा पहिला नेपाललाई समृद्ध बनाउन हामीसँग केके छ, त्यसको पहिचान गर्नुपर्‍यो। देशलाई आर्थिक रूपमा बलियो बनाउने भनेको पहिलो कृषि हो। नेपालमा १७ लाख हेक्टर खेतियोग्य जमिन छ। त्यसले तीन करोड होइन, ३० करोड जनतालाई खान पुग्छ। हामीसँग कृषि योग्य माटो छ। हामीले कृषकलाई कहिले पनि प्राथमिकतामा राखेनौँ। कृषिमा बजेट पहिले चार प्रतिशत रहेकामा अहिले २० प्रतिशत भएको छ।

अर्को ऊर्जा हो जसमा काम भइरहेको छ। हामीसँग पानी छ। पानीबाट बिजुली निकालेर संसारलाई बेच्न सक्छौँ। हामी पर्यटनको हिसावले पनि धनी छौँ। बलिउड फिल्म सुटिङका लागि स्वीजरल्याण्ड जान्छन् तर नेपाल पनि प्राकृतिक रूपमा त्योभन्दा कम छैन। त्यसका लागि गुणस्तरीय सेवासुविधा छैन। किनभने त्यहाँ पैसा खर्च गर्ने ठाउँहरू छन्। तर यहाँ छैन। देशलाई आर्थिक रूपमा बलियो बनाउने हो भने यी क्षेत्रलाई थप व्यवस्थित र विकास गर्नुपर्छ।

नेपालको कृषि क्षेत्रको विकासको लागि के गर्न सकिन्छ?

माटोको गुणस्तरको आधारमा खेती गरिने भए पनि हामीसँग माटो परीक्षण गर्ने औजार छैन। हामीले धेरै ठाउँमा धानको मात्रै खेती गरिरहेका छौँ। माटोको प्रकृतिको आधारमा फरकफरक खेती गर्न सकिन्छ। कृषिमा वैज्ञानिक विधि अपनाउनुपर्छ। कृषिबाट सम्भावना छ तर कृषिलाई आधुनिकीकरण गर्नुपर्छ। मैले धेरै पटक भनेको छु। बर्दियामा पाँच हजार मानिस बस्न मिल्ने कृषि विश्वविद्यालय बनाऔँ। तर त्यहाँबाट प्रमाणपत्र मात्र होइन, ज्ञानसहितको शिक्षा दिनुपर्छ।

ट्याक्टर कसरी बनाउँछ, माटो मलिलो कसरी बनाउँछ भनी  सिकाउँछ। रासायनिक मल होइन। त्यहाँबाट अर्गानिक मल उत्पादन गर्नुपर्छ। जनावरको गोवरबाट मल उत्पादन गर्नुपर्‍यो। गोबर भनेपछि गाईवस्तुपालनको कुरा आउँछ। त्यसका लागि गाईवस्तुपालनको व्यवस्था गर्नुपर्‍यो। बर्दियामा कृषि विश्वविद्यालय खोल्दा धेरैले रोजगारी पाउने सम्भावना हुन्छ। संसारले आधुनिक कृषिलाई अगाडि बढाएको छ। तर हाम्रोमा अहिले पनि परम्परागत कृषि प्रणाली छ। यसलाई परिवर्तन गर्नुपर्छ। हाम्रो सोच र कार्यशैलीमा परिवर्तन आउनुपर्‍यो। अनि मात्र प्रतिफल राम्रो आउँछ।

जनतालाई तपाईको सन्देश के छ?

हाम्रो भविष्य अत्यन्त राम्रो छ। हाम्रो देश सम्भावना भएको देश हो। विदेश गएर ४० डिग्रीको तापक्रममा काम गरेकोभन्दा त्यतिनै मेहनतमा नेपालमै धेरै कमाउन सकिन्छ। अब जनताको अवस्थामा परिवर्तन हुँदैछ। तर, त्यसका लागि जनताले सही नेतृत्व छान्नुपर्‍यो।

- सुशील दर्नाल, रासस
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस