१० वटा राजनीतिक दलले इजरायल-इरान युद्धबारे बोलेका छन्। आइतबार (आज) संयुक्त एक विज्ञप्ति जारी गर्दै १० वटा दल इरानको पक्षमा खुलेका हुन्।
विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका नेता बलाराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता पवनमान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुति, नेकपा (बहुमत) का नेता कृष्णप्रसाद धमला, राजनीतिक संवाद थलानीका संयोजक सङ्गीत श्रोता र वाम बुद्धिजीवी निनु चापागाईं छन्।
दलहरूले इजरायलले अमेरिकी साम्राज्यवादको उक्साहटमा लागेर इरानमाथि आक्रमण गरेको दाबी गरेका छन्। त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र नभई अन्तर्राष्ट्रिय कानूनको समेत गम्भीर उल्लङ्घन भएको विज्ञप्तिमा भनिएको छ।
'अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ। यो गम्भीर युद्ध अपराध हो। यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ। अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ। यसबाट विश्वव्यापी युद्ध आतङ्कको त्रास फैलिएको छ,' त्यहाँ भनिएको छ।
उनीहरूले तत्काल युद्धविरामको मागसमेत गरेका छन्। 'विश्व शान्तिका जागि संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानूनहरूको आधारमा शान्तिपूर्ण ढङ्गले समस्याहरूको समाधान खोजिनुपर्दछ भनि सम्बद्ध सबै पक्षहरुसँग जोडदार आव्हान गर्दछौँ,' उनीहरूले भनेका छन्।
यस्तै उनीहरूले इरानस्थित नेपालीहरूको सुरक्षाका लागि आवश्यक तयारी गर्नसमेत सरकारसँग माग गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रममा पूर्णरूपमा क्षति पुर्याउन नसकेको बताएका छन्। उनका अनुसार तेहरानले फेरि युरेनियम प्रशोधन केही महिनामै सुरु गर्न सक्नेछ। उनले यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले तेहरानको आकाङ्क्षालाई दशकौँ पछाडि धकेलेको दाबीसँग विरोधाभास देखाउँछ।
‘उनीहरूसँग अझै क्षमता बाँकी छ। केही महिनामै फेरि युरेनियम प्रशोधन गर्ने प्रविधि सञ्चालनमा ल्याउन सक्छन्। हुन सक्छ त्यो अवधि अझै कम पनि होस्,’ ग्रोसीले भने, ‘प्राविधिक र औद्योगिक पूर्वाधार उनीहरूसँग छ।’ ग्रोसीको टिप्पणीले पेन्टागनको रक्षा गुप्तचर निकायको प्रारम्भिक मूल्याङ्कनलाई समर्थन गर्छ जस्तो देखिन्छ, जसमा भनिएको छ कि अमेरिकी आक्रमणले इरानको आणविक पूर्वाधारमा सीमित प्रभाव मात्र परेको छ र कार्यक्रमलाई केही महिना मात्र पछाडि धकेलेको छ।
अहिलेसम्म पूर्ण सैन्य र गुप्तचर मूल्याङ्कन आइसकेको छैन। तर, ट्रम्पले पटक–पटक तेहरानको आणविक पूर्वाधारलाई ‘सम्पूर्णरूपमा ध्वस्त पारिएको’ दाबी गर्दै आएका छन्। इरान र इजरायलबिचको १२–दिने सङ्घर्ष यस महिनाको सुरुमा इजरायलले तेहरानको आणविक बम निर्माण प्रयास रोक्न भनिएको आक्रमणबाट सुरु भएको थियो। तर इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको जिकिर गर्दै आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...