कर्णाली प्रदेशसभाको बिहीबारको बैठकमा प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित एकीकृत समाजवादी र राप्रपाका सांसद बिहीबार बैठकमा उपस्थित भएनन् ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा असार १ गते भएको सहमति कार्यान्वयन गर्न सत्ता पक्ष सकारात्मक नभएको भन्दै प्रतिपक्षी दलहरूले संसद बैठक बहिस्कार गर्ने बताएका थिए ।
बैठक सुरु भएलगत्तै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षी विना बैठक सञ्चालन गर्नु उपयुक्त नहुने बताएका थिए। ‘यसले राम्रो परम्परा देखाउँदैन्,’ उनले भने, ‘त्यसैले केही समय स्थगित गरेर छलफललाई निरन्तरता दिऊँ ।’
त्यसपछि सभामुख नन्दा गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छन् ।