दाहालको द्विविधा: ‘प्रतिपक्ष’ सँगै ‘सत्तापक्ष’ पनि !
०३ असार २०८२
•
५ मिनेट पाठ
दाहालको द्विविधा: ‘प्रतिपक्ष’ सँगै ‘सत्तापक्ष’ पनि !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि नेपाली राजनीतिक वृत्तमा ‘द्वैध चरित्र’ भएको नेताको आरोप लाग्ने गर्छ। दाहालका कतिपय बोली र व्यवहारले त्यो आरोपलाई मलजल गर्दै आएका छन् पनि। 




दाहालले त्यही द्वैध चरित्रको आरोप पुष्टि हुने गरी एक अभिव्यक्ति मङ्गलवार दिए। गृह जिल्ला चितवनस्थित निजी निवासमै पुगेका बेला पत्रकारसँग कुरा गर्दै दाहालले दिएको त्यो अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ। 

दुर्लभ संयोग र दाहालको यो अभिव्यक्ति 

१० वर्षे सशस्त्र सङ्घर्षपछि शान्ति प्रक्रियामा आएको हालको माओवादी केन्द्र त्यसयता विरलै मात्र सत्ता बाहिर छ। माओवादीका लागि त्यही दुर्लभ संयोग पछिल्लो एक वर्षयता जुरेको छ। अर्थात् २०८१ असारयता माओवादी केन्द्र प्रतिपक्षमा छ। 

प्रतिनिधिसभाका ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर सरकार बनाएयता तेस्रो ठुलो दल माओवादी केन्द्र संसद्को ‘प्रमुख प्रतिपक्षी दल’ हो। त्यही दलका नेता भएका नाताले दाहाल ‘प्रमुख प्रतिपक्षी नेता’ पनि हुन्। जुन भूमिका निर्वाह गर्न पछिल्ला ११ महिनामा दाहालले कुनै कसर बाँकी राखेका छैनन्। उनको भूमिका र लगातारका अभिव्यक्तिले अन्य जेसुकै अर्थ लागे पनि प्रधानमन्त्री केपी शर्मा ओली र सत्तापक्षलाई चुनौती प्रस्तुत गरेकै छन्।

तर, गृहजिल्लास्थित निवासमा भने दाहाल फरक सुनिए। उनले आफू भूमिकाले प्रतिपक्षमा भए पनि ‘सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता’ रहेको भन्न भ्याए। 

‘प्रतिपक्षको हिसाबले हामी कमजोर छौँ । तर पनि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ’, दाहालले भनेका छन्।

त्यही सहमतिमा माओवादी केन्द्रभित्रै पनि असन्तुष्टि छ। केही नेताहरूले आन्तरिक रूपमा विरोध पनि गरिरहेका छन्। तर, दाहालले जिम्मेवार प्रतिपक्ष भन्दै बचाउ गरिरहँदा त्यसले पनि नपुगेर अहिले ‘सत्तापक्षको भूमिका पनि निर्वाह गर्नुपर्ने बाध्यता’ भनेका देखिन्छन्। 
झट्ट सुनिँदा दाहालको यो भनाई प्रतिनिधिसभाको गतिरोध खुलाउन सत्तापक्षसँग गरिएको ‘दुई बुँदे’ सहमतिको बचाउमा आएको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छुट्टै छानबिनको माग गर्दै माओवादी केन्द्रलगायतका विपक्षी दलले जेठ १३ गतेदेखि संसद् अवरोध गरेका थिए। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), नेकपा एकीकृत समाजवादी, आम जनता पार्टीलगायतका विपक्षी दल पनि सामेल थिए।

तर, विपक्षीको मागमा सत्तापक्ष तयार भएन। अन्ततः जेठ ३० गते माओवादी केन्द्रले दुई बुँदे सहमति गर्दै संसद् खुलाउन तयार भयो। जसमा नेकपा एकीकृत समाजवादी, आम जनता पार्टीलगायतले सहमति जनाउँदा रास्वपा र राप्रपाले चित्त नबुझाउँदै आन्दोलन गरिरहेका छन्। 

त्यही सहमतिमा माओवादी केन्द्रभित्रै पनि असन्तुष्टि छ। केही नेताहरूले आन्तरिक रूपमा विरोध पनि गरिरहेका छन्। तर, दाहालले जिम्मेवार प्रतिपक्ष भन्दै बचाउ गरिरहँदा त्यसले पनि नपुगेर अहिले ‘सत्तापक्षको भूमिका पनि निर्वाह गर्नुपर्ने बाध्यता’ भनेका देखिन्छन्। 

‘यदि तपाईँहरूले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भीर र जिम्मेवार ढङ्गले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ,’ पत्रकारसँग दाहालले आफ्नो बचाउ गर्दै भनेका छन्, ‘परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के ग¥या होला ? भन्न पनि सकिएला ।’

दाहालले आफ्नो भनाई पुष्टि गर्न संसद्मा बजेट पास गर्नुपर्ने, संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक, नागरिकता विधेयक पारित गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका कारण तेर्स्याएका छन्।  

अहिले आफूले गरेको दुई बुँदे सहमतिबारे भइरहेका टिप्पणीलाई दाहालले ‘बचकनापन’ र ‘राजनीति नबुझ्नेको टिप्पणी’ भनेर प्रतिवाद नै गर्न भ्याए। 

‘दाहाल सत्तापक्ष नै हुन्’

वाम राजनीतिक विश्लेषक मुमाराम खनाल माओवादी केन्द्रका अध्यक्ष दाहाल अहिलेका अवस्थामा प्रतिपक्षी हुनै नसक्ने बताउँछन्। सोही कुरा उनले स्वीकारेको खनालको टिप्पणी छ। उनले भने, ‘उहाँ अहिले सत्तापक्ष बन्न नमिलेपछि प्रतिपक्ष हुनुभएको हो। यो प्राविधिक कुरा मात्रै हो।’

दाहालका लागि मात्रै नभई यो तथ्य नेपाल मजदुर किसान पार्टीबाहेक संसद्मा रहेका सबै दलका हकमा लागु हुने पनि खनालको तर्क छ। 

‘२०६२/६३ को परिवर्तनयता सधैँ सहमतिको सरकार भनिन्थ्यो। संविधान बनिसकेपछि त कम से कम त्यो कुरालाई अन्त्य गर्नुपर्थ्यो नि,’ उनले भने, ‘तर यिनीहरू सबै मिलेर सरकार चलाउँछन्। अहिले पनि साना दलहरू सर्वदलीय सरकार भनेर नारा ल्याउँछन्। त्यस कारण यी प्रतिपक्ष होइनन्।’ नेपालको सन्दर्भमा प्रतिपक्षको सेवा सुविधा लिनु पनि अनैतिक रहेको खनाल बताउँछन्। 

‘अहिलेको गणतन्त्रलाई साँच्चिकै जनताको गणतन्त्र, साँच्चिकै किसान, मजदुरको गणतन्त्रका रूपमा परिवर्तन गर्न खोजे मात्रै यसको विकास गरे मात्र यसको रक्षा हुन्छ, नत्र यस्तै हो,’ नेता कार्कीले भने। 
दाहालले दिएको पछिल्लो अभिव्यक्ति सत्तापक्षका दलसँग गरिएको अदृश्य सम्झौताको उपज पनि हुन सक्ने खनालको अर्को आशंका छ। ‘उहाँले भर्खरै दुई बुँदे सहमति गर्नुभएको छ। त्यसबाहेक पनि के–के सम्झौता गर्नुभयो। त्यसैका लागि भन्नुपर्ने भयो होला। बिस्तारै आउलान् ती कुरा,’ खनालले भने। दाहाललगायतका शीर्ष नेताले स्वार्थ मिले जे पनि गर्न सक्ने उनको तर्क छ। 

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीको टिप्पणीमा दाहालबाट आफू सत्तापक्ष नै रहेको स्वीकारोक्ति आउनु आश्चर्य नभएको बताउँछन्। ‘यो आश्चर्यको कुरा होइन। उहाँहरू पुरानो दलहरू सरकारमा नभए पनि सत्तामै हुनुहुन्छ,’ उनले भने, ‘यो वा त्यो प्रकारले सत्तामा उहाँहरूको संवाद चलिराख्छ।’ दाहालले भोलि केही बिग्रिहाल्छ कि भनेर त्यो अभिव्यक्ति दिएको पनि हुनसक्ने उनले शंका गरे। ‘भोलिलाई केही बिग्रिन्छ कि भन्ने हिसाबले सेफ साइट(सुरक्षित क्षेत्र)का लागि यो अभिव्यक्ति दिनुभएको जस्तो लाग्छ,’ बुर्लाकोटीले भने। 

दाहालले ‘दुई बुँदे सहमति’बारे अभिव्यक्ति दिन जरुरी नै नभएको उनले बताए। उनले भने, ‘त्यो दुई बुँदेको वास्तवमा औचित्य नै छैन। त्यसका लागि उहाँले दिने अभिव्यक्ति पनि कुनै तुक पनि छैन।’ 

माओवादी केन्द्रका सचिव राम कार्कीले संविधान, गणतन्त्र र संघीयताको रक्षाका लागि प्रमुख दलहरूको एकमत नै रहेकाले त्यसको रक्षाका लागि दाहालबाट यो अभिव्यक्ति आएको बताउँछन्। 

‘उहाँले भन्न खोजेको गणतन्त्र र संघीयता रक्षाका लाइन छ, तीन वटै दलहरूका,’ उनले भने, ‘एमाले, कांग्रेस र माओवादी तीनवटैको यो संविधान, गणतन्त्रात्मक प्रणालीको रक्षाको कुरामा एकमत छ। त्यस मानेमा उहाँले भन्नुभएको होला।’ 

तर मार्क्सवादको दृष्टिकोणबाट भने अहिलेकै गणतन्त्रलाई रक्षा गरेर मात्र नहुने उनले बताए। ‘अहिलेको गणतन्त्रलाई साँच्चिकै जनताको गणतन्त्र, साँच्चिकै किसान, मजदुरको गणतन्त्रका रूपमा परिवर्तन गर्न खोजे मात्रै यसको विकास गरे मात्र यसको रक्षा हुन्छ, नत्र यस्तै हो,’ नेता कार्कीले भने। 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस