संसद्‌को दृश्य : बैठक र नाराबाजी सँगसँगै
०१ असार २०८२
•
३ मिनेट पाठ
संसद्‌को दृश्य : बैठक र नाराबाजी सँगसँगै
संसद्‌मा अहिले फरक दृश्य देखिन्छ। संसद्‌मा बैठक मात्रै होइन, नाराबाजी पनि सँगसँगै सञ्चालित छ। चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू अहिले बैठकमा होइन, नाराबाजीमा सहभागी हुन संसद् पुग्छन्।




रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएको भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै आएका छन्। फलत: उनीहरूले गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आइरहेका छन्। जेठ ३० गतेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि यही पङ्क्तिमा थियो। तर, ३० गते उसले सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्‍यो, त्यसयता उसले आफ्नो तर्फबाट संसद् खुलाएको छ। तर, रास्वपा र राप्रपाले भने जारी राखेका छन्।

उनीहरूले भनिरहेका छन्- 'भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नैपर्छ।' तर, सत्तापक्षीय दलहरू कांग्रेस-एमाले यसमा सहमत छैनन्। झनै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र पनि त्यही कित्तामा मिसिएपछि त सत्तापक्षीय दलहरू कांग्रेस-एमालेलाई हाइसन्चो भएको छ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आफ्नो तर्फबाट संसद् खुलाएसँगै बैठक रास्वपा र राप्रपाको नाराबाजीका बाबजुद पनि अगाडि बढिरहेको छ। सामान्य भाषामा भन्दाखेरि सभामुख देवराज घिमिरे रास्वपा र राप्रपालाई पेलेरै अगाडि बढेका छन्।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको जेठ ३० गते नै यो दृश्य देखिएको थियो। माओवादी केन्द्रका सांसदहरू आसनमै हुँदा रास्वपा र राप्रपाका सांसदहरू भने नाराबाजी गर्दै लबीमा उत्रिएका थिए। तर, सभामुख घिमिरेले पेरेलै अगाडि बढ्ने नीति अख्तियारी गरे। रास्वपा र राप्रपाका नेताहरूले बैठक अवधिभरि नाराबाजी गरिरहे।

माओवादी केन्द्रले संसद् खुलाएको दोस्रो दिन आइतबार (आज) पनि बैठकको दृश्य फरक देखिएन। रास्वपा र राप्रपाका सांसदहरूले लबीमा उभिएर नाराबाजी गरिरहे। तर, सभामुख घिमिरे अगाडि बढिरहे। बैठक सुरु हुनासाथ नाराबाजीमा उत्रिएका सांसदहरूको हल्लालाई बेवास्ता गर्दै सभामुख घिमिरेले विशेष समय अगाडि बढाए। र श्यामकुमार घिमिरे, योगेश भट्टराई, वर्षमान पुनलगायतलाई समय दिँदै अगाडि गए।

उता लबीमा रास्वपा र राप्रपाका सांसदहरूले अझ ठूला-ठूला स्वरमा नाराबाजी गरिरहे। अन्तिममा राप्रपाले त संसद् बहिष्कार नै गर्‍यो। तर, सभामुख घिमिरेले त्यसलाई बेवास्ता गरेरै बैठक सञ्चालन गरे। दुई दिन अघिदेखि सभामुख घिमिरेले रास्वपा र राप्रपाको नाराबाजीलाई बेवास्ता गर्दै सभा सञ्चालन गरेको सन्दर्भको आलोचनासमेत हुन थालेको छ।

त्यसो त प्रतिनिधिसभा नियमावली २०७९ मा यसबारे ठोस व्यवस्था छैन। नियमावलीले मूलत: संसद् सभामुखकै निर्देशनअनुसार चल्ने परिकल्पना गरेको छ। तर, असन्तुष्ट पक्षहरूको आवाजको बेवास्ता पनि गर्न नहुने बताउँछन् पूर्वसभामुख अग्नि सापकोटा। ‘नियमावलीले नै ठोस रूपमा केही व्यवस्था त गरेको छैन। तर, विपक्षीहरूको आवाजको पनि सम्बोधन गरिनुपर्छ। सकेसम्म सबैलाई समेटेर लानका लागि सभामुखले अधिकतम् प्रयास गर्नुपर्छ,’ उनले भने।

सापकोटाले विगतको अभ्यास र वर्तमानको आवश्यकताले पनि त्यसको निर्धारण गर्ने बताए। ‘विगतको अभ्यास र अहिलेको आवश्यकताले निर्धारण गर्छ। तर, नियमावलीमा ठोस कुनै व्यवस्था छैन त्यसबारे, सभामुखकै निर्देशनअनुसार बैठक चल्ने हो। तर, सभामुखले असन्तुष्ट पक्षसँग सहमतिका लागि अधिकतम् प्रयत्न गर्नुपर्छ। तर, के सत्य हो भने फेरि सत्तापक्ष र प्रतिपक्ष दुबैले अडान लिइरहने हो भने त्यसले कसैलाई कति पनि फाइदा गर्दैन। यसर्थ, निचोड त निकाल्नैपर्‍यो। त्यसका लागि सबै पक्ष उत्तिकै लचकता हुनुपर्छ,’उनले भने।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस