भिजिट भिसासँग माओवादीले अग्नी सापकोटा साटेकै हो ?
०१ असार २०८२
•
७ मिनेट पाठ
भिजिट भिसासँग माओवादीले अग्नी सापकोटा साटेकै हो ?
भिजिट भिसा प्रकरणमा लामो समयसम्म सदन अवरुद्ध गराउन साथ दिँदै आएको माओवादी केन्द्रले अचानक शुक्रबार दुई बुँदेमा सहमति जनाएसँगै विपक्षी दल आक्रोशित बनेका छन्। सत्तारूढ दल नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेसँगै जेठ १३ गतेबाट अवरुद्ध संसद् शुक्रबार खुलेको छ।




संसदीय समिति र गृहमन्त्रीको राजीनामा माग गर्दे जेठ १३ गतेदेखि विरोध गर्दे आएका माओवादीले खुट्टा कमाएर सहमति गरेको विपक्षीको आरोप छ। कतिपयले भने म्याग्दीमा तातोपानीमा डुबुल्की मारेर आएका दाहालले राजधानीमा चिसै पानीले नुहाएको भन्दै व्यङ्ग गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले अग्नी सापकोटालाई साटेको आरोप समेत  लगाए। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेर अग्नी सापकोटालाई पक्राउ गर्नबाट बचाएको बताएका हुन्।  

’ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेबापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पूर्व सभामुख अग्नी सापकोटालाई  पक्राउ गर्न बचाएकोमा...,’ शाहीले लेखेका छन्, ‘विडम्बनाका साथ भन्नु पर्छ संसद् जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो।’

सर्वोच्च अदालतले अग्नी सापकोटाविरुद्धको बहुप्रतीक्षित रिटमा उत्प्रेषणको आदेश जारी गरेसँगै यो विषयले ‘राजनीति लेनदेन’मा प्रवेश पाएको हो।

सर्वोच्चको आदेशसँगै २०६९ साउन १२ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले मुद्दा नचलाउने गरी गरेको निर्णय पनि बदर भएको छ। र, काभ्रेका अर्जुन लामाको हत्या काण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेपछि माओवादी रक्षात्मक भएको कतिपयको बुझाइ छ ।

अर्जुन लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नी सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान संलग्न रहेको दाबी गरी अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्। ‘सर्वोच्चको यो आदेश माओवादीको लागि धक्का थियो,’ आत्माराम थापा लेख्छन्, ‘त्यसैले माओवादीले आफ्ना नेता जोगाउने सर्तमा संसद् खुलाउन लचिलो भएको हुन सक्छ।’

तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भने भिजिट भिसा प्रकरण र अग्नी सापकोटाको विषयलाई लिएर लगाइएको आरोप मान्न तयार छैनन्।

उनले भिजिट भिसा प्रकरणमा माओवादीले उधारो सम्झौता नगरेको स्पष्ट पारेका छन्। उनले सदनको अवरोध खुलाउनका लागि सत्तापक्ष र आफ्नो दलबिच भएको २ बुँदे सहमतिलाई कतिपयले भिजिट भिसा र अग्नी सापकोटा साटिएको भन्ने आरोपमा कुनै सत्यता नभएको पनि दाबी गरे।

‘भिजिट भिसा प्रकरण अग्नीसँग साटेको कुरा विल्कुल गलत कुरा हो। वाहियात कुरा मानिसहरूले प्रचार गरिराखेका छन्,’ शनिबार विराटनगरमा दाहालले भने, ‘त्यस्तो होइन। यो कुरा र अग्नीको कुनै साइनो सम्बन्ध छैन।’

उनले आफूहरूले जनताको हित हेरेर सदनको अवरोध हटाएको प्रष्टीकरण दिए। एक महिनाभित्र छानबिन गरेर भिजिट भिसा प्रकरण टुङ्गो लगाउने समझदारी बनेकोले एक महिनासम्म हेर्ने पनि दाहालको भनाइ छ। त्यतिन्जेलसम्म कुनै सहमति नभए माओवादीले पुनः सदन अवरोध गर्ने उनको चेतावनी छ।

उनको यो कुरा मान्न विपक्षी मात्र हैन सर्वसाधारण पनि पनि तयार छैनन्। ‘त्यसो भए, यत्रो दिनको सदन अवरोध के को लागि थियो,’ सामाजिक सञ्जालमा एक सर्वसाधारण नवराज कार्की लेख्छन्, ‘म्याग्दीको तातोपानीमा डुबुल्की लगाए लगत्तै राजधानीमा किन चिसो पानीले नुहाएको त।’

कार्कीले यसो भन्नुको कारण पनि खुलाए। केही दिनअघि मात्र केही दिनअघिसम्म नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणको लडाइँ निष्कर्षमा नपुर्याइ नछाड्ने बताएको उल्लेख गर्दे अचानक त्यो निष्कर्ष तुहिएको टिप्पणी गरे।

‘भिजिट भिसा प्रकरणमा पनि जे देखिएको छ, हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई परिणाममा पुर्याउने हाम्रो कोसिस भइरहेको छ,’ काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरु गर्दै अध्यक्ष दाहालले भनेका थिए, ‘हाम्रा लागि छानबिनको विषय मुख्य हो, यसमा हाम्रो लडाइँ जारी छ।’

तर दुई बुँदे समहतिसंगै माओवादी केन्द्रको लडाइँ हाल ‘युद्ध विराम’मा परिणत भएको छ।

अध्यागमन कार्यालयले गृह मन्त्रालयकै सेटिङमा लाखौँ असुली गरेको आशङ्का बाहिरिएपछि यही जेठ पहिलो साता अख्तियारले छापा मारेर अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र अनुसन्धानका लागि समिति निर्माण गर्नुपर्ने मागमा विपक्षी आन्दोलित बनेका थिए।

माओवादी केन्द्र युद्ध विराममा रहे पनि रास्वपा र राप्रपाले भने आफ्नो आन्दोलन कायम राखेका छन्। सबै प्रतिपक्षी एक ढिक्का रहँदा अवरुद्ध हुँदै आएको सदन खोल्न प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र नै सहमत भएपछि सरकारले विपक्षी रास्वपा र राप्रपालाई पेलेरै सदन सञ्चालनमा ल्याएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख विपक्षी माओवादी केन्द्रले वीरतापूर्वक आत्मसमर्पण गरेको आरोप लगाए। भिजिट भिसामा विदेश जानेसँग दैनिक ५० लाखसम्म असुली गर्ने कुरा चानचुने नभएको बताउँदै उनले अहिले अख्तियारलाई पनि आवश्यक निर्देशन दिनुपर्ने बताए। ‘यो सिङ्गो देश र प्रतिष्ठाको विषय भएकोले छानबिन हुनुपर्ने र नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’ उनले भने।

यता विपक्षीकै कित्तामा रहेर पनि एकाएक सरकार समर्थक बनेको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले जनताले भोग्नुपरेका समस्या समाधान होउन् भनेर नै नेकपा माओवादी, नेकपा एसलगायतका दलले सरकारसँग सहमति गरेको बताउँछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले भिजिट भिसा प्रकरणमा र मानव तस्करीसम्बन्धी सङ्गठित अपराध मन्त्रालय, मन्त्री कर्मचारी सबैको यथेष्ट प्रमाणसहित प्रमाणित रहेकोले १८ दिनदेखि ११ वटा प्रतिनिधिसभा बैठक अवरोध गरिएको बताए।  

आजसम्म सहकार्य गरेर आज कित्ता परिवर्तन गरेको भन्दै अन्य प्रतिपक्षी दलहरूप्रति आभार प्रकट गर्दै झाले सन्तोषजनक जवाफ, संसदीय उच्चस्तरीय छानबिन समिति र यसबाट ठगिएका नेपालीले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।  

यता गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी दोहोर्याएका छन्। रास्वपाका सांसदहरूले बेल घेराउसँगै विरोध र नाराबाजी कायम राखेकै समयमा सदनमार्फत जवाफ दिँदै उनले अख्तियारले अनुसन्धान थालेको विषयमा आफ्नो संलग्नता रहेको भनी गरिएको प्रचारप्रति कुनै सत्यता नरहेको दाबी गरे।

भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको राजीनामासहित ५ बुँदे प्रस्ताव अगाडि सारेको थियो। प्रस्तावमा भिजिट भिसा दुरुपयोग तथा मानव तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन  गर्नुपर्ने प्रमुख रूपमा उल्लेख थियो। त्यस्तै भिजिट भिसा प्रकरणमा छानबिन गरिरहेको अख्तियारलाई सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने सुनिश्चितता हुनुपर्ने प्रस्तावमा उल्लेख छ।

मानव तस्करी र साङ्गठनिक अपराधमा सरकारी संयन्त्रसहितको नेपाली तथा विदेशी नियोगको संलग्नता भएको आशङ्का हुँदा अनुसन्धान गर्न ५ दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आउनुपर्ने माग रास्वपाको छ।

तर त्यो प्रस्ताव सत्तारूढ दललाई मान्य भएन।  

‘रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्ताव सम्भव छैन, त्यसमा छलफल पनि हुँदैन,’ एमाले नेता योगेश भट्टराईले भनेका थिए, ‘माओवादी पठाएको दुई बुँदे ड्राफ्टमा चाहिँ हामी सकारात्मक छौं, त्यही विषयमा सहमति जुटाएर सदन अघि बढ्छ।’

सांसद भट्टराईले माओवादीको ड्राफ्टमा पनि सहमति नजुटे पेलेर भए पनि सदन अघि बढाउने सङ्केत त्यति बेलै गरेका थिए। ‘माओवादीको ड्राफ्टमा सबै विपक्षी दलहरू छलफल हुन्छ होला, सहमति जुट्यो भने धेरै राम्रो, नत्र यसरी सधैँ अवरोध कायम राख्न सकिँदैन, सांसदले आफ्नो नियमावली पल्टाएर अघि बढ्छ,’ उनले भने। नभन्दै माओवादी  ड्राफ्टमा सहमति भयो र सरकारले विपक्षीलाई पेलेर संसद् चलायो।  

राष्ट्रिय स्वतन्त्र पार्टीले भने पाँच बुँदे प्रस्तावमा सत्तापक्ष सहमत नभएसम्म आन्दोलन जारी रहने बताएको छ। सांसद सोभिता गौतमले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नतालाई पुष्टि गर्न सक्ने प्रमाणहरू भेटाएको भन्दै अडान नछाड्ने बताएकी छिन्।

आन्दोलनका सहकर्मीले बिचमै साथ छाडे पनि आफूहरू मागमा अडिग रहेको रास्वपाको तर्क छ।

‘भिजिट भिसा प्रकरणका प्रशस्त प्रमाणहरू हामीसम्म आइपुगेका छन्, यसलाई त्यतिकै डिसमिस गर्न मिल्दैन, सिरियस इस्यु हो,' गौतमले भनिन्, ‘त्यस कारण पनि यो विषयलाई हामी निष्कर्षमा पुर्‍याएरै छाड्छौँ।’
अर्को समाचार
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
८ मिनेट अघि
•
१ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
ताप्लेजुङ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्चालनतर्फ उन्मुख रहेको दाबी गरेका छन्।




नेपाल बार एसोसिएसन जिल्ला अदालत इकाइ, ताप्लेजुङको नवनिर्मित बार भवनको उद्घाटन कार्यक्रममा शनिबार फुङलिङमा सम्बोधन गर्दै मिश्रले सरकारले न्यायालयमा सुधार गर्नुपर्ने विषयमा यथाशीघ्र श्वेतपत्र जारी गर्नुपर्ने खाँचोसमेत औँल्याए।

वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको मिश्रको आरोप थियो।

‘विधि र प्रक्रियाभन्दा पनि चयनमुखी नीतिमार्फत सरकारले न्याय प्रशासनलाई सत्ताको स्वार्थअनुकूल अघि बढाउन खोजिरहेको छ,’ मिश्रले भने।

उनले वर्तमान सरकारले सत्ताको छायामा गरिने अनुसन्धानलाई बढावा दिइरहेको दाबीसमेत गरे। सत्ताका पात्र परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै मिश्रले फौजदारी न्याय प्रशासनलाई संरक्षण गर्नुपर्ने सरकारले आफ्नै उद्देश्य परिपूर्ति गर्ने व्यक्तिहरू छनोट गरी न्याय प्रशासनलाई सत्ताको छायामा पार्ने प्रयास गरिरहेको बताए।

‘विगतका सरकारले न्यायालयमा आफ्ना मान्छे भर्ती गरेको आरोप लाग्ने गरेको थियो। अहिलेको सरकारले देखिजानी आफ्नू अनुकूलको न्याय सम्पादन गराउने बदनियत राखेर चयनमुखी प्रक्रिया अपनाएको छ,’ मिश्रले भने।

उनले फौजदारी न्याय प्रशासन सोसल मिडियाको ट्रायलबाट प्रताडित र आक्रान्त भएको पनि बताए। पुलिङ र अल्गोरिदमबाट वकिल तथा न्यायालय डराउन नहुने उनको भनाइ थियो।

फौजदारी न्याय प्रशासन घुसखोरी, भ्रष्टाचारीकरण र दलालीकरणबाट पूर्ण रूपमा प्रभावित भएकोसमेत मिश्रले बताए। वर्तमान सरकारबाट न्याय क्षेत्रमा गरिएको सुधारको अपेक्षा सरकारले चयनमुखी प्रणाली र बिचौलियासहितका व्यक्तिको संरक्षणजस्ता कारणले गुमाइसकेको उनको भनाइ थियो।

भ्रष्टाचार र दलालीकरणविरुद्धका अभियानमा नेपाल बार सधैँ सरकारको साथमा रहेको, तर बिचौलियाको प्रभावका कारण वर्तमान सरकार बाहिर जान नसकेको पनि मिश्रले बताए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेन्द्रसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमसहित नेपाल बारका केन्द्रीय तथा प्रादेशिक पदाधिकारीहरू र विभिन्न जिल्लाका बार अध्यक्षहरूले सम्बोधन गरेका थिए।

जिल्ला अदालतको हाताभित्र ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको बार भवनको निर्माण कार्य पूरा भएसँगै अब बारको दैनिक कामकाज नवनिर्मित भवनबाटै सञ्चालन हुने बार ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए।

कार्यक्रममार्फत बार भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई ताप्लेजुङ बारले कदरपत्रद्वारा प्रशंसा गरेको ताप्लेजुङ बारका सचिव सन्तोष प्रसाईंले बताए।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
यो पनि पढौँ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस