सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सम्भवत: भोलि बिहीबारसम्ममा संसद खुल्ने आशा व्यक्त गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा संसद कहिले खुल्छ भन्ने प्रश्नमा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहिन विषय भएको भन्दै उनले एउटा कर्मचारीले गरेको कार्यमा सबै मन्त्रीले राजीनामा दिने स्थीति आउछ भने सरकार चलायमान हुन गाह्रो हुने बताए । “अख्तियारले एउटा कर्मचारी माथी कारवाही सुरु गरेको हो । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिदै जाने हो भने देखि सरकार नै चल्दैन”, मन्त्री गुरुङले भने, “गृहमन्त्रीको राजीनामा आउदैन भनेर मैले त्यो बेला नै भनेको थिए । अहिले जसरी संसद अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेकोछ । अब आज भोलिमा सम्भवत संसद खुल्ने सम्भावना पनि छ ।”
गृहमन्त्रीले राजीनामा दिने कुरा नहुने बताउदै उनले संसदीय छानविन समिति के बनाउने र कसरी बनाउने भन्ने विषय महत्वपुर्ण रहेको बताए । “हाम्रो म्यान्डेड के हो भने मन्त्रीले ती सबै उठीरहेका प्रश्नहरुको विषयमा आफ्नो धारणा राख्ने, प्रतिपक्षले संसद खोलेर सहयोग गर्नुपर्छ,” उनले भने ।
त्यस्तै, पत्रकार सम्मेलनमा समाजिक सञ्जालमा चर्चामा रहेको एमाले कार्यकर्ताको झोले अभियानबारे मन्त्री गुरुङले सकारात्मक धारणाले बुझिदिन अनुरोध गरे । उनले एमाले पार्टीले जनताको बहुदलिय जनवाद, सुशासन, लोकतान्त्रीक प्रणालीको रक्षक लगायत जनहितको सिद्धान्त बोकेको झोला सांकेतिक रुपमा गौरवमय रहेको बताए । जनताको भावना समेटेको झोला बोक्ने एमाले कार्यकर्ताले गर्व गर्नु पर्ने उनको तर्क छ ।