आगामी निर्वाचनमा ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने माग उठेको छ। राज्यको शासकीय प्रणालीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने माग उठेको हो।
महिला अधिकारसम्बन्धी काम गर्दै आएको संकल्प नेपालले चितवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले कानुनमै समावेश गरेर प्रतिनिधि, प्रदेश र स्थानीय तहमा महिलालाई प्रत्यक्ष निर्वाचनमा समावेश गराउनुपर्ने बताएका हुन्।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले राज्यको शासकीय प्राणालीमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताइन्। दलहरूले महिलालाई हार्ने डर देखाउँदै उम्मेदवार नै उठाउन छाडेको उनले भनाइ थियो।
स्थानीय तह, प्रदेश र संघमा महिला सहभागिता ३३ प्रतिशतभन्दा माथि भए पनि निर्णायक तहमा महिला नभएको उनले बताइन्। ‘अहिले महिलालाई समानुपातिकतर्फ लैजाने प्रवृत्ति बढेको छ। स्थानीय तहमा उपमेयरमा राख्ने गरिन्छ,’ उनले भनिन्, ‘महिलालाई निर्णायक तहमा लैजान प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार बन्नुपर्छ।’
प्रतिनिधिसभामा अहिले प्रत्यक्ष निर्वाचन जितेर नौजना महिला पुगेका छन्। ९२ जना महिला समानुपातिकबाट गएका हुन्। प्रदेशसभामा महिला सहभागिता ३४ प्रतिशत रहेको छ तर प्रत्यक्ष निर्वाचन जितेर जानेको संख्या निकै कम देखिन्छ। स्थानीय तहमा महिला सहभागिता बढी छ।
स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एकजना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था, महिला र दलित महिला सदस्य अनिवार्य उम्मेदवार बनाउनुपर्ने व्यवस्थाका कारण महिला संख्या बढेको देखिन्छ। यद्यपि दलहरू चुनावी गठबन्धनमा गएकाले महिला संख्या घटेको नुवाकोटकी हिरा तिवारी शर्मा बताउँछिन्।
‘२०७४ सालमा कांग्रेसले उपमेयरको टिकट दिएको थियो। अहिले मेयर पदमा उठ्ने चाहना थियो तर कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा चुप लागेर बस्नुप¥यो,’ उनले भनिन्, ‘दुईवटा दल मिल्दा त मेयर र उपमेयर नै पुरुष भएका छन्।’
अहिले स्थानीय तहमा महिला सहभागिता ४२.८ प्रतिशत रहेको छ। स्थानीय तहमा महिला सहभागिता भए पनि निर्णायक भूमिकामा नभएको २०७४ सालको निर्वाचनमा मकवानपुरको कैलाश गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी मिरा स्याङतान बताउँछिन्। ‘महिलालाई उपमेयरमा थन्काउने गरिन्छ। उप भनेको चुप्प हो,’ ठट्यौली शैलीमा उनले भनिन्, ‘अहिले त गठबन्धनका कारण उपप्रमुखमा महिला उम्मेदवार नै हुन पाएनन्।’
जनसंख्याका आधारमा प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी हुनुपर्ने माग छ। अहिलेको निर्वाचन खर्चिलो बन्दै जाँदा दलहरूले महिलालाई टिकट नदिने काभ्रेकी रामदेवी तामाङ बताउँछिन्। ‘पार्टीसँग टिकट माग्न गएको त दुई÷तीन करोड खर्च हुन्छ भनेर डर देखाउनुहुन्छ। त्यो पैसा हामीसँग हुँदैन,’ उनले भनिन्, ‘चुनावमा हुने खर्च घटाउन नसकेसम्म महिलालाई टिकट पाउन कठिन छ।’
उनी २०७४ सालमा उपमेयर भएकी थिइन्। निर्वाचन खर्च पार्टीले व्यहोरेर भए पनि महिलालाई समावेश गर्नुपर्ने माग महिला अधिकारकर्मीको छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र तोकेर महिलालाई राज्यको शासकीय प्रणालीमा ल्याइनुपर्ने बताइएको छ।