लेखकको गृहमन्त्री पद ‘होल्ड’ गर्न चाहन्छन् देउवा !
२० जेष्ठ २०८२
•
५ मिनेट पाठ
लेखकको गृहमन्त्री पद ‘होल्ड’ गर्न चाहन्छन् देउवा !
दुईतिहाइ बहुमत सरकारका गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा दोषी रहेको आरोप छ। यही कारण संसद् ‘डेडलक’ छ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान कसेका छन्। जसकारण गत जेठ १४ गतेयता संसद् (जेठ १५ को बजेट बाहेक) बस्न सकेको छैन।




संसद्को ‘डेडलक’ हटाउनका लागि सभामुख देवराज घिमिरेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्म लागेका छन् तर, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका दलहरू मानेका छैनन्। उनीहरूकको एकसूत्रीय माग छ— गृहमन्त्री लेखकको राजीनामा।

सभामुख घिमिरेले प्रमुख सचेतक तथा सचेतकहरूसँग पटक-पटक छलफल गरेका छन्, प्रधानमन्त्री ओलीले दलका अध्यक्षको तहमा छलफल गरेका छन्। तर, सहमति जुटेको छैन। दलहरूले आफ्नो अडान दोहोर्‍याएका छन्— गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि त छानबिन समिति बन्नुपर्छ। 

प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहाल।
त्यसो त गृहमन्त्री लेखक आफू भने राजीनामा दिने पक्षमा रहेको बताइन्छ। कांग्रेसका एक नेता भन्छन्, ‘गृहमन्त्रीज्यू राजीनामा दिन्नँ भन्नेमा हुनुहुन्न। अहिलेलाई पार्टीले पर्दैन भनेको छ। तत्कालै उहाँले राजीनामा दिनुहुन्छ भन्ने पनि लाग्दैन।’

मङ्गलबार (आज) मात्रै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद माधव सापकोटाको भनाइ पनि यही थियो। संसद् भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘गृहमन्त्रीजी व्यक्तिगत रूपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ हामी। तर, गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ,’ उनले भने।

त्यसो त गृहमन्त्री लेखकले गत जेठ ११ गते बसेको पार्टीको बैठकमा नै आफू राजीनामा दिन तयार रहेको बताएका थिए। तर, त्यसबेला पार्टी सभापति देउवाले नै ‘त्यो पर्दैन’ भनिदिए। पार्टी नेतृत्वबाटै यस्तो प्रतिक्रिया पाएपछि गृहमन्त्री लेखकले त्यसको भोलिपल्ट अर्थात् जेठ १२ गते पत्रकार सम्मेलन गरेर आरोप पुष्टि गर्न चेतावनी मात्रै दिएनन्, पुष्टि भएको खण्डमा राजनीति नै छाड्नेसम्मको घोषणा गरे।

त्यसयता उनका प्रति संसद्‌मा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका दलहरूले निरन्तर आवाज उठाइरहेका छन् भने सडकमा पनि उनको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ। तर, उनले राजीनामा दिएका छैनन्। पार्टी सभापति देउवाको राजीनामा दिन नपर्ने भनाइमा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता मीन विश्वकर्मालगायतले 'होमा हो' मिलाइरहेका छन्। त्यसले देउवालाई झन् बल पुर्‍याएको छ।

उनीहरूले त्यो आरोप मूलत: कर्मचारी तहको मात्रै भएको बताउने गरेका छन्। महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, ‘पर गेटमा छानबिन हुँदैछ भनेर भित्र रहेको मान्छेलाई तपाईं नै दोषी हो भन्न मिल्दैन। कुनै रिपोर्टर साथीले लेखेको समाचारका विषयमा रिपोर्टर साथी जति जिम्मेवार बन्नुहुन्छ, निश्चय नै त्यो संस्था पनि जिम्मेवार बन्छ। तर, रिपोर्टर साथीलाई मुद्दा लाग्दै गर्दा सम्पादकलाई गिरफ्तार गरिँदैन।’

विपक्षी दलहरू।
उनी उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै त्यसमाथि नै भरोसा गर्नुपर्ने बताउँछन्। जबकि माओवादी, रास्वपालगायतका दलहरूको माग भने राजीनामा नभए संसदीय वा न्यायिक छानबिन समिति छ।

यता नेता मीन विश्वकर्मा पनि गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने नै बताउँछन्। 'उहाँको नाम कहीँ मुछिएको छैन। न त उहाँको नाम तीर्थराज भट्टराईले लिएका छन्, न कहीँ मुद्दा-उजुरी नै परेको छ। अनि के कारणले दिने उहाँले राजीनामा ?,’ उनी प्रतिप्रश्न गर्छन्।

कहीँ उजुरबाजुर परेको खण्डमा पार्टीले नै राजीनामा दिनका लागि सुझाव दिने भनाइ विश्वकर्माको छ। ‘यदि त्यसो भएको भए पार्टीले नै उहाँलाई राजीनामा दिनु भन्छ। अहिले त केही नै छैन। किन दिने त उहाँले राजीनामा ? कसैले देऊ देऊ भन्दा नै दिने ? त्यो त होइन होला, भोलिको नजिरको कुरा पनि हुन्छ होला।’

प्रधानमन्त्री ओलीको भनाइ पनि योभन्दा फरक छैन। हिजो बसेको शीर्ष नेताहरूको बैठकमा उनले भिजिट भिसा प्रकरण मुख्यत: कर्मचारीको मात्रै भएको बताउँदै गृहमन्त्री लेखकको राजीनामा दिनेभन्दा पनि संसद् खुलाउनेमा ध्यान दिनुपर्ने बताएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनको भनाइलाई तत्कालै नकारेका थिए। 

के भनिन्छ भने प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका बीचमा गृहमन्त्री लेखकलाई राजीनामा नगराउने सहमति बनेको छ।

किन होल्ड गर्न चाहन्छन् देउवा लेखकको गृहमन्त्री पद ?

२०८१ असार १७ गते यो सरकार गठनको सहमति हुँदै गर्दा धेरैले के भन्थे भने यो सरकार कांग्रेसको होइन, देउवाको हो। भिजिट भिसा प्रकरणसम्म आइपुग्दा यो आरोपलाई बल पुर्‍याउने दृश्यहरू देखिएका छन्। कांग्रेसकै अरु नेताहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताइरहँदा देउवा भने दिन नपर्ने अडानमा छन्।

त्यसो त देउवा यो गठबन्धनका ‘वेटिङ प्राईम-मिनिस्टर’ हुन्। असार १७ कै मध्यराति ओली-देउवाबीच १८/१८ महिना सरकारको नेतृत्व गर्ने भद्र सहमति बनेको थियो। यसअनुरूप अबको ६ महिनापछि देउवा प्रधानमन्त्री बन्दैछन्।

प्रधानमन्त्री ओली र देउवा।
यो सरकार बनेयता नै ‘डिफेन्सिभ’ बनेका देउवाको रणनीति अहिले पनि प्रधानमन्त्री ओली खुसी पार्नेबाहेक अरु छैन। उनको ध्यान प्रधानमन्त्री बन्ने आफ्नो पालो ‘कोल्याप्स’ नहोस् भन्नेमै देखिन्छ। कांग्रेसकै एक नेता भन्छन्, ‘उहाँलाई गठबन्धन भत्किने डर छ। उहाँ झन् कम बोल्न थाल्नुभएको छ।’

जसै देउवालाई गठबन्धन भत्किने र आफू प्रधानमन्त्री बन्न नपाउने भय छ।

राजनीतिक विश्लेषक विष्णु दाहालको विश्लेषणमा भने यो अलिक फरक देखिन्छ। दाहाल गृहमन्त्री लेखकको राजीनामा प्रधानमन्त्री ओली र देउवा दुबै नचाहने बताउँछन्। लेखकले राजीनामा दिएर आफ्नो राजनीतिक 'करिअर' जोगाउन चाहे पनि प्रधानमन्त्री ओली र देउवाले त्यो नचाहने दाहालको भनाइ छ।

‘अहिलेको सरकार कांग्रेस र एमालेको जस्तो देखिए पनि यो मूलत: देउवा र ओलीको हो। ओली-देउवा परिवारको हो। र, लेखक त्यो परिवारका मानिस हुन्। जब लेखकमाथि प्रश्न उठ्यो, उनको पोलिटिकल करियर धरापमा पर्‍यो। उनी आफ्नो राजनीतिक करिअर जोगाउनका लागि राजीनामा दिन चाहन्छन् तर, ओली र देउवा त्यसमा तयार छैनन्,’ दाहाल भन्छन्।

यसमा थप प्रष्ट पार्दै विश्लेषक दाहाल भन्छन्, ‘यदि लेखकले छाडे भने त्यसको जरो कहाँसम्म पुग्छ भन्ने ओली-देउवालाई थाहा छ। त्यसैले मलाई लाग्छ, आउँदो २८ गतेभन्दा अगाडि लेखक पदबाट हट्दैनन्। किनभने प्रेम राई अहिले उनीहरू पक्षका मान्छे होइनन्।’
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस