प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने आधिकारिक निर्णय गरेको छ।
उसो त माओवादीले यसअघि बसेको संसद् बैठकमा पनि विरोध नै गरेको थियो तर, अब भने उसले आधिकारिक निर्णय नै गरेको छ। शुक्रबार (आज) बसेको पदाधिकारी बैठकले आधिकारिक निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए।
उनले बजेटमाथि छलफल सुरु हुनुपूर्व गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताए। ‘अब बजेटमाथि छलफल हुनुभन्दा अगाडि राजीनामा आउनुपर्छ। संवैधानिक प्रावधानअनुरूप बजेट प्रस्तत गर्न दियौँ,’ प्रवक्ता सापकोटाले भने, ‘त्यसअघि कुनै गतिविधि अघि बढ्दैन।’
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृहमन्त्री लेखकको राजीनामा मागेर संसद् अवरुद्ध गर्दै आएको छ। संवैधानिक प्रावधानअनुरूप जेठ १५ मा प्रस्तुत हुने बजेट प्रस्तुत हुन दिएको रास्वपाले पनि अबका संसद् बैठकमा झन् कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएका छन्। तर, उनले आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन्। उनले प्रकरणमा अनुसन्धानमा परेका सहसचिव तीर्थराज भट्टराई गृह मन्त्रालयमा ल्याइनुमा आफूभन्दा अगाडिका गृहमन्त्रीहरू जिम्मेवार हुनुपर्ने जवाफ दिएका छन्।