नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली समाजलाई समाजवादतर्फ जान रोक्ने मुख्य तगारो दलाल पुँजीवाद रहेको बताएका छन्। बिहीबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताए।
'नेपालका जनता वा समाजलाई समाजवादर्तफ जान वा समाजवादको आधार तयार गर्नेतर्फ जान रोक्ने मुख्य तगारो दलाल पुँजीवाद वा नोकरसाही पुँजीवाद नै हो,' दाहालले भने।
उनले आफू प्रधानमनन्त्री बन्दा प्रत्येक पटक समाजवादकै लागि प्रयास गरेको दाबी पनि गरे। 'पहिलो पटक सरकारको नेतृत्व गर्दा गरिब किसानहरूको ऋण मिनाहा गर्ने कुरा होस् वा मध्यपहाडी लोकमार्गको भौतिक पूर्वाधारद्वारा राष्ट्रिय एकता सुदृढ गर्ने कुरा होस्, मैले देशालई समाजवादतिरै अग्रसर गराउने कोसिस गरेँ,' उनले भने, 'अहिले ती व्यवहारत: सम्पन्न क्रममा छन्।'