बागमती प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा प्रमुख उद्योग सञ्चालन गर्ने जनाएको छ। ‘जहाँ उत्पादन, त्यहाँ रोजगारी’ भन्ने नाराका साथ प्रत्येक जिल्लामा स्थानीय स्रोत साधनको उच्चतम उपयोग गर्दै रोजगारी सिर्जना गर्न ‘एक वडा एक उद्यम, एक स्थानीय तह एक प्रमुख उद्योग’ सञ्चालन गर्ने नीति ल्याएको हो।
बुधबार बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ‘युवालाई स्वदेशमै रोजगार समृद्ध प्रदेशको बलियो आधार’ भन्ने नाराका साथ बागमती प्रदेशका सबै जिल्लामा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताए। उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना गर्न रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने उनले बताए।
बागमती प्रदेशस्थित सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदनभण्डारी राजमार्ग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक तथा बजार क्षेत्रका रूपमा विकास तथा प्रवर्धन गर्ने कार्यको सुरुवात गरिने जनाइएको छ।
मिठा–मिठा नारा दिइएको नीति तथा कार्यक्रममा ‘रोजगारीका लागि सीप : भविष्य सुनिश्चित’ भन्ने नाराका साथ प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी उद्यम र रोजगारीसँग जोड्न औद्योगिक प्रतिष्ठानसँग सहकार्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
‘पहाडका गराः सधैं हराभरा’ हुने गरी लिफ्ट सिँचाइलगायत नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणालीको विकासलाई निरन्तरता दिइनेछ। भूमिगत जलस्रोतको प्रयोगमार्फत सिँचाइ क्षेत्र विकासमा जोड दिइने बताइएको छ। खाद्य सुरक्षाका लागि उत्पादन, उत्पादनका लागि सिँचाइको मर्मअनुरूप योजना कार्यान्वयनलाई निरन्तरता दिइने बताइएको छ।
एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय खेल मैदान कार्यक्रम सञ्चालन गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। ‘कृषि रूपान्तरणको आधार प्रविधि र पूर्वाधार’ भन्ने अभियानका साथ कृषि उत्पादन अभिवृद्धि गर्न प्रविधि र भौतिक पूर्वाधार निर्माणमा निजी, सहकारी क्षेत्रलाई समेत लगानी गर्ने बताइएको छ। ‘एक जिल्ला एक विशेष कृषि उत्पादन पकेट क्षेत्र’ कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरिएको छ।
‘सडक र पुलः विकासको मूल’ अन्तर्गत प्रादेशिक सडक यातायात गुरुयोजना अद्यावधिक गरी प्राथमिकताका आधारमा प्रादेशिक लोकमार्गलगायत प्रदेशका अन्य महत्वपूर्ण सडकको विकास, विस्तार र स्तरोन्नति गरिने बताइएको छ। यस्तै चितवनलाई प्रदेशको पर्यटन केन्द्रका रूपमा विकास गर्न आवश्यक नीति तर्जुमा गरिने उल्लेख छ। बागमती प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिने उनले बताए। प्रदेश सरकारले क्षेत्राधिकारभित्र पर्ने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी प्रबन्ध मिलाइने बताइएको छ।
संविधानप्रदत्त तथा कार्य विस्तृतीकरण प्रतिवेदनमा उल्लिखित प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशेष जोड दिएको उनले संसदमा प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा उल्लेख गरिएको छ। संविधानको व्यवस्था भएअनुसारको साझा अधिकार कार्यान्वयनमा समन्वय र सहकार्य गर्न नीति कार्यक्रममा उल्लेख गरिएको छ।
प्रदेशका सबै क्षेत्रगत नीति कार्यक्रम कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मसात गर्दै तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनालाई प्राथमिकता दिने जनाएको छ। सरकारले भौतिक पूर्वाधार निर्माणमा एकद्वार प्रणाली अवलम्बन गर्ने, बहुवर्षीय योजनाहरूको मापदण्ड निर्धारण गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रै स्रोत सुनिश्चितता प्रदान गर्ने जनाएको छ।
प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना र क्रमागत आयोजनाहरू तोकिएको समयभित्रै सम्पन्न गर्ने, आयोजना छनोट पद्धतिलाई व्यवस्थित र पारदर्शी बनाउने तथा बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा सुशासन कायम गर्न प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीलाई तहगत आबद्धता कायम गरी सञ्चालन गर्ने सरकारको नीति कार्यक्रम रहेको छ।
सरकारी भवनहरूको निर्माणमा एकद्वार प्रणाली लागू गर्ने, ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’ अन्तर्गत भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवद्र्धन गर्दै एकीकृत बस्ती विकास गुरुयोजना तर्जुमा गरी प्रदेशभित्रका उदीयमान सहर स्थापना गर्ने कार्यक्रम अघि बढाउने सरकारको तयारी रहेको छ।
कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधिको प्रयोग बढाउने विद्युतीय रूपान्तरण (डिजिटल ट्रान्सफर्मेसन) कार्ययोजना तयार गरी प्रदेशलाई चाहिने विभिन्न प्रणालीको चरणबद्ध पहिचान, विकास तथा आन्तरिकीकरण गरिने उल्लेख छ।
रासायनिक मल, औषधी, विषादी, फलफूल बिरुवा र बिउविजन तथा मासु, दुध र दानालगायतका वस्तुमा गुणस्तर मापदण्ड पालनालाई सुनिश्चित गर्न प्रभावकारी नियमन गरिने बताइएको छ। ‘एक जिल्ला एक स्वस्थ सहर’ अवधारणालाई जिल्लाहरूमा सञ्चालन गरिने प्रदेश सरकारको नीतिमा उल्लेख छ।