विश्वव्यापी जलवायु परिवर्तन र त्यसका प्रभावबारे विश्व मञ्चलाई आह्वान गर्न शुक्रबारबाट काठमाडौंमा ‘सगरमाथा संवाद’ सुरु भएको छ।
यता काठमाडौंमा सगरमाथा संवाद सुरु हुँदा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भने सगरमाथा बेसक्याम्पमा छन्। बेसक्याम्पबाटै महामन्त्री शर्माले ‘सगरमाथा संवाद’को शुभकामना दिएका छन्।
शुभकामना सन्देश दिँदै गर्दा महामन्त्री शर्माले ‘ठुला देशउपर दबाब बढाऔँ, सानाको नेतृत्व नेपालले गरौँ’ भनेका छन्।
यस्तै उनले यस महत्त्वपूर्ण अभियानमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीप्रति सम्मान व्यक्त गरेका छन्।
आफू सगरमाथा बेस क्याम्पमा रहँदा जलवायु परिवर्तनले सम्पूर्ण विश्वलाई प्रभावित पारिरहेको देखिरहेको उनले बताएका छन्।
‘यसको सीधा प्रभाव म हाम्रो हिमालयमा देख्न सक्छु,’ शर्माले लेखेका छन्,‘बेसक्याम्पबाट एकातिर म सेताम्मे हिमाल हेर्दै छु, अर्कातिर देख्दै छु–जलवायु परिवर्तनको असरले कालो बन्दै गएका भित्ताहरू।’
हिउँ पहिरो, अस्थिर हिमनदीहरू र विगतको तुलनामा घट्दो हिमपात अत्यन्त चिन्ताजनक अवस्था रहेको महामन्त्री शर्माले बताएका छन्।
‘नेपालजस्तो देश, जसको कार्बन उत्सर्जन अत्यन्त न्यून छ, उसले आफैँ नगरेका गल्तीहरूको मूल्य चुकाउनु परिरहेको छ,’ उनले भनेका छन्, ‘हिमालयको संरक्षण केवल नेपालको जिम्मेवारी होइन–यो सम्पूर्ण मानव जातिको साझा कर्तव्य हो।’
नेपालका हिमाल ‘केवल प्राकृतिक सौन्दर्यका प्रतीक नभई जीवनदायी नदीका मुहान र पृथ्वीको वातावरणीय सन्तुलनका संरक्षक पनि रहेको उनले भनेका छन्।
‘नेपालले विश्वका प्रमुख राष्ट्रहरूलाई गम्भीर र सम्मानजनक रूपमा आग्रह गर्नुपर्छ कि तिनीहरूले कार्बन उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउने निर्णायक कदम चालुन्। यही नै हिमालयको रक्षा गर्ने र पृथ्वीलाई बचाउने मुख्य मार्ग हो,’ महामन्त्री शर्माले भनेका छन्।
‘सगरमाथा संवाद’मार्फत ठुला राष्ट्रहरूलाई कार्बन उत्सर्जन घटाउन अनुरोध गर्नुपर्ने पनि उनको भनाई छ। ‘अनि साना राष्ट्रहरूको नेतृत्व विश्वका मञ्चहरूमा अब नेपालले गर्नुपर्छ,’ महामन्त्री शर्माले भनेका छन्, ‘सगरमाथा संवादले त्यो उचाइमा उठेर नेतृत्व गर्न नेपाललाई नवीन इच्छाशक्ति पुर्याउनुपर्छ।’