कोशी प्रदेश सरकारले साना तथा मझौला उद्योग खोल्न चाहनेहरूलाई लक्षित गरी विना धितो ३ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउने तयारी गरेको छ।
स्विस सरकारको सहयोगमा कोशी सरकारले साना तथा मझौला उद्योगीहरूलाई ५० लाख देखि ३ करोड रुपैयाँसम्म विना धितो ऋण उपलब्ध गराउने तयारी गरेको हो।
जनजीविकाका सवालमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाउन पुगेका नेकपा एकीकृत समाजवादी प्रदेश कमिटीको ज्ञापन पत्र आइतबार बुझ्दै उनले प्रदेश सरकारले युवाहरूलाई विना धितो ऋण दिने तयारी गरेको बताए।
मुख्यमन्त्री कार्कीले विना धितो ऋण उपलब्ध गराउने विषयमा स्विस सरकारसँग सम्झौता भइसकेको र बैंक छान्ने काम भइरहेको जानकारी दिए।
स्विस सरकारको सहयोगमा उद्योग खोल्न चाहनेहरूलाई लक्षित गरी ७० करोड रुपैयाँ बैकमा प्रदेश सरकारले धितो राख्ने मुख्यमन्त्री कार्कीले बताए।
‘अब, उद्योग गर्न चाहने कोशी प्रदेशका युवाहरूले धितोको प्रवाह गर्नु पर्दैन’ उनले भने ‘प्रदेश सरकार जमानी बसेर विना धितो ऋण उपलब्ध गराउने छ।’
मुख्यमन्त्री कार्कीले उद्याम गर्न चाहने प्रदेशका युवाहरू बिदेसिनु नपरोस् भन्ने उद्देश्यले सरकार जमानी बसेर विना धितो ऋण उपलब्ध गराउन लागेको स्पष्ट पारे।
मुख्यमन्त्री कार्कीले २ वर्ष भित्रमा ८ अर्ब रुपैयाँ विना धितो ऋण प्रवाह गर्ने लक्ष रहेको जानकारी दिए। कार्कीले युवाहरूले उद्यम गरेर कमाएर ऋण तिर्ने र युवाहरूले तिरेको ऋणबाट अन्य युवाहरूलाई पनि ऋण दिँदै जाने योजना सरकारको रहेको सुनाए।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा धेरै धन्दा धेरै उद्यमी तयार पार्ने र रोजगारी सृजना गर्न आवश्यक रहेकोमा जोड दिए।
कार्कीले प्रदेश सरकारले कृषि र पशुपालनमा व्याज अनुदानसमेत दिने तयारी गरेको जानकारी दिए। कृषि र पशुपालको क्षेत्रमा काम गर्न चाहनेहरूलाई लक्षित गरी ऋणको व्याजमा अनुदान दिने गरी कार्यविधिसमेत तयार पारिसकेकाले चाँडै कार्यान्वयनमा लैजाने कार्कीले जनाए।
ज्ञापन पत्र बुझाउँदै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले व्यवस्था परिवर्तन भए पनि जनतालाई परिवर्तनको अनुभूति गराउन नसक्दा व्यवस्थाकै विरुद्ध आवाज उठ्न थालेको बताए।
राईले विगतका कामहरूको तुलना गरेर बस्नु भन्दा आफ्नो कार्यशैली सुधारेर जनतालाई व्यवस्था परिवर्तनको अनुभूति दिलाउन आवश्यक रहेको उल्लेख गरे।
अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सहज हुने उनको भनाइ थियो। उनले त्यसतर्फ पनि ध्यानाकर्षण गराए।
आफूहरूको मागलाई प्रदेश सरकारले बेवास्ता गरे आन्दोलन गर्न बाध्य हुने राईले चेतावनीसमेत दिए।