राष्ट्रिय सभामा सांसदहरूले भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालय (कलेज)मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे सोध्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्।
सोही कलेजमा यसअघि पनि नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो। सोही कलेजमा उक्त प्रकारको घटना दोहोरिएको भन्दै सांसदहरूले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन्।
आकस्मिक समयमा बोलेका सांसदहरूले किट कलेजमा एनओसी (नो अब्जेक्सन लेट्टर) दिने प्रक्रिया बन्द गर्नसमेत सरकारलाई सुझाव दिएका छन्।
सांसद कृष्णबहादुर रोकायाले उक्त घटनाको दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे। 'कूटनीतिक पहलका माध्यमबाट दोषीलाई हदैसम्मको कारबाहीको पहल र पीडितलाई क्षतिपूर्तिको व्यवस्था होस्। र, भावी दिनमा यस्ता घटनाहरू नदोहोरिनका लागि सरकारको ध्यानाकर्षण गराउँछु,' उनले भने।
यस्तै सांसद गंगाकुमारी बेल्बासेले पनि उक्त घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने बताइन्। स्थानीय विद्यार्थीहरूलाई अन्य ठाउँबाट आएका विद्यार्थीहरूले टप्दा यस्ता घटनाहरू घट्ने गरेको विगत देखिएको उल्लेख गर्दै उनले भने, 'कलेजमा फर्स्ट भइरहेका हुन्छन्, त्यहाँका लोकल विद्यार्थीहरूले जित्न नसक्दा पनि त्यस्ता घटनाहरू हुने गरेका छन्। यस्तै केही हुन सक्छ, यसका बारेमा निष्पक्ष छानबिन होस्।'
सांसद सुमित्रा बीसीले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिनका लागि सरकार सचेत हुनुपर्ने बताइन्। 'अब आउने दिनमा यस प्रकारका घटनाहरू नघटून् भन्नका लागि सचेत बढाउन सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। भविष्य उज्ज्वल बनाउन गएका विद्यार्थीहरू दिवङ्गत हुनुपर्दा दु:ख लागेको छ। पीडितले न्याय पाउने वातावरण बनोस्,' उनले भने।
अर्की सांसद मदनकुमारी साहले किट कलेजमा केही न केही समस्या भएकै दाबी गरिन्। घटना दोहोरिएको उल्लेख गर्दै उनले यस्ता कुराहरूलाई हलुङ्गो रूपमा लिन नहुने बताइन्।
'हामीले यही सदनमा प्रकृति लम्साललाई के भएको हो भनेर सोध्ने काम गरेका थियौँ। प्रिसा साह पनि उही स्कूल, उही होस्टल, उही तलामा झुन्डिएको अवस्था भेटिएकी छन्। यस्ता विषयलाई हलुङ्गो तरिकाले लिन्छौँ। प्रेमका कारण मर्छन् भनेर सजिलै भनिदिन्छौँ। तीन महिनाको अन्तरालमा दुई भएका छन्।के हामीले यसलाई सजिलै आत्महत्या मान्ने ? त्यो विद्यालयमा केही न न केही समस्या छ। केही समयअघि एकजना विद्यार्थीले पनि आत्महत्या गरेका थिए। त्यहाँको प्रशासन यतिकै उम्किरहेको छ। प्रकृति लम्साल र प्रिसा साहको मृत्यु किन, कसरी भयो ? सरकारले यहाँ आएर जवाफ दिनुपर्यो, म यसको जोडदार माग गर्न सक्छु,' उनले भने।
सांसद शेखर कुमार सिंहले पनि सोही कुरा उठाए। 'उज्ज्वल भविष्यको कामना गरी परिवारले त्यहाँ पठाएका हुन्छन्। कति आस राखेर आफ्नो बालबच्चालाई उच्च शिक्षा हासिल गर्नका लागि त्यहाँ पठाएका हुन्। तर, विद्यार्थीहरूले सुसाइड गर्ने कस्तो अवस्था हो ? यसलाई गम्भीर रूपमा लिएर छानबिनको अवस्थामा हुनुपर्यो। घटना दोहोरियो। यो राम्रो भएन,' उनले भने।
अर्का सांसद तुलप्रसाद विश्वकर्माले किटजस्ता कलेजहरूमा नेपाली विद्यार्थीमाथि दमन भइरहेको पुष्टि भएको बताए। उनले एनओसी रोक्नुपर्ने बताए। 'किटका लागि अब एनओसी दिने प्रक्रिया रोक्नुपर्छ। नेपाली विद्यार्थीलाई एनओसी दिनु हुँदैन। दुर्व्यवहार भइरहेको छ। बन्द गरियोस्,' उनले भने।