प्रहरी भन्छ: रेशमलाई फैसला कार्यान्वयन गर्न समात्यौँ, डिल्लीबजार जेल पठाइयो
१७ वैशाख २०८२
•
२ मिनेट पाठ
प्रहरी भन्छ: रेशमलाई फैसला कार्यान्वयन गर्न समात्यौँ, डिल्लीबजार जेल पठाइयो
तस्बिर: दिपेश दर्शनधारी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरी बुधबार पक्राउ परेका छन्। नाउपा र जनमत पार्टीबिच एकीकरण घोषणा गर्न प्रज्ञा भवन कमलादी पुगेका बेला सादा पोसाकमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।




पक्राउ गरेर रेशमलाई डिल्लीबजार जेल पठाइएको काठमाडौं प्रहरीले जनाएको छ। ‘उहाँविरुद्ध सर्वोच्च अदालतको फैसला र त्यसमा तोकिएको सजाय कार्यान्वयन गर्न पक्राउ गरिएको हो,’ काठमाडौं प्रहरीका एक अधिकारीले भने।

२०७२ भदौ ७ गते थारुहट आन्दोलनका क्रममा प्रदर्शनकारीले ५ जना प्रहरी, २ जना सशस्त्र प्रहरी र एक बालक गरी ८ जनाको बीभत्स हत्या भएको थियो।

सोही घटनाका योजनाकार भन्दै तीनै तहका अदालतले रेशमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। 

सोही घटनाको २०८० जेठ २ गते सर्वोच्च अदालतले संक्षिप्त आदेशमार्फत उनको जन्मकैद सदर गरेको थियो। तर, उक्त फैसलाको पूर्ण पाठ नआउँदै जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।

पूर्णपाठ भने तीन महिनापछि साउन ३१ गते आयो। जसमा उक्त घटनालाई निर्मम, क्रूर, अमानवीय हत्या भनेर व्याख्या गरिएको छ। यस्तै आममाफीमाथि पनि प्रश्न उठाइएको थियो।

‘फौजदारी कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा फौजदारी कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरी मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाइएका मुद्दालाई राजनीतिक सौदाबाजीको रणनीति अन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्यमान्यता र कानुनी व्यवस्था समेतको उल्लङ्घन र उपहास हुने गरी माफी मिनाहा दिने समेतको कार्य गर्नु, मुलुकको संविधान कानुन र न्यायको मान्य सिद्धान्त समेतको हाकाहाकी विपरीत हुने देखिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ।

यस्तै पूर्ण पाठमै ‘रगतमा लत्पतिएका हातहरूले राजनीतिक संरक्षण प्राप्त गरेमा मुलुकको फौजदारी कानुनले निषेध गरेका आपराधिक कार्य गरेका व्यक्ति नै ठुल्ठुलो आवाजका साथ निष्फिक्री समाजमा विचरण गर्ने अनपेक्षित अवस्था उत्पन्न हुन जान्छ । अपराधको राजनीतिकरणले प्रचलित फौजदारी कानुनले निषेध गरेका जघन्य फौजदारी कसुरलाई समेत राजनीतिक रङ्ग दिएर राज्य शक्तिमा पहुँच पुर्‍याउन सक्ने कसुरदारलाई फौजदारी दायित्वबाट उन्मुक्ति प्रदान गर्ने कुचेष्टा गरेको छ’ भनिएको छ। 

आममाफीपछि टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आममाफीविरुद्ध सर्वोच्चमै रिट पनि दिएकी थिइन्। त्यसमा कारण देखाऊ आदेश जारी भएपनि हालसम्म अन्तिम टुंगो भने लागिसकेको छैन।
अर्को समाचार
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ : रेशम चौधरी
०४ साउन २०८२
•
१ मिनेट पाठ
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ :  रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।




आइतबार सामाजिक सञ्जालमा लेख्दै चौधरीले यस्तो बताएका हुन्। साथै उनले 'जथाभावी नबोल्नुस् मित्र' भन्दै सुझाव समेत दिएका छन्।

चौधरीले कसलाई लक्षित गर्दै यो स्टाटस लेखेका हुन् भनेर नाम खुलाएका छैनन्। तर नाम नखुलाए पनि उनले लक्ष्मण चौधरीप्रति लक्षित गर्दै स्टाटस लेखेको बुझिन्छ। किनभने केही दिनअघि मात्र लक्ष्मणले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध अन्तर्वार्ता दिएका थिए। 

उनले रञ्जिताको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै ठोकुवा गरी विरोध गर्दै आउका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस